Thursday, April 15

बुबासँग कलेज जाँदै गरेकी छात्राको मृत्यु

काठमाडौँ, वैशाख २
- नैकाप गाविस ढुङ्गेअड्डामा टि्रपरको ठक्करबाट आज बिहान विद्यार्थी सिर्जना खड्काको मृत्यु भएको छ। कुलेश्वरस्थित जनमैत्री क्याम्पसमा अध्ययनरत खड्काको कलेज जान भनेर आफ्नो बुबासँग मोटरसाइकलमा गइरहेको बेलामा बा.२ख ७२९९ नम्बरको ट्रिपरले ठक्कर दिँदा मृत्यु भएको हो।
कालिमाटीस्थित प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक भोला राउतका अनुसार मृतक खड्काको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको छ।

उनका बुबा बेहोस अवस्थामा रहेको र नाम अझै नखुलेको बताउँदै प्रनाउ राउतले गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको जानकारी दिए।नागरिक

Monday, April 12

एमआरपि भारतमा नछाप -एमाले READ MORE>>

काठमाडौं, चैत २९
 एमाले संसदीय दलको बैठकले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सार्वजनिक खरिद ऐनविपरित भएको ठहर गरेको छ। एमआरपी भारतमा छाप्न दिने निर्णय रद्द गर्न बैठकले सर्वसम्मत निर्णय पनि गरेको छ। संसदीय दलले सरकारलाई यो निर्णय फिर्ता गर्न अनुरोध गर्ने भएको छ।
                                                                           (नागरिक)

Sunday, April 11

बिमान दुर्घटना मा पोल्याण्डका राष्ट्रपति दम्पतिसहित ८० जना मृत्यु read more>>>

मस्को, चैत २८ 
- पोल्यान्डका राष्ट्रपति लेक कास्जिन्की दम्पतीको रुसमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। पोलिस तथा रुसी अधिकारीहरुले सो विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्। बाक्लो कुहिरो लागेका बेला स्मोलेन्स्क विमानस्थल नजिकै सो विमान रुखमा ठोक्किन पुगेको थियो।



go up