Friday, June 11

कोठी साधारण नहुन पनि सक्छ

 डा. सुपर केसी
कन्सल्टेन्ट चर्मरोग विशेषज्ञ




मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई र्सवसाधारणले कोठी भनेर बुझ्ने गरेको पाइन्छ, तर यस्ता सबै दानाहरु कोठी नहुन पनि सक्छन् । हामीले बुझ्ने कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अंग्रेजीमा मोल (Mole) वा निभ्स (Nevus) भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।




नेपालमा पनि स्वाइनफ्लुको भ्याक्सिन आउने


नेपाल समाचारपत्र, (काठमाडौं), 
विश्व स्वास्थ्य संगठनले जुन ११ सन् २००९ मा स्वाइनफ्लु अर्थात् एचवान एनवान भाइरसलाई महामारीको घोषणा गरेको केही समय बित्न नपाउँदै नेपालमा पनि एचवान एनवानका तीन जना बिरामी फेला परेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा साचार केन्द्रले जनाएको थियो। विश्व स्वास्थ्य संगठनले गत वर्ष जुन ११ मा एचवान एनवान महामारी घोषणा गर्दै सबै राष्ट्रका जनतालाई उच्च सतर्कता अपनाउनसमेत सचेत गरेको लगत्तै नेपालमा पनि स्वाइनफ्लु अर्थात्

डेन्जर मोबाइल>>>>>>>>>>>>

चितवन (रत्ननगर), जेठ २७
 'चार्ज' भइरहेको मोबाइलमा फोन उठाउन खोज्दा भरतपुरमा बिहीबार एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। सुरेन्द्र वर्कशप पोखरा बसपार्कमा काम गर्दै आएका कुमरोज– १ का २५ वर्षीय माइला विकको करेन्ट लागेर ज्यान गएको हो।करेन्ट लागेर गम्भीर भएका विकको उपचारका लागि चितवन शिक्षण अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। 
- रासस

अनौठो रोग, पढाइ प्रभावित

समुन्द्र पौडेल, तनहुँ, जेठ २७ nagrik
 गोरखाको आरुअर्वाङ्गको कल्लेरीस्थित इन्द्रकन्न्या माध्यमिक विद्यालयका छात्रामा एक सातादेखि अनौठो रोग देखा परेको छ। पढाइरहेका बेला अचानक रुने, चिच्याउने, अश्लिल शब्द बोल्ने र बेहोश हुने समस्या देखिएको शिक्षक राजकुमार लामाले बताए। एक साताको अवधिमा १६ जना छात्रामा यस्तो समस्या देखापरेको उनले बताए। अचानक बेहोश भएका छात्राले होशमा आएपछि जथाभावी दौडने, ढुङ्गा र हतियारले विद्यार्थी र शिक्षकलाई हिर्काउने जस्ता व्यवहार गर्न थालेपछि पठनपाठन प्रभावित भएको

Thursday, June 10

सुन तोलाको ३६ हजार नाघ्यो




काठमाडौं, जेठ २६ (नागरिक)-
 अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपालमा पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। मंगलबार सुनको कारोबार सकिँदा प्रतितोला ३६ हजार २ सय पुगेको छ। सोमबार कारोबार सकिँदा ३६ हजार ५० रुपैयाँ थियो।युरोपियन युनियनमा आर्थिक संकट परेपछि एकाएक सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जनाए।

go up