Wednesday, August 18

युगान्डामा अलपत्र परेका>>>>

काठमाडौँ, भदौ १ - अफ्रिकी मुलुक युगान्डामा अलपत्र परेका चार जना नेपाली त्यहाँ रहेको नेपाली समाजको सहयोगमा आज नेपाल फर्कँदै छन्। उनीहरु आज नेपाली समय अनुसार साँझ सात बजे इमिरटेस् एअरको उडानबाट युगान्डाबाट दिल्लीका लागि उड्दै छन्। दक्षिण अफ्रिका पठाउने भनेर उनीहरुलाई विगत दुई महिनादेखि युगान्डाको एउटा होटेलमा राखिएको समाजका चिजन भट्टराईले बताए। पीडितका अनुसार ती नेपालीलाई युगान्डा पुर्‍याउने गिरोहमा १ जना युगान्डाका नागरिक,१ जना नाइजेरियाका र एक नेपाली रहेका छन्। काठमाडौंमा बस्दै आएका डिबी उपनामले चिनिने पाँचथरका दलबहादुर गुरुङले ४ जनाबाट पाँच पाँच
लाख लिएको उनीहरुले बताए।अलपत्र पर्नेमा स्याङजा आलाम्देबी ३ का प्रकाश विश्वकर्मा, स्याङ्जा वालिङ २ का दीपेन्द्र गैरे, स्याङ्जा वालिङ ३ का रेशम गैरे र स्याङ्जा चापाकोट ३ का डोलराज रेग्मी रहेका छन्।होटेलमा राखिएका पीडित नेपालीहरुको राहदानी च्यातिदिने भनेर नाइजेरियाका नागरिकले धम्क्याएपछि त्यहाँबाट भागेर युगान्डामा रहेका नेपालीको सम्पर्कमा उनीहरु आएका थिए। युगान्डामा रहेका नेपालीले उनीहरुको खानेबस्ने सबै व्यवस्था गरेर पैसा उठाएर नेपाल फर्काउने व्यवस्था मिलाएको भट्टराईले नागरिकन्युजलाई बताए।

No comments:

go up