काठमाडौं, १७ वैशाख
प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा(माओवादी)ले हिंसात्मक तरिकाबाट सत्ता कब्जा गर्न खोज्ने हो भने देशमा जे पनि हुनसक्ने बताउनुभएको छ।दक्षिण एसिलाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १६ औं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएपछि सञ्चारकर्मीको माओवादी आन्दोलनमा सेना पनि परिचालन हुनसक्ने प्रतिक्रिया केही मन्त्रीले दिइरहेका छन् नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो– माओवादीले बम पड्काएरै सत्ता कब्जा गर्न खोज्ने हो भने स्थिति जे पनि हुनसक्छ,भन्न सकिंदैन।