Saturday, June 26

पाल्पा-बुटवल सडक अबरुद्ध

पाल्पा, असार १२
 शुक्रबार रातिदेखि पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध बनेको छ। अविरल बर्षाका कारण शिद्धबाबामा पहिरो खसेपछि यातायत बन्द हुँदा सयौं यात्रु मर्कामा परेका छन्। पहिरोले यातायात बन्द हुँदा पाल्पा, स्याङ्जा, गुल्मी र अर्घाखाँचीबाट छुटेका सयौं सवारी साधन १२ घण्टादेखि पाल्पाको दोभान क्षेत्रमा रोकिएका दोभान प्रहरीले जनाएको छ। बुटवल तर्फबाट छुटेका सावारी पनि चिडिया खोलामा बाटो खुल्ने आसमा लाम लागेर बसेका छन्। पानी पर्न नरोकिएकाले पहिरो खस्नेक्रम नरोकिएकोले बाटो खुलाउन केहि समय लाग्ने ट्राफिक कार्यालय पाल्पाले जनाएको छ।

Friday, June 25

चोरीका गाडी

नेपालगन्ज, असार ११

 पछिल्लो समयमा चोरीका गाडी पक्राउ पर्ने क्रम बढेपछि नेपालगन्ज भन्सार कार्यालयलाई त्यस्ता सवारी साधन लिलाम गर्न भ्याइनभ्याइ छ।गत फागुनमा २८ मोटरसाइकल र एउटा सेन्ट्रो कार लिलामी गरेको उक्त कार्यालयले बुधबार १७ गाडी र ११ मोटरसाइकल फेरि लिलामी गरेको थियो। पछिल्लो पटक लिलामी गरिएका सबै सवारी साधन फागुनयता पक्राउ परेका हुन्।

रेल दुर्घटनामा चारको मृत्यु

वीरगन्ज (पर्सा), असार ११ 

 वीरगन्जको सीमावर्ती सहर भारतको रक्सौलमा बिहीबार भएको रेल दुर्घटनामा चारजना भारतीयको मृत्यु भएको छ। नेपाली घाइते भएका छन्।दुर्घटनामा चार नेपाली सहित एक सयभन्दा बढी घाइते भएका छन्। घाइते हुने नेपालीहरुमा पर्सा जिल्ला सेढवा गाविस वडा नं. ८ निवासी शिवशङ्कर साह, बारा जिल्ला निवासी महम्मद अताउनल हक, बुद्धिराम र महम्मद मुस्तकिम रहेका छन्। नरकटियागन्जबाट घोडासनका लागि

२०० किलो चरेससहित गिरोह समातिए

काठमाडौं,१० असार :
अन्तर्राष्ट्रियस्तरमा चरेसको कारोबार गर्ने गिरोहलाई दुई सय किलो चरेससहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरोहबाट तीन वर्षयताकै सबैभन्दा ठूलो परिमाणमा चरेस बरामद गरेको हो । लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइले राजधानीबाट सोमबार पक्राउ गरेका गिरोहका ६ जनालाई बुधबार सार्वजनिक गरिएको छ । इकाइको 'विशेष अप्रेसन'

हरेस खाएका छैन उत्तर कोरिया


असार १०
स्थानीय किंगवान्चा टोलीका खेलाडीले सोमबार सरकारी टेलिभिजनमा उक्त खेलको प्रत्यक्ष प्रसारण हेरेका थिए। उनीहरूले आफ्नो टोलीको निराशाजनक पराजयबाट हरेस खाएका छैनन्।उत्तर कोरियाले पाएको ७–० अन्तरको पराजय सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकप फुटबलमा जर्मनीले साउदी अरेबियामाथि पाएको ८–० को विजयपछि ठूलो एकतर्फी खेल थियो।उक्त पराजयले दोस्रो चरणमा पुग्ने उत्तर कोरियाको चाहनालाई धरासायी पारेको थियो।एउटा साथी फुटबल खेलाडी भएको नाताले

Thursday, June 24

गोली चल्यो

काठमाडौं, असार १० 
काठमाडौंको मैतीदेवी मन्दिरको पूर्वपट्टि आज बिहान सवा दश बजे गोली चलेको छ।कालो रङको पल्सर मोटरसाइकलमा आएका दुईजना व्यक्तिले भरतपुर १० घर भई हाल मैतीदेवीमा बस्दैआएका विष्णु पाण्डेलाई ताकेर गोली हानेका थिए।मोटरसाइकलमा आएका ती व्यक्ति को थिए र किन पाण्डेलाई गोली हानिएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ। गोली लाग्नबाट बचेका>>>>



मोटरसाइकल दुर्घटना

दाङ असार १० 
दाङमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।दाङको तुलसीपुरबाट सितलपुर तर्फ जाँदै गरेको रा १ प ५४९० नम्वरको मोटरसाईकल टरीगाउँ १ मा बुधबार राति पल्टिदा मोटरसाईकलमा सवार दाङ देउखुरीका तेजबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाईकल दुर्घटनामा परी घाईते भएका केसीको उपचारका

गोली प्रहारबाट दम्पतीको हत्या


 बुटवल, असार ९
 गोली प्रहारबाट बुटवलको संगमपथमा व्यवसायी दम्पती हत्या भएको छ। भण्डारी गल्ला स्टोरका मालिक रमेश भण्डारी तथा उनकी श्रीमती आशाको गोली हानी हत्या भएको हो। कालो पल्सर चढी आएका मधेसी मूलका दुई तथा पैदल आएका अर्का एकले गोली चलाएको प्रहरीले जनाएको छ। गोली लाग्नासाथ आशाको घटनास्थलमै मृत्यु भएको थियो। उनको कोखा र छातिमा गोली लागेको छ। रमेशको घाटीमा दुई गोली लागेका छन्।

