Wednesday, November 3

फेसबुकबाट होशियार

काठमाडौं, (दैनिकी)
इंटरनेटबाट ठग्ने मानिसहरूले बिभिन्न तरिकाबाट मानिसहरूलार्इ ठग्ने गरेको खुलासा भएको छ। हालै यस्ता ठगहरूले शुरूमा फेशबुक जस्ता सामाजिक नेटवर्किग वेभसाइटहरूमा मानिसहरूसंग दोस्ती बढाउन थालेका छन। त्यस पछी यस्ता साथीहरूको इमेल ह्याक गरेर उनीहरूको सबै साथीहरूको इमेल पत्ता लगाउने गर्दछन्।


पछी उनीहरूले ती व्यक्तीहरू मध्ये कोही भ्रमणमा निस्कने गरेमा उनीहरूको भ्रमण तालिका थाहाँ पाउने गरेका छन्। यस पछी उनीहरूले त्यस व्यक्तीको साथीहरूलार्इ आफ भ्रमणमा रहेको बेला पैसा चोरी भएको कारण देखार्इ पैसा पठाउन आग्रह गर्ने गरेका छन्। कतिपय मानिसहरूले यस्तो कुरा पत्याउने गरेर आफ्नो साथीहरूलार्इ मध्दत गर्न पैसा पठाउने गरेर ठगहरूको फन्दामा पर्ने गरेका छन्।


यस्ता पत्रहरू नेपालमा समेत प्रसस्त मात्रामा आर्इरहेने गरेको छ। तर नेपालीहरूलार्इ पैसा पठाउन गाह्रो हुने गरेको तथा यस्तो खबर प्राप्त भएपछी पिडित व्यक्तीको घरमा खबर गरी सम्पर्क गर्ने गरेबाट यस्तो ठगीमा परेको हाल सम्म कुनै खबर प्राप्त भएको छैन। हाल यस्ता ठगी कार्यलार्इ रोक्न ४० देशका प्रहरीहरू मिलेर काम गरिरहेका छन्।

No comments:

go up