Friday, March 19

रक्षामन्त्री भण्डारीको क्रुरबयान चैत्र ५



रक्षामन्त्री विद्यादेवी भण्डारीले बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला सिकारी भएको आरोप लगाएकी छिन् ।
कुनै आमसभामा भाषण गर्दा उत्तेजित भएर होइन, संसद्को महिला, बालबालिका र समाजकल्याण समितिले जवाफका लागि बोलाएपछि तयारीका साथ गएकी मन्त्री भण्डारीले मारिएका दलित महिलालाई   भन्दै उनीहरूमाथि सेनाले गोली चलाएको दाबी गरिन् ।

Thursday, March 18

डयुटीमै रहेका गार्डको रहस्यमय हत्या २०६६ - चैत्र - ४

दशवर्षपछि भेटिए अभियुक्त


ललितपुर, ४ चैत 
सर्वसाधारणको रकम ठगी अभियोगमा १० वर्ष अघि ललितपुर जिल्ला अदालतले  जरिवाना र कैद सुनाएपछि फरार रहेका एक संचालकलाइ वुधवार प्रहरीको सकृयतामा पक्राउ गरी थुनामा पठाइएको छ ।
ओम वचत तथा सहकारी संस्थाको नाममा पाच लाख भन्दा वढी रकम ठगी गरेपछि २०५६ सालमा ललितपुर जिल्ला अदालतले दुइ वर्ष १० महिना कैद र पाच लाख रुपया जरिवाना ठहर गरेपछि फरार रिसव ताम्रकारलाइ पक्राउ गरिउको तहसिलदार वेद प्रसाद तिमल्सिनाले वताए ।
ताम्कार सहित अन्य पाचजनालाइ अदालतले जरिवाना र कैद सुनाएपनि उन ीभने हालसमम फरार थिए । जरिवान रकम तिर्न नसक्ने वताएपछि उनलाइ जेल चलान गरिउको हो । उनीसंगै पक्राउ परेका अन्यले भने जरिवान र कैद भुक्तान गरिसकेका छन् ।

तिव्बतियनहरु अदालतमा आउनुपर्ने आदेश

काठमाडौ, ४ चैत 

सर्वोच्च अदालतले चीन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी नजरवन्दमा राखेका  तीन जना तिव्वतीयन मुलका नागरिकलाई २४ घण्टाभित्र  अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तपवहादुर मगरको एकल इजलासले काठमाडौका प्रमुख जिल्ला अधिकारीको आदेशले २६ फागुनदेखि नजरवन्दमा राखिएका ती तीन जनालाइ महान्यायाधिवक्ता कार्यालय मार्फत २४ घण्टा भित्र वन्दीसहित उपस्थित हुन प्रहरीलाइ आदेश दिएको हो ।

बर्दियामा गोलीकाण्ड




नेपालगन्ज, चैत्र ३ - 

बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी कालीकास्थान जंगलमा एक बालिका र दुई महिलाको हत्या घटना सेना र वनरक्षकको नियन्त्रणमा भएको   मानव अधिकारवादीले ठहर गरेका छन्  ।


स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालय र एडभोकेसी फोरमले मंगलबार यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा एउटै परिवारका अमृता, देवीसरा र उनकी १२ वषर्ीया छोरी चन्द्रा विकलाई नियन्त्रणमा लिई हत्या गरेको उल्लेख छ ।

पुर्वप्रधानमन्त्री गिरिजाको स्वास्थ्यमा सुधार

काठमाडौ, चैत्र ३ - 
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा सुधार देखिएपछि उनलाई बुधबार 'डिस्चार्ज' गरिने भएको छ । कोइरालाले पटकपटक सोमबार नै घर र्फकने इच्छा प्रकट गरेका थिए । 

चिकित्सकहरूले स्वास्थ्यमा सन्तोषजनक सुधार भएको भन्दै बुधबारसम्म 'हेमोग्लोबिन' को मात्र दस ग्राम पुग्ने र त्यसपछि डिस्चार्ज गर्न सकिने बताएका छन् । मंगलबार हेमोग्लोबिनको मात्र ९ ग्राम पुगेको छ । 'भरे एक पि्रन्ट रगत दिएपछि भोलि -बुधबार) बिहानसम्म दस ग्राम हेमोग्लोबिन पुग्छ, १२ बजेतिर डिस्चार्ज गर्न सकिन्छ भनेर चिकित्सकहरूले भनेका छन्,' कोइरालाका एक सहयोगीले भने, 'उहाँको इच्छा चाँडै घर जाने भएकाले भोलि १२ बजेसम्म डिस्चार्ज गर्ने योजना छ ।

Wednesday, March 17

चीनको छनौटमा बिश्वभरबाट सयजनामा प्रचण्ड

काठमाडौ, चैत्र २ - 
चीनले चर्चित 'सांघाई एक्स्पो' का अवसरमा विश्वभरिबाट छानेका सय व्यक्तित्वहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि परेका छन् । आउँदो वैशाख १८ देखि कात्तिक १४ सम्म चल्ने यो विश्व प्रदर्शनीको एउटा विशिष्ट अन्तक्रिर्यामा भाग लिन उनलाई पनि आमन्त्रण गरिएको छ ।

विज्ञान प्रविधि, औद्योगिक उत्पादन, आर्थिक विकासलगायतको प्रदर्शनीका अवसरमा हुने अन्तक्रिर्यामा विश्वका चर्चित सय व्यक्तिसँगै माओवादी अध्यक्षले भाग लिन लागेका हुन् । 

