Friday, April 23

निकुञ्जभित्रै गैँडाको हालत

बैशाख १० चितवन/
वन्यजन्तु सप्ताह सकिएको दुई दिन बित्न नपाउँदै चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिएको छ । निकुञ्जको तमोरतालभन्दा पाँच सय मिटरपूर्व गैँडा मारिएको निकुञ्जले जनाएको छ । निकुञ्जको मुख्य कार्यालय कसरादेखि साढे दुई किलोमिटर दक्षिण सो क्षेत्रमा बुधबार साँझ साढे पाँच बजे गोली चलेको आवाज सुनेर गएको टोलीले साढे ६ बजे वयस्क गैँडा मृत अवस्थामा फेला पारेको हो । पेटमा गोली लागेको र  खाग, खुर काटिएको अवस्थामा अन्दाजी १८-१९ वर्षको भाले गैँडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका रेञ्जर रूपक महर्जनले बताए ।Naya Patrika

खल्तीमा भएमात्र जेठ १४ मा संविधान


नेपालगन्ज, वैशाख ९ -  राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राजनीतिक दलहरुले  खल्तीमा बोकेको भएमात्र अब तोकिएको समयमा संविधान बन्ने बताएका छन् । उनले भने, 'संविधान राजनीतिक दलका नेताहरुले आफ्नो खल्तीमा छ भन्ने ठानेका छन् भने मात्र तोकिएको समयमा संविधान जारी होला, होइन भने बाँकी रहेको समयभित्र सम्भव छैन ।'

माओवादीको तालिम बन्द गरः सरकार

काठमाडौँ, वैशाख ९
- नेपाल सरकारले एकीकृत नेकपा (माओवादी)का तर्फबाट मुलुकका विभिन्न भागमा पार्टी कार्यकर्तालाई तालिमका नाममा दिइरहेको सुरक्षासम्बन्धी गतिविधि शान्ति र संविधानको बाधक रहेको भन्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माओवादीका तर्फबाट पछिल्लो समयमा अघि सारिएका तालिमलगायतका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेको छ।

निखिलले गरे मुम्बईमै

बैशाख ९ 
नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेर मुम्बईमा लुकीछिपी बसेका भनिएका नायक निखिल उप्रेतीले सोमबार मुम्बईकै एक स्टुडियोमा आफूले अभिनय गरेको नेपाली फिल्म मस्तीको डबिङ गरेका छन् । निखिलले मुम्बई जानुअघि नै सो फिल्मको डबिङ सिध्याएका थिए । तर, प्राइम स्टुडियोको प्राविधिक गडबडीका कारण मस्तीका चारवटा रिलको डबिङ उडेको थियो ।

Sunday, April 18

माओवादी सत्ताबाट बाहिरिएको आरोप read more>>>>


स्याङ्जा, ५ वैशाख (दैनिकी)
स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले एकीकृत नेकपा (माओवदी)का लडाकु समायोजन नहुँदासम्म संविधान जारी हुन नसक्ने बताउनुभएको छ । स्याङ्जाको भाटखोला गाविस-७ को सेतीखोलामा निर्माण हुन लागेको पक्कीपुलको शिलान्यास समारोहमा बोल्दै राज्यमन्त्री खड्काले संविधान बनाउने दायित्व संविधानसभामा क्रियाशील सबै राजनैतिक दलको भएको तर संविधान निर्माण प्रक्रियामा माओवादी बाधक भएको आरोप लगाउनुभयो । उहाँले एउटा देशमा एउटा मात्रै सेना हुनेहुँदा राजनीतिक प्रशिक्षण पाएका सेनाको आडमा राजनीति नगर्न एकीकृत (माओवादी)लाइ आग्रह गर्नुभयो ।

go up