Tuesday, October 26

सर्वोच्च शिखर आरोहि निमा हिमशिखरमा बेपत्ता

बिश्वको सर्वोच्च शिखर नेपालमा रहेको सगरमाथामा १९ पटक सम्म टेकी सकेका छेवाङ निमाशेर्पा अर्का एक आरोही सहित हिमपहिरोमा परेर बेपत्ता भएका छन । उनी ७१३० मिटर उचाईमाशनिबार देखि बेपत्ता भएका छन । सगरमाथामा सबैभन्दा बढी पाइला टेक्ने आप्पा शेर्पा जो २० पटक चढिसकेका छन । उनलाई पछ्याउने क्रममा ४३ बर्षिय निमा साथमा रहेका बेलायती आरोहण दलका निम्ति डोरी ओछ्याउदैं गर्दा बरुन्से हिमालमै हिमपहिरो परेका थिए । उनी केवल सर्वोच्च शिखरभन्दा ८५ मिटर तल
रहेका समयमा सो दुर्घटना भएको सांग्रीला ट्रेक एण्ड एक्स्पिडिसन आइतबार जनाएको छ । आरोहणमा रहेका अन्य सदस्यले हिऊ खोतल्दा पनि फेला नपरेको बताएका छन । आरोहण रहेका अन्यसदस्य सकुशल रहेको र उद्दारका लागि सोहि आइत बारै त्यस तर्फ हेलिकोप्टर पठाइएको जनाइएको छ ।

No comments:

go up