Saturday, March 13

दुर्गम गाउमा बिजुली




धादिङ, फाल्गुन २७ -
जिल्लाको उत्तरी गाउँ तिप्लिङ ९ को लिङ्जोमा मंगलबारबाट बिजुली बत्ती बलेको छ । कादुरीको १ करोड १० लाख ५ हजार ३८ रुपैयाँ लगानीमा लिङ्जो लघुजलविद्युत परियोजना निर्माण भएको हो । यस परियोजनाले स्थानीय ९४ परिवार लाभान्वित भएका छन् ।

deepak dai


नेपाली मनोरञ्जनको दुनियाँमा मह, सन्तोष पन्तलगायतका दिग्गज कलाकारपछि देखिएका दीपकराज गिरीको छुट्टै चिनारी छ । खासगरी तीतोसत्यको प्रसारणपछि उनी नेपाली दर्शकको मनमुटुमा बसेका छन् । यतिखेर नेपाली टेलिभिजनका पर्दामा हास्य शृंखलाको बाढी चलिरहेको छ । यस्तो बाढीबीच आफूलाई अलग्गै साबित गर्न तीतोसत्य टिम सफल छ 

गल्तिप्रति छमायाचना गर्दै गिरिजा


 नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अहिले गम्भीर अस्वस्थ हुनुहुन्छ। 

अहिले उहाँ विगतका गल्तीप्रति क्षमायाचना गर्दै हुनुहोला वा नहोला तर बिहीबार सार्वजनिक भएको एक पुस्तकमा कोइरालाले भन्नुभएको छ- ‘सुत्ने बेलामा हरेक दिन आफूले गरेका गल्तीलाई लिएर आफैसँग माफी माग्छु।’ उहाँले पुस्तकमा आफूले अझै चुरोट खाइरहेको भन्ने मजाक पनि गर्नुभएको छ। तर, त्यो चुरोट खुवाइ बिपनामा होइन, सपनामा रे ! 

सेनाको गोली ले ३ को मृत्यु


गुलरिया, फाल्गुन २७ -
बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा बुधबार राति निकुञ्ज सुरक्षार्थ खटिएको ज्वालादल गणका सेनाले गोली चलाउँदा १२ वषर्ीया बालिकासहित तीन महिलाको मृत्यु भएको छ ।

गोली लागी सुर्खेत हरिहरपुर-२ बस्ने १२ वषर्ीया बालिका चन्द्रकला विक, ३३ वषर्ीया अमृत विक र ३५ वषर्ीया देवीसरा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । घटनास्थलबाट सोही ठाउँ बस्ने कृष्णबहादुर विक पक्राउ परेका छन् । 

पास्कोईको नेताहरुलाई आग्रह



काठमाडौँ, फागुन २७ गते । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घको राजनीतिक मामिला हेर्ने उपमहासचिव बी. ल्यान पास्कोईले दुईवटा सेना रहिरहने अवस्था धेरै लामो समय रहन नहुने बताउँदै नेताहरूलाई सेना समायोजनका लागि गम्भीर र विश्वासिलो संवाद सुरु गर्न आग्रह गर्नुभएको छ ।


विसुराल को च्यालेन्ज भिटोलाई

काठमाडौ, फाल्गुन २७ -
गोरो र अग्लो भीमकाय व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन द्वारबाट बिहीबार मुक्का देखाउँदै निस्कँदा सबैको ध्यान त्यता खिचियो । उनको स्वागतमा ठूलै जमात उपस्थित थियो । फूलमाला लगाएर स्वागत मात्र के गरिएको थियो, उनले स्वागत गर्नेमाथि मुक्का बजार्न सुरु गरे ।

Friday, March 12

उप प्रधान मन्त्रि सुजाता


काठमाडौं, २७ फागुन
उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भारतलाई नै छपाइको जिम्मा दिनुपर्ने अडान दोहोर्‍याएकी छिन् 

गितार प्रतिष्पर्धा नेपालमा




नेपालमै पहिलो पटक आयोजना भैरहेको गितारवादन प्रतिस्पर्धामा भिड्न ५० जना छनौट भएका छन् । गायक निमा रुम्बा, मुक्ति एन्ड रिभाइवल समूहका मुक्ति शाक्य, रक गायक इमान शाह, सुनित कंसाकार, बैजु राई तथा गरिमा गुरुङ निणर्ायक रहेको यो प्रतिस्पर्धा इमेज च्यानलबाट प्रसारण हुनेछ ।

Thursday, March 11

तनहु को जिप दुर्घटना

तनहु जिल्ला को काहुशिवपुर् गा बि स बाट सदरमुकाम दमौली तर्फ आइ रहेको यात्रु सहित को जिप काहु शिवपुर गाबिस को सेटान्गमा दिउसो पौने चार बजे दुर्घटना ग्रस्त हुदा त्यस जिप मा सवार दश जना को मृत्यु भएको छ /

go up