Saturday, May 29

ट्रयाक्टरको ठक्करवाट एक साइकल यात्रीको मृत्यु


झापा १४ जेठ
झापाको दमकमा आज विहान ट्रयाक्टरको ठक्करवाट एक साइकल यात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा दमक १० का ३९ वर्षीय जीवन मैनाली रहेका छन। पश्चिमवाट पुर्वतर्फ आउदै गरेको मे १ त १६३२ नम्वरको ट्रयाक्टरले पुर्वपश्चिम राजमार्ग अन्तरगत दमक १० मा विपरीत दिसातर्फ जादै गरेका साइकल यात्रि मैनालिलाई विहान ९ वजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा गम्भिर घाईते भएका मैनालीको उपचारका क्रममा विहान साढे ९ वजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ।ठक्कर दिन ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Friday, May 28

प्रमुख तीन राजनीतिक दल


काठमाडौं, १४ जेठ (दैनिकी) 

संविधानसभाको म्याद सकिन लाग्दा प्रमुख तीन राजनीतिक दल आन्तरिक एवम् बाह्य छलफल गर्न व्यस्त रहेका छन्। नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्षनेताहरू यतिखेर सहमतिका लागि आन्तरिक एवम् बाह्य छलफलमा जुटेका हुन्। यसै क्रममा आज बिहान नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा नेकाका पदाधिकारीहरूको बैठक बस्यो। बैठकमा संविधानसभाको म्याद बढाउने विषयमा छलफल भएको र 'प्याकेज'मै सहमति कायम गर्न जोड दिइएको प्रवक्ता अर्नुननरसिंह केसीले जानकारी दिनुभयो।


Thursday, May 27

बैठक निष्कर्षविहीन

काठमाडौं, जेठ १२ (नागरिक)-
राजनीतिक गतिरोध अन्त्य गर्नका लागि बुधबार साँझ बसेको तीन राजनीतिक दलको शीर्ष नेताहरुको बैठक बिना निष्कर्षमा टुङ्गिएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा राजनीतिक दलहरु आ-आफ्नै अडानमा कायम रहे पछि बैठक विना निष्कर्ष टुङ्गिएको हो । बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिउँसो प्रधानमन्त्री माधवकुमार नेपालसँग भएको वार्ताको बारे जानकारी गराएका थिए । बैठकमा अध्यक्ष दाहालले सहमति भएपनि प्रधानमन्त्री नेपाल पदबाट राजिनामा नदिने मनस्थितमा नरहेको बताएका थिए । दाहालले बैठकमा 'प्रधानमन्त्रीले राजिनामा दिनेभन्दा संविधानसभा विघटनको होस भने चाहेको बताएका थिए ।'

Wednesday, May 26

'ममाथि अन्याय भयो तर अदालत गइनँ’-- पुर्व राजा ज्ञानेन्द्र


त्काठमाडौं, जेठ १
 पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबारबाट निकालेर सरकारले आफूमाथि अन्याय गरेको टिप्पणी गरेका छन् । दुई सय ४० वर्षको राजतन्त्र अन्त भएको दुई वर्षपछि सार्वजनिक अभिव्यक्ति दिँदै ज्ञानेन्द्रले अन्याय भए पनि स्वीकार गरेर अदालत नगएको बताएका छन् ।आइतबार बागेश्वरी मन्दिरको दर्शन गर्ने र समर्थकहरूलाई दर्शन दिन नेपालगन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ इमेज च्यानललाई विशेष अन्तर्वार्ता दिएका थिए ।च्यानलले मंगलबार साँझ प्रसारण गरेको अन्तर्वार्तामा ज्ञानेन्द्रले अदालत जान शुभचिन्तकले तत्कालै सल्लाह दिएको खुलासा पनि गरे ।

प्रहरी कुटाइले 'मृत्यु

काठमाडौ, जेष्ठ १२
कालीमाटी प्रहरी वृत्तको हिरासतमा रहेका एक अभियुक्तको 'कुटाइ' बाट मंगलबार मृत्यु भएको छ । माओवादी सभासद विनोद पहाडीका अनुसार ठगीको अभियोगमा पक्राउ परेका खसीबजारका ग्रील मजदुर ४६ वषर्ीय सानुु सुनारको मृत्यु प्रहरीको कुटाइबाट भएको हो । बालाजुका किराना व्यापारी विष्णु कापृको २५ हजार ठगेको अभियोगमा बल्खुस्थित प्रहरी बिटले आइतबार उनीसहित महर्जन थर भएका ट्याक्सीचालक र कृष्ण विकलाई पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले ठगीको जाहेरी दिने कापृ र सुनारसहित तीनैजना अभियुक्तलाई साथै राखेर अनुसन्धान थालेको थियो ।


