Saturday, May 8

हाम्रो नेपालमा


बन्दले आत्महत्या

भक्तपुर, (नेस) एकीकृत नेकपा (माओवादी) ले लगातार गरेको आमहडतालका कारण घर जान नपाएर भक्तपुरको नंखेल-२ स्थित इँटाभट्टामा कार्यरत १९ वषीया मजदुर नौसरी पुनले बिहीबार झुन्डिएर आत्महत्या गरेकी छन्। 

रौतहट घर भएकी पुन विवाहको तयारीमा घर जान खोजेकी तर हडतालका कारण जान नसकेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

माओवादी र शान्ति र्‍याली


काठमाडौँ, २४ वैशाख। (दैनिकी)
नेपाल उद्योग वाणिज्य महासङ्घ र विभिन्न पेसाकर्मी सङ्घसङ्गठनको आयोजनामा भएको शान्ति र्‍यालीमा सहभागी र एकीकृत नेकपा (माओवादी) का कार्यकर्ताबीच झडप भएको छ । शान्ति शभामा सहभागी सर्वसाधारणको वसन्तपुरमा सभा सकिएर स्वस्फुर्त रुपमा निस्केको जुलुश माथि माओवादी कार्यकर्ताले आक्रमण गरेपछि उक्त झडप भएको हो । प्रदर्शनी मार्ग राष्ट्रिय सभागृह अगाडि शान्ति र्‍याली र माओवादीबीचको झडप नियन्त्रणका लागि प्रहरीले चार राउण्ड अश्रृ ग्याँस प्रहार गरेको थियो । एमाओवादी कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले सुरक्षाका लागि उक्त अश्रुग्यास प्रयोग गरेको थियो। 

तोडफोड तथा आगजनी


कपिलवस्तु, २४ वैशाख (दैनिकी)
आफूलाई माओवादी प्रतिकार समूहका कार्यकर्ता बताउने १०– १२ जनाको समूहले बिहीबार साँझ खुरुहुरीया गाविसका द्वन्द्वपीडितका घरमा तोडफोड तथा आगजनी गरेका छन्। न्यायका लागि द्वन्द्वपीडित समाज कपिलवस्तुका सचिवसमेत रहेका मिठाइलाल चौहानको घरमा लुटपाट तथा ताडफोड गरिएको हो। हातमा लाठी, भालासहित आएका उनीहरुले किराना पसलबाट रु५० हजार बराबरको सामान लुटपाट गर्नाका साथै घर भत्काइदिएको पीडित चौहानले बताउनुभयो।

ससुराद्वारा बुहारीको हत्या


गौर, २४ वैशाख (दैनिकी)
लौकाहा गाविस निवासी तथा पिपरिया परोहा गाविसमा कार्यरत सचिव रामकेवल राय यादवको मिलोमतोमा निजकी बुहारीलाई गएराति हत्या गरिएको छ। घरायसी विवादका कारण सचिव यादवका छोरा रामविनय, जेठाजु राम अधारलगायतका परिवारजन मिली २५ वर्षीया कान्तिदेवीको घाँटीमा डोरी बाँधी गएराति करिब ७ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताउनुभयो। अपराधीको खोजी भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्तपाल ल्याइएको प्रहरीले जनाएको छ।

Monday, May 3

बामदेवलाई धम्की


काठमाडौ, वैशाख २०
 - एमाले उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा माग गर्दै पार्टी अध्यक्ष झलनाथ खनाललाई बुझाएको ज्ञापन पत्रलाई लिएर आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
रेडियो कान्तिपुरसंग सोमबार बिहान कुरा गर्दै उनले केही शीर्ष नेताको निर्देशनमा आफ्नै भातृ संगठन युथफोर्सबाट ज्यान लिने धम्की आएको दावी गरेका छन् । मध्यरातमा आएका दुईवटा टेलिफोनमा आफूलाई युथफोर्सका कार्यकर्ता बताउनेले केही दिनमा ज्यान लिने धम्की दिएको उनले बताए ।

अझै कुरा मिलेन

काठमाडौ, वैशाख १९ 
माओवादीले प्रधानमन्त्रीको राजीनामा र आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको अडान नछाडेपछि आइतबारको तीन दलको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ ।

कांग्रेस-एमालेले शान्ति प्रक्रिया र संविधान निर्माणसहित राष्ट्रिय सहमतिको सरकारको मुद्दा प्याकेजमा मात्रै सहमति हुनुपर्ने अडान राखेका छन् । दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेपनि प्याकेजमा सबै बुँदालाई सहमति जुटाउने कसरत भने सोमबार पनि जारी राख्ने नेताहरूले बताएका छन् ।

go up