Monday, July 5

बस दुर्घटनामा २४ बढी घाइते


भक्तपुर, असार २० 
 तेलकोट बाट काठमाण्डौ जाँदै गरेको बा २ ख ४६६२ नम्बरको यात्रु बाहक बस भक्तपुरको खरिपाटी स्थित लप्टन डाडाँमा दुर्घटना भएको छ।यात्रुले भरिएको बस सडकबाट १०० फिट तल भिरमा खस्दा २४ भन्दा बढी यात्रु घाइते भएका छन्। घाइते मध्ये ९ जना गम्भिर छन्। गम्भिर भएकाहरुलाइ बि एण्ड बि तथा काठमाण्डौ मेडिकल शिक्षण अस्पताल लगिएको छ।गम्भिर घाइते हुनेमा तेलकोटका स्थानीय संगिता गैतम, सानुबावु लामिछाने, प्रमोद खड्का, दिलीप लामिछाने, केशव केसी, सिला लामिछाने, अनुप काफ्ले, राम ढकाल रहेका छन्।अन्य बाँकी घाइतेहरुलाई भने भक्तपुर अस्पतालमा उपचार भइरेहेको छ।तेलकोट बाट काठमाण्डौ आउँदै गरेको बसले नगरकोटबाट भक्तपुर आउँदै गरेको बस ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भइ भिरबाट  खसेको हो।- रोशन सिल्पकार

No comments:

go up