'जात नमिलेको' भन्दै सम्बन्धविच्छेद

विराटनगर, जेठ १२
 मोरङ जिल्ला अदालतबाट बिबाहको नाता प्रमाणित गरिसकेका एक आदिवासी जोडीलाई अन्तरजातीय बिहे गरेको भन्दै जर्बजस्ती छुटाइएको छ।झापा कोरोबारी-७ घर भई मोरङको रंगेली बस्दै आएका २१ वर्षीय भोलाप्रसाद ठाकुर र झापा कोहबरा-६ की २३ वर्षीया कल्पना राजवंशीलाई 'जात नमिले'को भन्दै केटीका अभिभावकले जबरजस्ती छुटाएर लगेका हुन्। तीन वर्ष अघिको आफ्नो प्रेमलाई साकार तुल्याउदै दुई हप्ताअघि विवाह बन्धनमा बाँधिएका नवविवाहित भोला प्रेमिकासँग विछोड भएपछि विरत्तिएका छन्। 'जीवन साथीलाई त खोसेर लगे नै', ठाकुरले नागरिकसँग भने, 'अझै मलाई मार्ने धम्की समेत दिएका छन्।' प्रेमिकाका दाजु मनोज राजवंशीले फोनबाट ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन्।

नेपाली हो भन्दै मर्नेगरी कुटे,'




 झापा, जेठ १२- चौध वर्षको उमेरमा काम खोज्दै मेघालय पुग्दा बुटवलका नेत्रबहादुर विकलाई मुग्लान पनि आफ्नै आँगनजस्तै लागेको थियो। रहनसहन र भेषभुषा मिलेकाले मात्र होइन देखे-भेटेकाले नेपाली बोलेकाले उनलाई त्यो ठाउँ पराई लागेन।तर, ४३ वर्षपछि त्यही भूमिमा आफ्नो भाषाकै कारण उनले झन्डै ज्यान गुमाउनुपर्‍यो। नेपाली भाषी भएकैले स्थानीय खासी समुदायको आक्रमणमा उनी पनि परे। 'नेपाली हो भन्दै मर्नेगरी कुटे,' मेघालयको छालाङबाट भागेर मंगलबार काँकरभिट्टा आइपुगेका ५७ वर्षीय विकले भने, 'बल्लबल्ल ज्यान जोगाएर यहाँ आइपुगियो।'  


हाम्रा आप्पा

२० पटक सम्म सगरमाथा पुगेरै छाडे

Tuesday, May 25

हुम्ला सदरमुकाम रित्तै


 सुर्खेत, जेठ १० 
सरकारले ग्रामीण क्षेत्रका डिपोभन्दा सदरमुकाममा खाद्यान्न ढुवानी गर्न जोड दिँदा कर्णालीका गाउँमा भोकमरी देखिएको छ। जिल्ला सदरमुकामहरुमा भने पर्याप्त चामल भण्डारण छ। गाउँमा पठाएको चामल तत्कालै सिद्धिने भए पनि सदरमुकाम पठाइएको चामल भने स्टक रहने गरेको छ।नेपाल खाद्य संस्थानको सुर्खेतस्थित शाखा कार्यालयका अनुसार यस वर्ष कर्णालीका पाँचजिल्लामा ६५ हजार तीन सय क्विन्टल चामल ढुवानी भएको छ। त्योमध्ये ३१ हजार ६ सय क्विन्टल चामल संस्थानका सदरमुकामस्थित गोदाममा भण्डारण रहेको जिल्ला शाखाले प्रतिवेदन पठाएका छन्। गाउँका डिपोहरुमा गएको साढे आठ हजार क्विन्टल चामल भने पुग्नेबित्तिकै सकिएको संस्थानका अधिकृत पूर्णप्रसाद दाहालले बताए।


Sunday, May 23

भक्तपुरमा बस दुर्घटना, ४१ यात्रु घाइते





भक्तपुर, जेठ ९- 
नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा.१ ख ३००९ नम्बरको यात्रुवाहक बस आज बिहान ९:४५ मा वडा नं ९ बेलकोट फिदीमा दुर्घटना हुँदा ४१ जना यात्रु घाइते भएका छन्।विपरीत दिशाबाट आएको बा.३ च ६८१४ नम्बरको जिपलाई बचाउन खोज्दा अनियन्त्रित भई बस खोल्सामा पल्टिएको थियो।स्थानीयवासी र प्रहरीको उद्धारपछि घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि बिएन्डबी अस्पताल लगिएको महानगरीय प्रहरी भक्तपुरले जनाएको छ। रासस

विमानस्थलभित्रै नाराबाजी, एक किमी सडकमा हरियो कार्पेट-


 नेपालगन्ज, जेठ ९ (नागरिक)-

 पूर्वराजा ज्ञानेन्द्र शाह बागेश्वरी मन्दिरमा विशेष पूजा अर्चना सकाई सुर्खेत रोडस्थित स्नेहा होटलतर्फ लागेका छन्। त्यहाँ उनले स्थानीय नेता र शुभेच्छुकहरुलाई भेट्ने कार्यक्रम रहेको स्रोतले बताएको छ। प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार बिहान बुद्ध एअरको उडानबाट नेपालगन्ज पुगेका हुन्। ज्ञानेन्द्रको स्वागतका लागि पूर्वपञ्च, शिव सेना र विश्व हिन्दु महासंघका कार्यकर्ता नेपालगन्जमा खटिएका छन्।

go up