Wednesday, August 18

दुर्घटनामा १६ प्रहरी>>>>>>

हेटौंडा, भदौ, २ - राजमार्ग गस्तीमा गएको प्रहरीको जिप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलसहित १६ प्रहरी घाइते भएका छन्।सङ्घीय लोकतान्त्रिक पार्टीले आज तामाङको बाहुल्यता भएको जिल्लामा आह्वान गरेको बन्दका क्रममा सवारीसाधनको स्कटिङ एवम् गस्तीमा गएको प्रहरीको जिप पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी गाविस-१४ माइल भन्ने स्थानमा आज साँढे दस बजे दुर्घटनामा परेको हो। गाडीको स्प्रीङ पत्ता भाँचिएर गाडी सडकबाट तल खसेको प्रहरीले जनाएको छ।प्रहरी नायव उपरीक्षक कट्टेलसहित घाइते भएका १६ प्रहरीको हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।जबरजस्ती सवारीसाधन बन्द गरेका बन्दकर्ताको समूहलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि अहिले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा आएका छन्। प्रहरीको हेटौडास्थित राप्ती पुल, कर्रा पुल र बसामाडीमा बन्दकर्तासँग सामान्य झडप भएको थियो।बन्दका क्रममा रोकिएका सवारीसाधनलाई स्कटिङ गरी जिल्ला पार गर्ने प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।बन्दका कारण हेटौँडाका सामुदायिक तथा निजी विद्यालय एवम् क्याम्पससमेत आज सञ्चालन हुन सकेनन्। साथै हेटौँडाको मुख्य बजार पूर्णरूपमा बन्द भयो भने सहरका भित्री बजार आंशिकरूपमा खुलेका छन्।

No comments:

go up