Sunday, August 22

करोडौँ चोरीको आरोपमा आठ नेपाली>>>>

काठमाडौँ, भदौ ६-- गहना पसलबाट साढे दुई करोड रुपैयाँभन्दा बढी चोरेको आरोपमा भारतको बंगलौरमा आठ जना नेपाली पक्राउ परेका छन्। प्रहरीलाई उद्‍धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले जनाए अनुसार उनीहरुबाट दुई करोड रुपैयाँ बरामद भइसकेको छ।पक्राउ परेका आठ जना मध्ये एक जना धनसिंह पसलमा वाचम्यानका रुपमा काम गर्ने समाचारमा जनाइएको छ। पक्राउ परेका अन्यमा सञ्जय भण्डारी, पदम थापा, टेक बहादुर, जय बहादुर, गणेश र बसन्त खड्का रहेका छन्। अगस्त नौ तारिखमा>>>>>
भएको यो चोरीका अभियुक्तहरुलाई भारतका विभिन्न भाग र नेपालबाट समेत गिरफ्तार गरिएको प्रहरी अधिकारी शंकर विदारीले पत्रकारहरुलाई बताएको पीटीआईले जनाएको छ। समाचारमा भनिएको छ- 'अपराधका घटनाहरुमा नेपालीहरुको बढ्दो संलग्नतालाई लिएर प्रहरीले केन्द्रमा गम्भीर चासो प्रकट गर्दैछ।' प्रहरीले बंगलौरमा रहेका सबै नेपालीहरुको विवरण एक महिनाभित्र दिन त्यहाँ रहेको नेपाली संस्थाहरुलाई भनेको छ। 

No comments:

go up