Saturday, April 10

इटहरी माँ बस दुर्घटना read more >>>>>

इटहरी, चैत २८ 

- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा शनिबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ४४ यात्रु घाइते भएका छन्। 


भद्रपुरबाट जनकपुरका लागि गुडेको मे १ ख ९१२ नम्बरको यात्रुबाहक अनियन्त्रित भएर सडकभन्दा साढे १२ फिट तल खस्दा चार जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

रगतको खोलो बग्ने स्थिति उत्पन्न read more>>>>>


काठमाडौं, २७ चैत
 पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले १४ जेठपछि मुलुकमा हिंसात्मक झडप भएर 'रगतको खोलो बग्ने' स्थिति उत्पन्न भए नेपाली सेना चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
खुमलटारस्थित निवासमा रिपोर्र्टर्स क्लबको नवनिर्वाचित पदाधिकारीहरूसँग कुराकानी गर्दै पुर्वसेनापति कटवालले त्यस्तो अवस्थामा सेना 'बार्दलीबाट चियाएर नबस्ने' पनि चेतावनी दिएका हुन् । 
'यदि नेपाली जनताको बीचमा
  रगतको खोलो बग्न थाल्यो भने सेना बार्दलीबाट चियाएरमात्र बस्न मिल्दैन,' कटवालले प्रश्न गरे, 'नत्र सेनालाई किन पालेर राख्ने -' यद्यपि, उनले नेपाली सेना विगतदेखि नै शान्तिका लागि सक्रिय रहेको तर्क गरे ।

शान्ति प्रक्रियालाई पहल नगरेको आरोप read more >>>>>>


काठमाडौं, २७ चैत 
मुलुकका तीन ठूला राजनीतिक दलले संविधान लेखन र शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा उचित ध्यान र आवश्यक पहल नगरेको आरोप १३ राजनीतिक दलले लगाएका छन् । दुइ स्वतन्त्र सभासद्सहित १३ राजनीतिक दलको आज यहाँ बसेको बैठकले संविधान लेखनमा ठूला दलमा देखिएको उदासीनताले आफूहरूले जनआकाङ्क्षाअनुरूप संविधान लेखन र शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षा पुर्‍याउने हेतुले आजैदेखि छलफल सुरु गर्ने निर्णय गरेको समाजवादी प्रजातान्त्रिक जनता पार्टीका नेता एवम् कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । 



Tuesday, April 6

पुरानो राहदानी read more>>>>>

काठमाडौँ, २३ चैत  
अति आवश्यक परेका नागरिकलाई पुरानो राहदानी उपलब्ध गराइने भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी नभएसम्मका लागि परराष्ट्र मन्त्रालयले पुरानो पासपोर्ट दिने निर्णय गरेको हो ।

यस्तो राहदानीमा "नन मेसिन रिडेबल पासपोर्ट" लेखिएको छापा लगाइने भएको छ । नेपालमा तत्काल एमआरपी उपलब्ध नहुने भएकाले पुरानै राहदानी जारी गर्न लागिएको परराष्ट्रका एक अधिकारीले बताए ।

यो राहदानी परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट मात्र जारी हुने बताइएको छ । राहदानी वितरण बन्द गरेपछि नागरिकहरुलाई समस्या परेकोले सन् २०१५ नोभेम्बर २४ तारिखसम्म लागु हुने गरी यो राहदानी वितरण गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।_onlinenews

