Wednesday, July 28

विमान दुर्घटनामा १ सय ५२ वेपत्ता>>>>>>


इस्लामावाद, श्रावण १२
 कराचीबाट इस्लामावादतर्फ जादै गरेको एयर ब्लू कम्पनीको विमान बुधबार दुर्घटना हुदा चालक दलका ६ सदस्य सहित १ सय ५२ जना वेपत्ता भएका छन् । उक्त विमान मारगाला पहाडमा दुर्घटनाग्रस्त भएको हो । खराब मौसमका कारण विमान पहाडमा ठोक्किएको एजेन्सीहरुले जनाएका छन् ।उक्त विमान कम्पनीले खाडी देश तथा बिट्रेन र आन्तरिक उडान भर्दै आएको छ । स्थानीयले मारगाला पहाडी क्षेत्रमा धुवा उडेको देखेका स्थानीय अधिकारीले जनाएका छन् ।दुर्घटनास्थल सम्म पुग्न सडक नभएकाले उद्धारमा कठिन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

नागरिकता लिन चर्पी बनाउनुपर्ने !>>>>

कालिकोट, साउन १२- अब कालिकोटका बासिन्दाले नागरिकता लिनका लागि घरमा चर्पी बनाउनै पर्ने भएको छ। जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुसार नागरिकता लिन चर्पी भए नभएको सिफारिस आवश्यक पर्ने प्रावधान राखिएको छ। गत वर्षको जिल्ला परिषद्ले पारित गरेको सरसफाइसम्बन्धी ११ बुँदे घोषणापत्रमा कर्मचारी तथा राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको घरमा अनिवार्य चर्पी हुनुपर्ने उल्लेख गरिएको छ।

Sunday, July 25

हाम्रा हरिया डांडा >>>>>

लेले, (ललितपुर) साउन ९-एक्साभेटर र डोजरको अति प्रयोगले ललितपुरका लेले र नल्लु गाविसका हरिया डाँडा बिस्तारै हराउँदै गएका छन्। आसपासका बस्ती कुरूप मात्र भएका छैनन्, वातावरणीय समस्यासमेत देखिएको छ। खानीले अनुमति पाएभन्दा धेरै उत्खनन गरिरहे पनि सरकारी अनुगमन निकाय चुपचाप छन्। ठाउँ ठाउँमा पहिरो गएको छ। नख्खु खोला मिचिएको छ भने पानीको साटो लेदो बगिररहेको छ।

go up