Saturday, July 10

साउन ३० गते राजधानी नाकाबन्दी >>>>

चितवन, असार २५
 नयाँ सरकार गठनमा दलहरुले सहमति जुटाउन नसके आफूहरुको नेतृत्वमा सरकार गठन गर्न आदिवासी जनजातिले माग गरेका छन्। उनीहरुले संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउन साउन ३० गते राजधानी नाकाबन्दीको कार्यक्रम समेत घोषणा गरेका छन्। चितवनको सौराहामा देशभरबाट जम्मा भएका आदिवासी जनजातीको राष्ट्रिय भेलाले आदिवासी जनजातिहरुको अधिकार

बस दुर्घटनामा ७ को मृत्यु>>>>

वीरगन्ज, असार २५-
 काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ गइरहेको यात्रुबाहक बस शुक्रबार साँढे ४ बजे पथलैया-निजगढ खण्डको १४ किलोमा पल्टँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट,चन्द्गनिगाहपुरकी चन्द्रकुमारी कार्की,राउत तथा ठेगान नखुलेका कन्हैया हरिजन छन्। अन्य तीनको सनाखत हुन सकेको छैन। दुई जनाको घटनास्थलमै,चार जनाको उपचारका क्रममा निजगढमा र एकको वीरगञ्जमा

Friday, July 9

अपहरित डाक्टर १६ दिनसम्म उपत्यकामै>>>>>>

धरौटीमा छाडिएको आपराधिक गिरोह संलग्न-

केपी ढुंगाना, काठमाडौं, असार २५- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरणकारीले १६ दिनसम्म काठमाडौंमै राखेको तथ्य प्रहरीले फेला पारेको छ। अपहरणको डेढ महिनापछि बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा जेठ ५ देखि २१ साँझसम्म श्रेष्ठलाई सामाखुसी र चन्डोलमा राखिएको उल्लेख छ।अपहरणकारीले उनलाई प्रहरी प्रधान कार्यालयको पाँच सय मिटर वरपर राखेको सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार अपहरणको दोस्रो दिन भारतीय नम्बर

Wednesday, July 7

जता भीड, उतै मोबाइल टावर

काठमाडौं, असार २३- धेरै भीडभाड भएको ठाउँ वरिपरि मोबाइल टेलिफोनबाट कुराकानी हुनसक्नु भनेको ठूलो जीत हात लागे सरह हुन्छ। अझ जुलुश र आमसभा भएको ठाउँमा टेलिफोन लाग्दै लाग्दैन। लागिहाले पनि कुराकानी नबुझिने, बीचमै काटिनु सामान्य भैसकेको छ।

Tuesday, July 6

एक महिनामा ३४ पटक बन्द/हड्ताल, २१३ मोटरसाइकल चोरिए >>>>

काठमाडौं, असार २१ (नागरिक)
 जेठमा मात्र देशभर ३४ पटक बन्द हडताल भएका छन्। यसैगरी धर्नाका घटना ४८ वटा, तालाबन्दी ४३ वटा, चक्काजाम ५७ वटा र विरोध जुलुस १ सय ३५ पटक भएको जानकारी प्रहरीले दिएको छ। त्यसैगरी यही महिनामा २ सय १३ मोटरसाइकल हराए। प्रहरी प्रधान कार्यालयलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो महिनामा सबैभन्दा बढी बन्द/हडताल

Monday, July 5

दोलखामा नकाप धारी लुटेरा>>>>>

चरिकोट, असार २१-
दोलखाको भिमेश्वर नगरपालिका १३ साखिनेस्थित एक घरमा लुटपाट गर्न गएको अज्ञात नकाबधारी समूहले गएराति एकै घरका चार जनालाई छुरी प्रहार गरी घाइते बनाएको छ। भिनपा १३ स्थित माने नजिक रहेको शान्तिमाया तमाङको घरमा लुटपाट गर्न गएको नकाबधारीको समूहले शान्तिमाया, उनकी १७ वर्षीया छोरी बिष्णुमाया, र सासु ७० वर्षीया कान्छिमाया र कान्छी छोरी १५ वर्षीया बिनु तमाङलाई

श्रीमतीको मन पगाल्ने तरिका>>>>

- कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस्
- हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा
 सर्‍याइदिनूस् ।
- आफ्ना साथीभाइसित
परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् ।


बस दुर्घटनामा २४ बढी घाइते


भक्तपुर, असार २० 
 तेलकोट बाट काठमाण्डौ जाँदै गरेको बा २ ख ४६६२ नम्बरको यात्रु बाहक बस भक्तपुरको खरिपाटी स्थित लप्टन डाडाँमा दुर्घटना भएको छ।यात्रुले भरिएको बस सडकबाट १०० फिट तल भिरमा खस्दा २४ भन्दा बढी यात्रु घाइते भएका छन्। घाइते मध्ये ९ जना गम्भिर छन्। गम्भिर भएकाहरुलाइ बि एण्ड बि तथा काठमाण्डौ मेडिकल शिक्षण अस्पताल लगिएको छ।गम्भिर घाइते हुनेमा तेलकोटका स्थानीय संगिता गैतम, सानुबावु लामिछाने

एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या

महेन्द्रनगर, असार २०
 एसएलसीमा अनुत्तीर्ण भएपछि यहाँकी एक छात्राले आत्महत्या गरेकी छिन्। महेन्द्रनगर उच्च माविबाट परीक्षा दिएकी भीमदत्त नगरपालिका–१८ की १६ वर्षीया सरोज जोशीले शनिबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।शुक्रबार साँझ परीक्षाफल प्रकाशित भए पनि जोशीले शनिबार दिउसोमात्र थाहा पाएकी थिइन्। दिनभर तनावमा रहेकी उनले सल्फास खाएकी थिइन्। तर उनका परिवारजनले सल्फास खाएको ढिला थाहा पाएका थिए। उनको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। 

go up