Saturday, October 30

फेसबूकले हत्या अनि जेल

फ्लोरिया- अहिलेको जमाना कम्प्युटर भनेपछि बुढादेखि बच्चा सबैलाई मन पर्छ । त्यसमा पनि आजभोलि चलेको फेसबूकको कहानी त सर्वबितितै छ। आजभोलि जहांपनि जुनदेशमा पनि फेशबूक को असर देख्छौ । त्यस्तै फ्लोरियामा भएको एक खतरनाक घटना घटेको छ। कतिसम्म खतरा हुन्छ त फेसबूकमा यस घटनाले स्पष्ट पार्दछ । २२ बर्षीया अलेक्ज्यान्ड्रा टोबियास यहि फेसबूककै कारण
जेल परेकि छिन । फेसबूक चलाउदै गर्दा तीन महिनाको छोरा रोएर बाधा पुगेपछि छोरा भुलाउन हल्लाउदा कम्प्युटरमा टाउको ठोक्किन पुगि मृत्यु भएको थियो । प्रहरीले उनलाई हत्याको अभियोग लगाएको छ ।अभियोग प्रमाणित भए उनले आजीवन कारागरको सजाय भोग्नुपर्ने हुनसक्छ । जेलमा संगै बस्ने साथीसंग आफ्नो छोराको हत्या गरेको स्वीकार भएको जनाइएको छ । "हो मैले नै मेरो छोरा मारें" भनेर उनले बयान अदालतलाई दिएकी छिन ।

No comments:

go up