Friday, November 5

विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति

काठमाडौँ, कात्तिक १८ 
 विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरुको सूचिको शीर्ष स्थानमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चिनियाँ राष्ट्रपति हु जिन्ताओले उछिनेका छन्। गत वर्षको सूचिमा ओबामा पहिलो स्थानमा थिए।अमेरिकी म्यागेजिन फोर्ब्सले निकालेको सूचिमा पृथ्वीका ६ अर्ब ८० करोडमध्ये ६८ सबैभन्दा शक्तिशालीको नाम रहेको छ।सूचिका लागि फोर्ब्सले विभिन्न उपाय अपनाएको बताएको छ। सम्पतिमात्र मापन गरिएको छैन जसका कारण अर्बपतिहरु पनि सूचिबाट हटेका छन्। यी त्यस्ता व्यक्ति हुन्, जसले विश्वलाई आफ्नो इच्छामा घुमाउने शक्ति राख्छन्- फोर्ब्सले भनेको छ।'विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशका महत्त्वपूर्ण राजनीतिक नेता र विश्वको कूल जनसंख्याको पाँच भागको एक भागमाथि झण्डै तानाशाही नियन्त्रण कायम गर्ने शक्ति भएको' भन्दै फोर्ब्सले ६७ वर्षीय जिन्ताओलाई सबैभन्दा शक्तिशाली व्यक्ति भएको बताएको छ।अमेरिकी राष्ट्रपति बाराक ओबामा दोस्रो स्थानमा झर्नुको कारण फोर्ब्सले लेखेको छ- भर्खरैको सम्पन्न

Wednesday, November 3

फेसबुकबाट होशियार

काठमाडौं, (दैनिकी)
इंटरनेटबाट ठग्ने मानिसहरूले बिभिन्न तरिकाबाट मानिसहरूलार्इ ठग्ने गरेको खुलासा भएको छ। हालै यस्ता ठगहरूले शुरूमा फेशबुक जस्ता सामाजिक नेटवर्किग वेभसाइटहरूमा मानिसहरूसंग दोस्ती बढाउन थालेका छन। त्यस पछी यस्ता साथीहरूको इमेल ह्याक गरेर उनीहरूको सबै साथीहरूको इमेल पत्ता लगाउने गर्दछन्।


Tuesday, November 2

१५ औं पटक पराजित


काठमाडौं, कार्तिक १५ - प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेल सोमबार १५ औं पटक पराजित भएका छन् । निर्वाचनमा पौडेलको पक्षमा ९६, विपक्षमा २ मत परेको थियो ।१२९ सभासद् उपस्थित मतदान प्रक्रियामा ३१ सभासद् तटस्थ बसेका थिए ।प्रधानमन्त्री चयनका लागि पुनः १६ औं चरणको निर्वाचन कात्तिक १८ गते दिउँसो ३ बजे हुने छ ।५ सय ९९ सदस्यीय सदनमा बहुमत भन्दा बढि स्थान ओगट्ने माओवादी र एमाले मतदानमा भाग नलिने पूर्व निर्णयमा अडिग रहेकाले पौडेलको हार निश्चित थियो ।

go up