Sunday, August 1

रुपन्देहीमा नेपालकै ठूलो क्लिंकर उद्योग>>>>

बुटवल, १४ साउन : रुपन्देहीमा नेपालकै सबैभन्दा ठूलो क्लिंकर उद्योग स्थापना गरिएको छ । १ सय ५० करोड लागतमा निर्माण गरिने उद्योग अन्तिम चरणमा पुगेको छ । डाइनेस्टी इन्डस्ट्री नेपाल प्रालिले नेपालको सबैभन्दा बढी क्षमताको क्लिंकर उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।उद्योगको क्षमता ८ सय मेटि्रक टन हुनेछ ।........
उद्योग सञ्चालनमा आएपछि रुपन्देहीमा हाल सञ्चालित ८ सिमेन्ट उद्योगलाई आवश्यक पर्ने मुख्य कच्चापदार्थ क्लिंकर मागको ५० प्रतिशत पूर्ति गर्ने बताइएको छ ।
उद्योग निर्माणको ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको र २ महिनामा उत्पादन सुरु हुने लक्ष्य कम्पनीको छ । उद्योग सञ्चालनमा आएपछि नेपालमा सबैभन्दा बढी क्लिंकर उत्पादन गर्ने उद्योगका रूपमा स्थापित हुनेछ । यसअघि सरकारी स्वामित्व हेटौंडा सिमेन्टअन्तर्गतको क्लिंकर बनाउने उद्योगको क्षमता ६ सय ५० मेटि्रक टन प्रतिदिन र उदयपुर सिमेन्ट कारखानाको क्लिंकर उद्योगको क्षमता ६ सय मेटि्रक टन छ ।
त्यस्तै, सिराहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले सञ्चालनमा ल्याएको क्लिंकर उद्योगको क्षमता पनि ६ सय ५० मेटि्रक टन छ । उद्योग रुपन्देहीको गोनाहा गाविसमा १९ बिघा क्षेत्रफलमा निर्माण गरिएको हो । रोटरी र अटोमेटिक तथा पिएलसी सिस्टमबाट चालित उच्च प्रविधियुक्त मेसिन उद्योगमा लगाइएको छ । नेपालमा भिएसके प्रविधिबाट केही साना क्लिंकर उद्योग सञ्चालन भए पनि रोटरी प्रविधिमा रहेर क्लिंकर उत्पादन गर्ने उद्योग ४ वटा मात्र रहेको उद्योग सञ्चालक राजेशकुमार अग्रवालले बताए ।
प्रथम चरणमा १ अर्ब ५० करोड लागतमा निर्माण भइरहेको उद्योग पछिल्लो समय मुलुकमा खुलेको सबैभन्दा ठूलो उद्योग हो । उद्योगले क्लिंकर बनाउन आवश्यक पर्ने कच्चापदार्थ चुनढुंगाका लागि पाल्पाको दोभान र अर्घाखाँचीको नरपानीमा प्लान्ट स्थापना गरेको सञ्चालक अग्रवालले जानकारी दिए । रुपन्देही क्षेत्रमा हाल जगदम्बा, बि्रज, सिद्धार्थ, अम्बे, अग्नि, सुपि्रम, कैलाश र नेपाल अम्बुजा, रिलायन्स गरी ९ सिमेन्ट उद्योग सञ्चालनमा छन् । ती उद्योगले अहिले भारतबाट क्लिंकर आयात गर्दै आएका छन् ।
भैरहवा भन्सार कार्यालयका अनुसार यस क्षेत्रका सिमेन्ट उद्योगले गत आर्थिक वर्ष ०६६/६७ मा ३ अर्ब ११ करोडभन्दा बढी मूल्यका क्लिंकर आयात गरेका थिए । उद्योग सञ्चालनमा आएपछि सिमेन्ट उद्योगका मागको ५० प्रतिशत क्लिंकर पूरा गर्ने लक्ष्य लिएको छ । उद्योगले वाषिर्क २ लाख ५० हजार मेटि्रक टन उत्पादन गर्ने लक्ष्य राखेको छ ।
उद्योग सञ्चालनमा लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्न नसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले बताए । उद्योगले प्रत्यक्ष १ सय ५० लाई रोजगारी दिनेछ भने ३ वर्षभित्र २ हजार मेटि्रक टन दैनिक क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेको अग्रवालले जानकारी दिए ।

भिजिट नगरकोट अभियान सञ्चालन गरिने
भक्तपुर/ आगामी वर्ष मनाइने नेपाल पर्यटन वर्ष-२०११ सफल पार्न नगरकोटका पर्यटन व्यवसायीले 'भिजिट नगरकोट' अभियान सञ्चालन गर्ने भएका छन् । नाल्दुङ पर्यटन विकास समितिको सक्रियतामा आयोजना गरिने अभियानअन्तर्गत पर्यटकलाई सहज रूपमा सूचना तथा जानकारी दिने उद्देश्यले सूचना केन्द्र स्थापना र नयाँ पदमार्गको खोजी गरिनेछ 
त्यसैगरी सुन्दरीजल-नगरकोट, धुलिखेल-नमोबुद्ध, पनौती-नगरकोट र पनौती-नगरकोट-चाँगुनारायण पैदलमार्ग व्यवस्थित गर्नुका साथै सरकारले अघि सारेको 'होमस्टे' अवधारणाअनुसार विविध कार्यक्रम गरिने समितिका सचिव दीपक लामिछानेले बताए 

No comments:

go up