Thursday, August 5

क्षेत्रीय सैन्य तालिम केन्द्र खोलिने>>...

काठमाडौं, साउन १९ 

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा साउन १६ देखि सञ्चालित कमाण्डेण्टहरूको सम्मेलनले क्षेत्रीय शान्ति कार्य तालिम केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।राष्ट्रसंघीय शान्ति मिसनमा खटिने एशियाली सदस्य राष्ट्रहरुबीच सहयोगका क्षेत्र पहिचान र विस्तार गर्ने उद्देश्यले सैनिक क्षेत्रीय संगठनको स्थापना गर्ने निर्णय गरिएको हो।सम्मेलनमा नेपाललगायत बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका र थाइल्याण्डका गरी जम्मा २१ जना शान्ति कार्य तालिम केन्द्रका कमाण्डेण्ट तथा प्रतिनिधिको सहभागिता थियो।सम्मेलनको समापन समारोहमा अमेरिकी राजदूत स्कट एच डेलिसीले राष्ट्र संघको विश्व शान्ति स्थापना गर्ने कार्यमा एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। प्रधानसेनापति छत्रमानसिंह गुरुङले नेपाली सेनाले सन् १९५८ देखि निरन्तर रुपमा दक्ष फौजहरु मिशनमा खटाएर विश्व शान्ति अभियानमा योगदान पुर्‍याउँदै आएको कुरा बताए।
सेनापति गुरूङले बद्लिँदो विश्व परिवेशमा शान्ति स्थापना कार्य परम्परागत् ढंगबाट बद्लिएर बहुआयामिक, जटिल र चुनौतीपूर्ण हुनुका साथै परिस्थितिलाई प्रभावकारी ढंगबाट सामना गर्नको लागि दक्ष शान्ति सैनिकको आवश्यकता औल्याए।

No comments:

go up