Tuesday, December 14

पारसलाई कारवाही

२७ मंसिर, धरान ।
 शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङले पूर्वयुवराज पारस शाहलाई कारबाही गर्ने बताउनु भएको छ । प्रेस चौतारी सुनसरीले सोमबार धरानमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चेम्जोङले घटना छानबिन गरी दोषी ठहरीएमा पारसलाई कारबाही गर्ने दावी गर्नुभयो ।
‘पारस शाहले गल्ती गरेको भए उनलाई कारबाही हुन्छ,’ मन्त्री चेम्जोङले भन्नुभयो, ‘कानुनको उल्लङ्घन गर्ने जो कसैलाई पनि कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’

यसैबीच चितवन जिल्ला प्रशासन कार्यालयको टोली आज सौराहास्थित टाइगर टप्स होटल पुगेर घटनाबारे जानकारी लिएको छ । गृहमन्त्रालयको आदेशपछि प्रहरी टोलीले घटनाबारे जानकारी लिएको बताइएको छ ।
पूर्व युवराज पारसले शनिबार राति चितवनको सौराहामा परराष्ट्रमन्त्री सुजाता कोइरालाको छोरी ज्वाइँ रुबेल चौधरीलाई गोली हानेका थिए । पारसले विज्ञप्ति निकालेर एक राउन्ड गोली हानेको स्वीकार गरिसकेका छन् ।

go up