Friday, September 3

मन्त्री भएर बस्न लाज लाग्न थालिसक्योः गृहमन्त्री>>>>>>

काठमाडौँ, भदौ १८ 
 गृहमन्त्री भीम रावलले दुई दुई महिनासम्म कामचलाउ मन्त्रिपरिषद्को मन्त्री भएर काम गर्नुपर्दा आफूलाई लाज लाग्न थालिसकेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, 'प्रधानमन्त्रीले नै राजीनामा दिइसकेको अवस्थामा मन्त्रीले के राजीनामा दिनु?' यस्तै अवस्था जारी रहे त्यसको प्रतिकूल असर सुरक्षा व्यवस्थामा पर्ने चिन्ता मन्त्री रावलले पोखे। जिम्मेवार राजनीतिक दलहरु तटस्थ बस्नाले पनिसमस्या उत्पन्न भएको उनको कथन थियो। प्रधानमन्त्री माधवकुमार नेपालले गत असार १६
गते राजीनामा दिएका थिए। यस बीच संसदमा पाँच पटक प्रधानमन्त्री चुन्न निर्वाचन भइसकेको छ। तर बहुमतको अभावमा सबै निर्वाचन अनिर्णित हुन पुगेको छ। भदौ २० गते छैटौँ पटक प्रधानमन्त्री चुन्न निर्वाचन हुन लागेको छ।

No comments:

go up