Friday, June 4

तीन दलले भने तत्काल राजीनामा दिन्छुः प्रम नेपाल

(काठमाडौं)जेठ २०
 प्रमुख तीन राजनीतिक दलबीच भएको तीनबुँदे सहमतिका बारेमा दलहरूबीच भइरहेको फरक-फरक व्याख्यालाई एकीकृत गरी यथाशीघ्र सहमति गर्न तीव्र गृहकार्य प्रारम्भ भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूको बुधबार संविधानसभा भवनमा बसेको बैठकमा सहमति र सहकार्य बेगर अगाडि बढ्नुको विकल्प नभएकाले यथाशीघ्र सहमतिको यात्रा तय गर्ने कुरामा सबैको एकमत देखिएको भए पनि तीनबुँदे सहमतिअर्न्तर्गत माओवादीले प्रधानमन्त्रीको राजीनामा आइहाल्नुपर्ने धारणा दोहोर्याएको

Monday, May 31

कब्जा गरीएका घर गोठ विक्रि>>>>>


लमही १६ जेठ
एकिकृत नेकपा माओवादीले १२ वुदे सहमति देखी हाल सम्म भएका सवै सहमती पालना गर्न सहमत देखीएकै भोलि पल्ट माओवादीले देउखुरीमा कब्जा गरेको खिमवहादुर शाहाको घर गोठ विक्रि गरेका छन। माओवादीले पार्टिको निर्देशन र निर्णय भएको भन्दै आफ्ना नजिकका कार्यकर्ता लाई चार कोठा वढिको काठै काठले भरीएको चार कोठे गोठ ६५ हजारमा बिक्रि गरेका छन। साथै माओवादीले कब्जा गरीएको जग्गामा आफ्ना अनुकुलका मान्छेहरुलाई वितरण गरेको रहस्य खुलेको छ। माओवादीले भने खिमबहादुर शाहकि छोरी अनिता शाहासग भएको सहमतिका आधारमा काम भएको प्रतिकृया दिएको छ। आईतवार विक्रि गरेको घर गोठ भत्कायर लैजाने क्रममा सोनपुर–७ रनियापुरका स्थानिय वासिन्दाले त्यसो प्रतिकार गरेका छन।

Sunday, May 30

मनीषा बलिउडले नपत्याएपछि कलिउडमा

दर्जनौंपटक नेपाली फिल्ममा काम गर्ने इच्छा भएको तर समय वा अन्य यस्तै कुरा नमिलेकाले फेरि नेपाली फिल्म खेल्न नपाएको बताउँदै आए पनि अन्ततः बलिउड चलचित्र उद्योगले माया मारेपछि मनीषा कोइरालालाई दुइ दशकपछि पुनः स्वदेशी पर्दामा हर्ेन पाइने भएको छ । आजभन्दा ठीक दुइ दशकअघि तत्कालीन नायक प्रकाश अधिकारीकी नायिका बनेर चलचित्र फेरि भेटौंलामा देखिएकी बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइराला त्यसपछि हालसम्म नेपाली पर्दामा देखिएकी थिइनन् ।

बेपत्ता डाक्टर छानबिन उद्देश्य जीवन रक्षा

काठमाडौं जेठ १६ (नागरिक)
 १३ दिनदेखि बेपत्ता भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. भक्तमान श्रेष्ठ अवस्था छानबिनमा संलग्न एकीकृत माओवादी र नेपाल प्रहरीले 'जीवनरक्षा र सकुशल रिहाइ' नै प्रमुख उद्देश्य भएको बताएका छन्।माओवादीद्वारा गठित छानबिन समिति संयोजक अमिक शेरचनले सबै तर्फबाट आएका सूचनालाई क्रममा ध्यानपूर्वक हेर्ने बताए। 'एकपक्षीय कुरालाई मात्रै हेरेर सुनेर निर्क्यौल गर्दैनौँ,' शेरचनले नागरिकसँग भने, 'अहिल्यै यसै भन्न सकिन्न, एक साता लाग्छ।' माओवादी स्थायी समिति गठित समितिमा सभासद् चित्रबहादुर श्रेष्ठ र धर्म आचार्य सदस्य छन्।

go up