Thursday, October 7

चुनाव दशौंपटक पनि

२० असोज, काठमाडौं । राजनीतिक सहमति नजुटेको कारण बुधबार हुने दशौंपटकको प्रधानमन्त्री चुनाव पनि निरर्थक हुने भएको छ ।प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा अपरान्ह तीन बजे चुनाव हुँदैछ ।प्रधानमन्त्रीको चुनाव अघि नै सहमति जुटाउने उद्देश्यले एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेको संयुक्त बैठकमा सहमति नजुटेपछि मुलुकले दशौंपटकको चुनावबाट पनि प्रधानमन्त्री नपाउने भएको हो । शान्ति र संविधानका मुद्दामा प्याकेजमा सहमति नभएसम्म उम्मेदवारी फिर्ता नलिने काङ्ग्रेसले अडान राखेको छ ।

राष्ट्रिय सहमतिका लागि भन्दै सातौंपटकको चुनावपछि एकीकृत नेकपा माओवादीले उम्मेदवारी फिर्ता लिएपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको एक्लो उम्मेदवार हुनुहुन्छ । माओवादी, एमाले, मधेसवादी दल र केही साना दलका गरी दुई तिहाई बहमुत सभासद चुनावको विपक्षमा रहेकोले काङ्ग्रेसको पक्षमा बहुमत जुट्न सकेको छैन ।प्रधानमन्त्री माधबकुमार नेपालले राष्ट्रिय सहमतिका लागि भन्दै चार महिना अघि पदबाट राजीनामा दिएपछि देश कामचलाउ सरकारको भरमा चल्दै आएको छ ।

No comments:

go up