Saturday, August 14

साइट ब्लक<>>>>


काठमाडौ, श्रावण २८ २०६७ ०९:२४ - इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।
अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट ुब्लकु गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ ।
टेलिकमले एडीएसएल र जीपीआरएस तथा एनसेलले जीपीआरएस इन्टरनेट सेवा दिँदै आएका छन् ।
यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले अश्लील साइटमाथिको पहुँच अवरुद्ध गर्नुपर्ने छ । आईएसपी कम्पनीको नियमन गर्ने प्राधिकरण आउँदो साता यस्ता साइट बन्द गर्न निर्देशन दिने तयारीमा छ । ुहामी छिट्टै यसबारे निर्णय गरेर आईएसपी कम्पनीलाई निर्देशन दिँदै छौं,ु प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेेले भने, ुविद्युतीय कारोबार ऐनले यस्ता साइट चलाउन नपाउने व्यवस्था गरेको छ ।ु यस्ता साइट खुला रूपमा साइबर क्याफे र घर-घरमा प्रयोग भएको अवस्थामा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको उनले बताए । आईएसपीलाई लाइसेन्स जारी गर्दा अश्लील वेबसाइट बन्द गर्नुपर्ने सर्त भने छैन । अब लाइसेन्स दिँदा सर्त परिमार्जन गर्ने प्राधिकरणले तयारी गरेको छ । ुविद्युतीय कारोबार ऐनअन्तर्गत रहेर लाइसेन्समा अश्लील साइट भित्र्याउन नपाउने सर्त थप्न लागेका हौं,ु न्यौपानेले भने । यसका लागि एक महिना अघि सुरु भएको प्रक्रियामा बुधबार गृह मन्त्रालय, प्राधिकरण, विज्ञान तथा प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच सहमति भएको छ । छलफलमा सहभागी प्रहरी प्रधान कार्यालयका आईटी प्रमुख एसएसपी महेश सिंह कठायतले सबै सहमत भएकाले अब नियामनकारी निकाय प्राधिकरणको निर्देशनपछि यस्ता साइट बन्द हुने बताए ।
  

No comments:

go up