Tuesday, November 2

१५ औं पटक पराजित


काठमाडौं, कार्तिक १५ - प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेल सोमबार १५ औं पटक पराजित भएका छन् । निर्वाचनमा पौडेलको पक्षमा ९६, विपक्षमा २ मत परेको थियो ।१२९ सभासद् उपस्थित मतदान प्रक्रियामा ३१ सभासद् तटस्थ बसेका थिए ।प्रधानमन्त्री चयनका लागि पुनः १६ औं चरणको निर्वाचन कात्तिक १८ गते दिउँसो ३ बजे हुने छ ।५ सय ९९ सदस्यीय सदनमा बहुमत भन्दा बढि स्थान ओगट्ने माओवादी र एमाले मतदानमा भाग नलिने पूर्व निर्णयमा अडिग रहेकाले पौडेलको हार निश्चित थियो ।
यहि समीकरणमा जति पटक निर्वाचन भए पनि पौडेलले जित्न सक्दैनन् ।सातौं पटकसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै प्रतिस्पर्धा गरेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले त्यसयता ८ निर्वाचनमा एक्लो पराजय भोगेका छन् । एक्लै भए पनि उनी निर्वाचित
हुन सदनको कुल सदस्य संख्याको बहुमत अर्थात तीन सय सभासद्को समर्थन आवश्यक पर्छ ।गत असार १६ मा प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएयता मुलुक कामचलाउ सरकारको भरमा छ । माओवादी र एमालेका पक्षमा गणित पुगेपनि कांग्रेस उम्मेद्वार पौडेलले सहमतिमा आफ्नो उम्मेद्वारी फिर्ता नलिएसम्म नयाँ प्रक्रिया सुरु हुँदैन । नयाँ प्रक्रिया सुरु भइहालेमा पनि यी दुई दलको गठबन्धन बन्ने निश्चित छैन ।


No comments:

go up