Saturday, July 10

बस दुर्घटनामा ७ को मृत्यु>>>>

वीरगन्ज, असार २५-
 काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ गइरहेको यात्रुबाहक बस शुक्रबार साँढे ४ बजे पथलैया-निजगढ खण्डको १४ किलोमा पल्टँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट,चन्द्गनिगाहपुरकी चन्द्रकुमारी कार्की,राउत तथा ठेगान नखुलेका कन्हैया हरिजन छन्। अन्य तीनको सनाखत हुन सकेको छैन। दुई जनाको घटनास्थलमै,चार जनाको उपचारका क्रममा निजगढमा र एकको वीरगञ्जमा
मृत्यु भएको हो।ना ४ ख ३०४३ नं‌. को उक्त बसमा यात्रा गर्नेमध्ये २० जना घाइते भएका छन्। घाइतेहरुको निजगढ र वीरगन्जस्थित स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। तीब्र गतिमा रहेको बस एक्कासि सडकमा पल्टिएको निजगढ प्रहरीले जानकारी दिएको छ।

No comments:

go up