Saturday, August 14

साइट ब्लक<>>>>

काठमाडौ, श्रावण २८ २०६७ ०९:२४ - इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।
अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट ुब्लकु गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ ।

मोबाइल र महिला>>>>>>

वर्तमान समय फेसनको चमकदमकमा हिँडेको छ । हरेक मानिस फेसनप्रति सचेत  हुन थालेका छन् । पहिले पहिरनलाई मात्र फेसनका रूपमा बुझ्ने नेपाली समाज क्रमशः एडभान्स हुँदैछ । त्यसो त कतिपय आवश्यकता नजानिँदो तबरले फेसन बनिरहेका हुन्छन् । कुनै समय थियो जतिबेला मोबाइल फोन हाइ- हेल्लोका लागि मात्र प्रयोग गरिन्थ्यो तर अहिले समय बदलिएको छ । संसार यसैभित्र अटाउने प्रविधि थपिदै छन् । सामाजिक प्रतिष्ठाका रूपमा परिचित मोबाइल अहिले आममानिसको आवश्यकता बनेको छ । पछिल्लो प्रविधिले यसलाई अझ फराकिलो र सम्पन्न बनाउँदै लगेको छ ।

Tuesday, August 10

लोडसेडिङ समय घट्यो

काठमाडौं, साउन २४ (नागरिक)- एक सातादेखि दैनिक ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा आजदेखि त्यो घटेर पहिलेकै समयमा झरेको छ। जसअनुसार अब दैनिक २ घन्टामात्र लोडसेडिङ हुनेछ। नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी ए जलविद्युत् परियोजनामा मर्मत सम्भारका लागि भनेर लोडसेडिङको समय बढाएको थियो.यही बेला नगरी नहुने भएकाले लोडसेडिङ समय थपेर भए पनि मर्मत कार्य गर्न बाध्य भएको प्राधिकरणले स्पष्टीकरण दिएको थियो। अहिले यो कार्य पूरा भएकाले पुरानै समयमा लोडसेडिङ झारिएको उसको भनाइ छ।

go up