Saturday, July 3

बियरपारखीले एक/दुई लिटर होइन

काठमाडौं, असार १९ (नागरिक)
बियरपारखीले एक/दुई लिटर होइन, अब पाँच लिटरको क्यानमा बियर किन्न पाउने भएका छन्। बहुराष्ट्रिय कम्पनी हेनकेन होल्डिङस्ले उत्पादन गरेको पाँच लिटरको क्यान बियर स्थानीय बजारमा भित्रिएको छ।हेनकेनका लागि नेपालस्थित आधिकारिक बिक्रेता भिक्टर इन्टरनेसनलले 'ड्राउट हेनकेन' ब्रान्डको यो बियर हल्यान्डबाट आयात गरेर स्थानीय बजारमा ल्याएको हो।'कम्पनीले पहिलेभन्दा फरक प्याकमा हेनकेन बियर बजारमा ल्याएको जनाएको छ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल


जोहानसवर्ग- पाँच पटकको विश्वकप विजेता ब्राजिललाई नेदरल्यान्डसले २-१ ले पराजित गर्दै क्वार्टर फाइनलबाटै घर फर्काइदिएको छ। ६८ औँ मिनेटमा कर्नर किकबाट आएको बललाई हेड गर्दै वेस्ली स्नाइडरले नेदरल्यान्डसको लागि विजयी गोल गरे। यसअघि १० औँ मिनेटमा नै रबिन्होको गोलको मद्दतबाट ब्राजिल १ गोलले अघि बढेको थियो। तर ५३ औँ मिनेटमा फेलिपे मेलोको आत्मघाती गोलका कारण नेदरल्यान्डसले बराबरी गर्‍यो। 

Wednesday, June 30

संखुवासभामा पहिरो>>>>


धनकुटा, असार १५- संखुवासभाको सिसुवाखोला गाविसको वडा नः ४, ५ र ६ मा गएको पहिरोमा परी ५६ घरका २८० जना विस्थापित भएका छन्। मंगलबार दिउसोदेखि जान थालेको पहिरोले १२ घर बगाएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी राजीव पोखरेलले बताए।विस्थापितहरु नजिकैको गाउँमा बसीरहेका छन्। गाउँमाथिबाट आएको पहिरोले कर्ण राई र हर्कबहादुर राई ५ वटा गाई समेत बगाएको छ। दिउसो पहिरो गएकाले मानवीय क्षति भने भएको छैन।

माओवादी नेतालाई यस्तो भिसा >>>>>>>

काठमाडौं, असार १५- एकीकृत माओवादी पोलिट्ब्युरो सदस्य अग्नि सापकोटाको प्रवेशाज्ञा पाएर पनि अमेरिका उड्न नपाएको खुलासा भएको छ। सापकोटालाई अमेरिकी दुतावासले असाढ १० मा दिएको 'जे वान' भीसाको म्याद असोज ७ मा सकिने देखिएको छ।काठमाडौंस्थित अमेरिकी दूताबासले 'मानवअधिकार उल्लंघनको अभियोग लागेकाले सफाइ नपाउँदै भीसा दिनु अनुपयुक्त' प्रेस विज्ञप्तिमार्फत जनाएको थियो।


Sunday, June 27

उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला

काठमाडौं, असार १३ (नागरिक)
 उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार स्वीकार गर्न सकिने बताएकी छन्। 'दाहालको नेतृत्व स्विकार्न सकिन्छ,' युएईको भ्रमण सकेर शनिबार काठमाडौं आएकी नेतृ कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भनिन्, 'त्यसका लागि वाइसिएलको अर्धसैनिक संरचना र कब्जा सम्पत्ति

हिन्दू नेताको गोली हानी हत्या

वीरगन्ज, असार १२ (नागरिक)
हिन्दू राष्ट्रिय युवा सङ्घका अध्यक्ष काशीनाथ तिवारीको गोली हानी हत्या गरिएको छ। वीरगन्ज उपमहानगरपालिका-१३ अज्ञात व्यक्तिले गोली हानेपछि उनलाई नारायणी अस्पताल लगिएको थियो। उनको त्यहीँ मृत्यु भएको हो। उनलाई तीन गोली हानिएको थियो।मोटरसाइकलमा आएका व्यक्तिले गोली हाने पनि उनीहरुको पहिचान हुन सकेको छैन। पटक पटकको आपराधिक घटनापछि वीरगन्त्रका बासिन्दा त्रसित भएका छन्।

go up