Saturday, May 15

जीप दुर्घटनामा चारको मृत्यु, आठ घाइते

कावासोती, जेठ १ 
 पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत देउराली गाविसको रुम्सीमा शुक्रबारसाँझजीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
सामान र यात्रु लिएर भक्यालबासबाट धौबादीको पोखरी जाँदै गरेको लु १ ज १२८७ नम्बरको पिकअप जीप सडकबाट तीनसय मिटर तल खसी भएको सो दुर्घटनामा देउराली-७ की २५ वर्षीया धनमाया गाहामगर, उनकी तीन महिनाकी छोरी सीमा गाहा, सोही ठाँउका ३० वर्षीय गनिसरा गाहा र जीपचालक सुसन महतोको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ

पार्टीबाट जोसुकै प्रधानमन्त्री हुनसक्छः गजुरेल


अमर खड्का, इटहरी, जेठ १
 एकीकृत माओवादीका सचिब सीपी गजुरेलले माओवादी नेतृत्वमा सरकार गठन भएमा अध्यक्ष पुष्पकमल दाहाल मात्र नभएर पार्टीबाट जोसुकै प्रधानमन्त्री हुन सक्ने बताएका छन्। 'माओवादी नेतृत्वमा सरकार गठन हुदाँ अध्यक्ष दाहाल र नेता वाबुराम भट्टराई मात्र प्रधानमन्त्री हुन लायक उम्मेदवार होइनन्,' सचिब गजुरेलले क्रान्तिकारी पत्रकार संघ सुनसरीद्धारा शनिवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने।


उनले दुई जना नेताको मात्र पेवा पार्टी नभएको बताए। उनले प्रधानमन्त्रीको निर्णय गर्ने अधिकार पार्टीको केन्द्रिय समितिलाई भएकोले जोसुकै हुने दावी गरे।

भट्टराई निर्वाचित भएको घोषणा

काठमाडौँ, ३१ वैशाख
- निर्वाचन आयोगले नेपाली काँग्रेसका तर्फबाट समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानसभामा रहेको रिक्त सदस्य पदमा मनमोहन भट्टराईलाई निर्वाचित भएको घोषणा गरेको छ। आयोगको आजको निर्णयबाट श्री भट्टराईलाई संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ८ को उपदफा (२) बमोजिम संविधानसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

go up