Wednesday, June 23

राजिनामा नआए माओवादीले बजेट र नीति-कार्यक्रम

काठमाडौं, असार ८ (नागरिक)
माओवादी नेता नारायणकाजीले प्रधान मन्त्रीको राजिनामा नआएमा सदन सङ्घर्ष चर्काउने बताएका छन्। गत मङ्गलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिटब्युरो बैठकका बीच सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- सरकारको बजेट तथा नीति-कार्यक्रम पनि ल्याउन दिइँदैन।उनले माओवादीभित्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद गलत भएको दाबी गर्दै संविधानसभाको ठूलो दलको हैसियतले माओवादी नेतृत्वमै सरकार गठन हुनुपर्ने दाबी पनि दोहोर्‍याए।बैठकमा बोल्ने क्रम आज सकिने जानकारी दिइएको छ।


उरुग्वे र मेक्सिको अन्तिम् १६मा प्रवेश

काठमाडौ, अषाढ ८

 दक्षिण अफ्रिकामा भइरहेको विश्व कप फुटवल २०१० मा समुह 'ए' बाट उरुग्वे र मेक्सिकोले अन्तिम् १६मा प्रवेश पाएका छन् ।मंगलबार साँझ भएको खेलमा उरुग्वेले मेक्सिकोलाई १ का बिरुद्ध सुन्य गोलले पराजित गरेपछि यि दुइ टिम अन्तिम् १६ मा प्रवेशगरेका हुन् ।उही समयमा भएको अर्को खेलमा दक्षिण अफ्रिकाले फ्रान्सलाई २ का विरुद्ध १ गोल अन्तरमा पराजित गरेपनि आयोजक राष्ट्रले अन्तिम् १६मा प्रवेश गर्न सकेन । समुह 'ए' मा उरुग्वे, मेक्सिको, दक्षिण अफ्रिका र फ्रान्स थियो ।

Tuesday, June 22

देशभन्दा ठूलो

जोहानसबर्ग – विश्वकपमा सहभागी कतिपय खेलाडीको नागरिकता र मूल राष्ट्र पत्ता लगाउन त्यति सजिलो छैन। कसैको जन्म एउटा देशमा भएको छ भने पासपोर्ट अर्को देशको हुन्छ। उ खेलिरहेको भने अर्कै देशका लागि हुन्छ।फुटबलर बोटेङ्ग दाजुभाइमा एक जर्मनीका लागि खेल्छन् भने अर्का घानाबाट। अल्जेरियाका हसन सेबदाले फ्रान्सलाई

सवारी ठोक्किदा दुईजनाको मृत्यु



हेटौंडा ,असार ८
 हेटौँडाको थानाभर्‍याङमा मङ्गलबार दुईवटा सवारी ठोक्किदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा २४ भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ। वीरगञ्जबाट चितवन जाँदै गरेको ना. २ ख २४७४ नम्बरको वसलाई नम्बर नखुलेको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।सो दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । गम्भिर घाईतेभएका चार जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।अन्यकोभने स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Monday, June 21

भीषण वर्षाबाट डेढ सयको मृत्यु



हङकङ, असार ६
 दक्षिण चीनमा आएको बाढी–पहिरोमा परी आइतबार बिहानसम्म १ सय ३२ जनाको मृत्यु भएको छ भने पहिरोमा परेका दुई दर्जनसहित ८६ जना हराइरहेका छन्।  एक सातापहिले सुरु भएको भारी वर्षाले दुई लाख असी हजार मानिस प्रभावित भएको बाढी नियन्त्रण तथा राहत वितरण कार्यालयले जनाएको छ।बाढीबाट दक्षिण चीनका फुजियान, हुनानलगायत् नौ वटा प्रान्त प्रभावित भएका छन्। सरकारी अधिकारीलाई उद्धृत गर्दै

पैसा लिएर मेनपावर सञ्चालक फरार


इटहरी, असार ५
 वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै इटहरीको एक मेनपावर सञ्चालक १ सयभन्दा बढी युवाबाट पैसा लिएर फरार भएका छन्। रोज ओभरसिज प्रालिका सञ्चालक जिङ्मी शेर्पाले 'प्रोसेसिङ' खर्च भन्दै जनही २५ हजार रुपैयाँ लिएका थिए। भिसा आएपछि बाँकी रकम तिर्ने सर्तमा युवाले 'प्रोसेसिङ' खर्च बुझाएर चार महिनाअघिदेखि ताकेता गरेकोमा एक सातादेखि सञ्चालक शेर्पा फरार भएको पीडित ताप्लेजुङnagrik

Sunday, June 20

मनिषाको धुमधाम बिहे

 काठमाडौं, असार ५


 'गोकर्ण फरेस्ट रिसोर्टमा मेरो कोठाको झ्याल ठूलो रहेछ। पर्दा खोल्नेबित्तिकै मैले सिंगारपटार गरेकी मनिषालाई बेहुलीका रूपमा देखेँ।' बलिउड अभिनेत्री मनिषा कोइरालाको विवाह समारोहमा भाग लिन भारतबाट आएका एक सहभागीले शुक्रबार नागरिकसँग भने, 'उनी बिछट्टै राम्री देखिएकी थिइन्।' शुक्रबार मनिषाको सिंगारपटार स्वयम्बरका लागि थियो, सम्राट दाहालसँग। विवाह आज हुँदैछ, गोकर्ण रिसोर्टमै nagrik।

go up