Monday, April 5

सलमान को चाला read more>>>>>>


काठमाडौं, २३ चैत्र
प्रेम कहिले नसकिने रहेछ। सलमान खानले पनि आफ्नो प्रेम भुल्न सकेको छैन। सलमान खानले चलचित्र पार्टनरको दोस्रो भागमा जरीन खानलार्इ लिएको छ। यस अलावा यस चलचित्रमा सलमानका पूर्व प्रमिका कैटरीना तथा गोविंदालार्इ पनि अनुवन्ध गरेको छ। कैटरीनालार्इ चलचित्रमा लिएर उनले यसमा जरीन खानसंग प्रेमको दृष्य छाँयाकन गरिरहेको छ। तर यो चलचित्रका लागि हो वा कैटरीनालार्इ देखाउन हो प्रश्न को रूपमा देखा परेको छ।
यस्ता दृष्यका कारण कैटरीनाको मनमा फेरी सलमानको प्यार जाग्ने हो की ? खबरका अनुसार अहिले कैटरीनाले सलमान खानलार्इ वास्ता गर्न छोडेकी छिन्। तर यस चलचित्रमा खेलेका यि दुर्इ चलचित्र निर्माण कार्य नसकेसम्म संगै चाही रही रहने भएका छन् (दैनिकी)

करीना कपूर read more>>>>>>

काठमाडौं, २३ चैत्र 
 अभिनेत्री करीना कपूर ले हलिउड अभिनेत्री मार्लिन मुनरोको भुमिका निभाउने भएकी छिन्। मधुर भंडारकरले यस चलचित्रका बनाउन लागेको हो। करीनाले यस चलचित्रमा मुनरोको जिंदगीलार्इ जीवन्त पार्ने प्रयाश गर्नेछिन्।मार्लिन मुनरोको जीवन विवादै विवादमा घुमेको छ। उनको मृत्यू पनि रहस्यमयी थियो। एकातीर उनले अत्याधिक लागु पदार्थको सेवनका कारण मृत्यूभएको खबर छ भने अर्कातीर उनको हत्या भएको हुन सक्ने सम्भावना पनि देखिएको थियो।                


मधुर भंडारकरले धेरै समय देखी मर्लिनको जिंदगीको बारेमा जानकारी बटुल्दै थियो। उनले सबै कुरालार्इ ध्यानमा राखेर मार्लिन मुनरोको भुमिका निभाउन करिना कपूरलार्इ छानेको छ। करिनाको अलावा चलचित्रका अन्य कलाकारहरू भने निश्चित भएको छैन  दैनिकी


सहकार्य ले निकाश read more>>>>>>

काठमाडौं, २२ चैत
राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालबीच आइतबार मुलुकमा विकसित पछिल्ला राजनीतिक घटना क्रमलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। उक्त भेटमा राष्ट्रपतिले आपसी विश्वासको वातावरणसहित एकता, सहकार्य र समझदारीका आधारमा राष्ट्रिय सहमति कायम गरी घोषित मितिमा संविधान जारी गरी मुलुकलाई राजनीतिक निकास दिने वातावरण तयार गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँहरुबीच जारी शान्तिप्रक्रिया, संविधान लेखन, मुलुकको समग्र राजनीतिक घटना क्रमलगायत सरकारको प्रभावकारिता सम्बन्धमा विषयमा छलफल भएको राष्ट्रपतिका सल्लाहकार ललित बस्नेतले बताउनुभयो ।              दैनिकी

Sunday, April 4

मोटा प्रहरी read more >>>>>

काठमाडौ, चैत्र २० - 
नेपाल प्रहरीमा बहालवाला अधिकृत हुनुहुन्छ र जीउ मोटो छ ? त्यसो भए अहिल्यैदेखि घटाउने अभियान थाल्नोस् । किनकि संशोधन हुन गइरहेको प्रहरी नियमावलीमा मोटा प्रहरीलाई 'राम्रा अवसर नदिने' देखि 'सेवाबाट वञ्चित गर्ने' सम्मको कारबाही व्यवस्था गरिँदैछ । स्रोत -कान्तिपुर 

नेपालमा डलर read more >>>>>>

काठमाडौ, चैत्र २० - 

तपाईं वर्षमा धेरैपल्ट विदेश यात्रा गर्नेमा पर्नुहुन्छ ? यो खुसीको कुरा भए पनि अब एउटा कुराले सताउन सक्छ, डलर नपुगेर । 

किनकि, राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई वर्षमा दुईपल्ट मात्र डलर साट्न दिने भएको छ । त्यो पनि एकपटकमा बढीमा २ हजार अमेरिकी डलर बराबर मात्र ।    स्रोत -कान्तिपुर 

go up