Saturday, May 22

अमेरिकी भिसा आवेदन अनलाइनबाट मात्रै

, काठमाडौं, जेठ ७
- अमेरिका जान चाहनेहरुले अब अनलाइनबाट मात्र भिसा आवेदन प्रक्रिया अघि बढाउनु पर्ने भएको छ। काठमाडौंस्थित अमेरिकी दुताबासले गैरआप्रवासी भिसा निवेदकका लागि जेठ १७  देखि नयाँ व्यवस्था गर्न लागेको हो।अनलाईन फारम अमेरिकी दूतावासको नेपाल अर्न्तगत वेबसाइट निःशुल्क प्राप्त गर्न सकिनेछ।

पुर्वराज्यमन्त्री गुरुङको रोग


काठमाडौँ, ७ जेठ (दैनिकी) नेपाली काँग्रेसका युवा नेता तथा पुर्वराज्यमन्त्री महादेव गुरुङ मुटुरोग नभई अम्लपित्त, श्वासप्रश्वास र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनसक्ने आशङ्का गरिएको छ । यही जेठ २ गते आफ्नो गृहनगर पोखरा जानेक्रममा विमान चढ्न लाग्दा अकस्मात् बिरामी परी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍याइएका युवा नेता गुरुङलाई सो अस्पतालको सल्लाहबमोजिम थप उपचारका लागि सहिद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।

उत्तर कोरियाद्वारा आक्रमण......


nayapatrikaसोल/ नौसेनाको युद्धपोत डुबाएको आरोपमा कारबाही गरे दक्षिण कोरियाविरुद्ध युद्ध छेड्ने चेतावनी उत्तर कोरियाले दिएको छ ।
मार्च २६ मा दक्षिण कोरियाली नौसेनाको एक युद्धपोत समुद्रमा डुबेर बेपत्ता भएको थियो । अन्तर्राष्ट्रियस्तरमा गरिएको अनुसन्धानका अनुसार युद्धपोतलाई उत्तर कोरियाली सैनिकले आक्रमण गरी डुबाएका थिए ।
अनुसन्धानपछि प्रमाणसहित उत्तर कोरियाले युद्धपोत डुबाएको ठोकुवा गर्दै दक्षिण कोरियाले दोष लगाएको थियो ।

Friday, May 21

एक वर्ष म्याद थप्ने तयारी

काठमाडौं जेठ ६ (नागरिक) -
 प्रधान मन्त्री माधवकुमार नेपालले राष्ट्रपति डा. रामवरण यादवलाई संविधान सभाको म्याद एक वर्ष थप्न अन्तिरम संविधान संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी गराएका छन्। प्रधान मन्त्री नेपालले समयमा नै संविधान बन्न नसकेकाले म्याद थपका लागि संसदमा प्रस्ताव दर्ता गरेको जानकारी गराए।नियमित भेटमा राष्ट्रपति यादव र प्रधान मन्त्री नेपालबीच मुलुकको राजनीतिक अवस्थाबारे छलफल भएको थियो। प्रधानमन्त्री नेपालले निधारित मितिमा संविधान बन्न नसकेका कारण सरकारले नेपालको अन्तरिम संविधान- २०६३ मा आठौं संशोधन विधेयक व्यवस्थापिका-संसद्मा पेस गरेको जानकारी दिएको प्रधान मन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाएका छन्।

Sunday, May 16

हङकङमा बसको ठक्करले नेपाली बालकको मृत्यु



हङकङ, जेठ २ (नागरिक)
 शनिबार साँझ हङकङमा मिनिबसको ठक्करले ३ वर्षका बालकको मृत्यू भएको छ। नेपालीहरूको बाक्लो वस्ती रहेको जोर्डनस्थित क्यान्टोन रोडको छेउमा आमासँगै उभिएका बालक वाइजलाई तिब्र गतिमा आएको बसले ठक्कर दिएपछि मृत्यू भएको हो।छोराको मृत्यूबाट बेहोस् बनेकी आमालाई स्थानीय क्वीन एलिजावेथ अस्पतलामा उपचार गरी साँझ घर ल्याइएको छ। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।बालक पोखरा घर भएका शशी गुरुङका छोरा हुन्। उनी हङकङमा निर्माण मजदुरको रुपमा काम गर्छन्।

'घोप्टो पर्न लगाएर गर्धनमा उल्टो खुर्पाले हाने'

a
गजेन्द्र बोहरा, दाङ, जेठ १ - सामान्य विवादमा यहाँका एक वृद्धलाई माओवादीका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन्। दाङ हापुर गाविस- २ गुर्जे निवासी ७२ वर्षीय लछे चुनारा कामीलाई बिहीवार साँझ स्थानीय माओवादीले निर्घात कुटेका हुन्। वृद्ध कामीको टाउको तथा हातमा खुर्पाले हिर्काएको गहिरो चोट छ। कामीका अनुसार जग्गाको विषयमा सामान्य विवाद हुँदा उनीहरुले कुटपिट गरेका हुन्।

go up