Tuesday, August 10

लोडसेडिङ समय घट्यो

काठमाडौं, साउन २४ (नागरिक)- एक सातादेखि दैनिक ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा आजदेखि त्यो घटेर पहिलेकै समयमा झरेको छ। जसअनुसार अब दैनिक २ घन्टामात्र लोडसेडिङ हुनेछ। नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी ए जलविद्युत् परियोजनामा मर्मत सम्भारका लागि भनेर लोडसेडिङको समय बढाएको थियो.यही बेला नगरी नहुने भएकाले लोडसेडिङ समय थपेर भए पनि मर्मत कार्य गर्न बाध्य भएको प्राधिकरणले स्पष्टीकरण दिएको थियो। अहिले यो कार्य पूरा भएकाले पुरानै समयमा लोडसेडिङ झारिएको उसको भनाइ छ।

No comments:

go up