Saturday, July 24

लोक गायक राजुको चाला>>>>

काठमाडौं, साउन ७
मदिरा सेवन गरी पसल तोडफोड गरेको अभियोगमा लोक गायक राजु परियार पक्राउ परेका छन्। बिहीबार बेलुका नयाँ बसपार्कमा रहेको पसल तोडफोड गरेको तथा पक्राउ गर्न गएका प्रहरीमाथि हातपात गरी भ्यान तोडफोड गरेको अभियोगमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले उनलाई पक्राउ गरेको हो।

Thursday, July 22

सभासद्द्वारा आत्महत्याको प्रयास

५ साउन, काठमाडौं ।
 नेकपा मालेकी सभासद् शारदा नेपालीले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् ।प्रधानमन्त्रीको निर्वाचनका लागि व्यबस्थापिका संसद जुटिरहरको बेला बुधवार उनले विष सेवान गरेर आत्म हत्याको प्रयास गरेकी हुन् ।
अहिले उनको राजधानको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ । उनले विष सेवन गर्नुको कारण भने खुल्न सकेको छैन । नेपाली बर्दियाबाट मालेकी समानुपातिक सभासद् हुन् ।

go up