'अध्यक्ष प्रचण्ड सांघाईमा विश्व प्रदर्शनीका अवसरमा हुने अन्तक्रिर्यामा सहभागी हुनु पार्टीका लागि मात्र होइन, देशका लागि पनि खुसी र गौरबको कुरा हो,' विदेश विभाग प्रमुख कृष्णबहादुर महराले कान्तिपुरसँग भने, 'अन्तक्रिर्याबाट आर्थिक, प्राविधिक आदि मुलुकको हितका लागि उपयोगी हुने विश्वास छ

गिरिजा बाबु को स्वास्थ्यमा सुधार

काठमाडौ, चैत्र २ - 
गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा केही सुधार आएको छ । अचानक छाती र पिसाबमा संक्रमण बढेर कमजोर भएपछि चिकित्सकहरूकै सल्लाहमा उनलाई आइतबार भर्ना गरिएको थियो ।

Tuesday, March 16

माओबादी सच्चेइ


नेपालगन्ज २ चैत

एमाले केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले एकीकृत माओवादीले आफूलाई सच्याएर एमालेलाई विश्वासमा लिन सके सरकारको नेतृत्व पनि दिनुपर्ने धारणा राखेका छन् । 

एमाले भ्रातृ संगठन युवा संघ नेपालद्वारा नेपालगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले सो अभिव्यक्ति दिएका हुन् । उनले विगतका सहमति र सम्झौतालाई अक्षरशः पालना गरे मात्र माओवादीलाई विश्वास गर्न सकिने स्पष्ट पारे । गौतमले भने ुमाओवादी सुधि्रएर आए सरकारको नेतृत्व माओवादीलाई दिन एमालॆ तयार छ तर सत्ता नेतृत्व लिन लुटिएका र कब्जा गरिएका सम्पत्ति फिर्ता गर्नुपर्छ संविधान अगाडि लडाकू व्यवस्थापन र पुनःस्थापन हुनुपर्नेछ ।ु

माओबादी अनि हस्ताक्षर

काठमाडौ, चैत्र १ - 
माओवादीले विशेष अधिवेशनबाट आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको छ । 

सरकारले राजनीतिक समस्या समाधान र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाउँदै त्यसका लागि उसले आफ्ना सभासदहरूको हस्ताक्षर संकलन आइतबारै थालेको छ । विशेष अधिवेशन आह्वानमा आवश्यक पर्ने एक सय ५० भन्दा बढी सांसदले आइतबारै हस्ताक्षर गरिसकेका छन् ।

जीतु नेपाल को बुढीको नजरमा मुन्द्रे


वास्तविक जीवनमा जिरेखुर्सानीको मुन्द्रेजस्तो हुनुहुन्न जितु नेपालजी । छुच्चोजस्तो देखिनुचाहिँ हुन्छ, तर त्यस्तो हुनुहुन्न । बातैपिच्छे हँसाए पनि उहाँ मान्छेचाहिँ गम्भीर प्रकितीको हनुहुन्छ । हाइट अलि कम भए पनि फोटोजेनिक हुनुहुन्छ । उहाँका आँखा राम्रा लाग्छन्, मलाई । ओठ पनि राम्रो छ । दाँत नराम्रा भए पनि मलाई त राम्रै लाग्छन् । उहाँका रुचिका कुरा गर्नुपर्दा उहाँ फुर्सदका वेला पढ्न रुचाउनुहुन्छ । त्यति घुमफिर गर्नुहुन्न 
खानामा उहाँलाई दालभात मन पर्छ । गुन्द्रुक र मूलाको अचार असाध्यै रुचाउनुहुन्छ । आँटाको सुख्खा रोटी, झोल मासु र लसुन बढी हालेको तरकारी पनि मन पर्छ, उहाँलाई 
पेसा नै हँसाउने भएर होला, उहाँ घरमा पनि हँसाउनुहुन्छ 

कांग्रेसका सभापती एवं पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला अस्वस्थताका कारण अस्पताल भर्ना


काठमाडौ, चैत्र १ -

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संक्रमण र रक्तअल्पताको समस्या देखिएपछि आइतबार साँझ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ । 



कोइरालालाई कमजोरी महसुस हुनुका साथै छाती र पिसाबमा संक्रमण देखिएको छ । रगतमा 'हेमोग्लोबिन' को मात्रा कम देखिएपछि उपचारमा संलग्न प्रा.डा. जगदीशप्रसाद अग्रवाल, डा. मनबहादुर के.सी. र डा. अर्जुन कार्कीले आइतबार बिहान अस्पताल लैजाने निर्णय गरेका हुन् ।

पुरानो जुत्ता पनि लगाउन नपाइने भयो भन्छन यी प्रहरी दाई

सप्तरी, १ चैत
पुरानो जुत्ता लगाएको आरोपमा एकजना ट्राफिक प्रहरी हवल्दारलाई आइतबार साढे दुई घन्टा थुनामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनेश्वर साहले ट्राफिक हवल्दार रसीलाल यादवलाई थुनामा राखेका हुन् 

Sunday, March 14

गिरिजा आफ्नै कहा

काठमाडौ, फाल्गुन २८ -
उनी जहाँ बस्थे, त्यो एउटा डेरा मात्रै थिएन । महाराजगन्जको त्यो डेरा कोइराला निवासै भइसकेको थियो । त्यही सोचेर होला, करिब दुई वर्षको बसाइपछि शुक्रबार मण्डिखाटार सर्ने बेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका पाइला एकैछिन अडिए ।

go up