बुटवल, चैत १३- एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले जेठ १४ मा संविधान घोषणा नभए सडकबाटै जनसंविधान घोषणा गर्ने गर्न सकिने बताएका छन्। उनले आफ्नो पार्टीलाई पाखा लगाएर मुलुक अगाडि नबढ्ने ठोकुवा पनि गरे।
Saturday, March 27
दक्षिणपन्थी सल्बलाहट
काठमाडौ, चैत्र १३ -
रामनवमी अवसर पारी राष्ट्रपति रामवरण यादवलाई पछ्याउँदै जनकपुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले यस्तो अभिव्यक्ति सार्वजनिक गरे जसले नेपाली राजनीतिमा तरंग ल्यायो । नल्याओस् पनि किन ?
धार्मिक आडमा ज्ञानेन्द्रले राजनीतिक तीर चलाइदिए 'राजसंस्था समाप्त नभइसकेको' दाबी गरेर ।
कोइराला नभएपछि read more
८७ वर्षका बूढा गिरिजाप्रसाद कोइरालालाई आफ्ना पक्षमा आँखा झिम्क्याइ माग्नेहरुको ओइरोले करिब मर्ने दिनसम्म नै छोडेन। उनी बूढा हुन त पाएनन् नै, बिरामी हुन पनि पाएनन्। किन हामीलाई कोइरालाको अभाव खट्कियो त? माधव नेपाल चुनाव हारेका मान्छे थिए, तर उनलाई संविधान सभामा नभित्र्याइ भएन। उनको पनि अभाव खट्कियो। अहिले उनी प्रधानमन्त्री छन्।
Friday, March 26
यस यल सी को पहिलो दिन शान्तिपूर्ण read more-
काठमाडौ , १२ चैत
मुलुकभर विहीवार संञ्चालन भएको अंग्रेजी विषयको एसएलसी परीक्षा छिटफुट घटना वाहेक शान्ति पूर्ण सम्पन्न भएको छ ।
उपत्यका लगायतका केही जिल्लाहरुमा परीक्षा सञ्चालन हुन केही समय प्रश्नपत्र अभाब रहेको थियो । काठमाडौंका केही परीक्षा केन्द्रमा प्रश्नपत्र अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयले तत्काल प्रश्नपत्र पु¥याएको थियो ।
मुलुकभर विहीवार संञ्चालन भएको अंग्रेजी विषयको एसएलसी परीक्षा छिटफुट घटना वाहेक शान्ति पूर्ण सम्पन्न भएको छ ।
उपत्यका लगायतका केही जिल्लाहरुमा परीक्षा सञ्चालन हुन केही समय प्रश्नपत्र अभाब रहेको थियो । काठमाडौंका केही परीक्षा केन्द्रमा प्रश्नपत्र अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयले तत्काल प्रश्नपत्र पु¥याएको थियो ।
पुर्व राजाले जनकारबाही भोग्नुपर्ने read more
काठमाडौँ, १२ चैत
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले राजसंस्थाको समाप्ति काल्पनिक भएको भन्ने पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति प्रतिक्रान्तिकारी हर्कत भएको आरोप लगाउँदै उनले जनकारबाही भोग्नुपर्ने चेतावनी दिएका छन् ।
Tuesday, March 23
कोइरालाको अभियान पूरा गर्ने - नेपाली काङ्ग्रेस
|
गिरिजा बाबुको अन्तेष्टि यसरी गरीयो read nore।
काठमाडौ, चैत्र ८ -
मन्टिखाटारबाट बिहान ७ बजे निकालिएको कोइरालाको पार्थिव शरीर १२ घन्टापछि पशुपति आर्यघाट पुग्दा अन्त्येष्टिमा सहभागी हजारौंका आँखा रसाउने क्रम बढ्यो । अपराह्नदेखि आर्यघाटमा भेला भएकामध्ये केहीे 'कोइराला अमर रहुन्' भन्दै नारा चर्काउन थाले ।
अन्तिम बिदाइका यि लहर
काठमाडौं, ८ चैत
नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको शवयात्रामा हजारौँ सर्वसाधारणले शवयात्रामार्गमै उपस्थित भएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । कोइरालाको पार्थिव शरीर राखिएको दशरथ रंगशाला जान नसकेका सर्वसाधारणले हातमा पुष्पगुच्छा लिएर शवयात्रामार्गको छेउछाउमा लामबद्ध भएर श्रद्धाञ्जली दिए ।
Sunday, March 21
शिखरपुरुष गिरिजा प्रसाद कोइराला
नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइराला एउटा यस्तो व्यक्तित्व हो, जसले आफ्नो लक्ष्य निर्धारण गरिसकेपछि कहिल्यै विश्राम लिन जानेन । लक्ष्यप्रति निरन्तर समर्पित भएर गतिशील रह्यो । तिनै कहिल्यै विश्राम लिन नजान्ने नेताले अहिले चिरविश्राम लिएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको आरम्भ (२००३/००४ साल) देखि आजसम्म जसले निरंकुशताविरुद्ध लोकतन्त्रका निम्ति आफूलाई समर्पित गर्दै आफ्नो लोकतान्त्रिक उचाइ निरन्तर बढाइरह्यो । गिरिजाप्रसाद कोइराला नेपालको सिंगो प्रजातान्त्रिक इतिहासको प्रतीक व्यक्तित्व हो ।
Subscribe to:
Posts (Atom)