Tuesday, July 6

एक महिनामा ३४ पटक बन्द/हड्ताल, २१३ मोटरसाइकल चोरिए >>>>

काठमाडौं, असार २१ (नागरिक)
 जेठमा मात्र देशभर ३४ पटक बन्द हडताल भएका छन्। यसैगरी धर्नाका घटना ४८ वटा, तालाबन्दी ४३ वटा, चक्काजाम ५७ वटा र विरोध जुलुस १ सय ३५ पटक भएको जानकारी प्रहरीले दिएको छ। त्यसैगरी यही महिनामा २ सय १३ मोटरसाइकल हराए। प्रहरी प्रधान कार्यालयलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो महिनामा सबैभन्दा बढी बन्द/हडताल
 मध्यपश्चिममा ११ पटक भयो। त्यसरी नै सबैभन्दा बढी चक्काजाम पश्चिमञ्चलमा १६ पटक भयो। प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माले दिएका जानकारीअनुसार यही महिनामा विभिन्न क्यासिनोमा जुवातास खेल्ने १९ जना पक्राउ परे भने रेडपाण्डाको छालासहित दुई जना र बुद्धको मूर्तिसहित दुई जना पक्राउ भई कारबाही भइरहेको छ।यसैगरी जेठ महिनामा २१३ मोटरसाइकल हराएकोमा ७१ वटा प्राप्त भएको र १० थान कार तथा जीप फेला परेको पनि बताइएको छ।

No comments:

go up