Wednesday, November 30

मानिसहरु शरीरको वजन घटाउने सबैभन्दा असल उपाय


डायटिङ भन्ने बित्तिकै प्राय: मानिसहरु शरीरको वजन घटाउने सबैभन्दा असल उपाय खाना कम खाने तथा व्यायामसँगै गर्ने भन्ने बिचार गर्छन, तर हालै हार्वर्ड बिश्वबिद्यालयको रिसर्चकर्ताहरुको टोलीले मोटापा घटाउने तथ्य सबैभन्दा असल उपाय पहिले व्यायाम गर्नु नै हो भनि पत्ता लगाएका छन् ।
शारिरीक गतिबिधि र खाने बानी बिच मिगुयल अलोंसो रिसर्चटोलीहरुका अनुसार एक-आपसमा गहिरो सम्बन्ध भएको बताउछन् ।
वजन घटाउनको लागि डेटाको बिश्लेषण अनुसार यो साबित भएको छ कि नियमित शारिरीक व्यायामका साथै खानाको पनि उत्तिकै जरुरी रहन्छ ।भला कि यदि तपाई व्यायामले शारिरीक वजन र खानको मेन्यु मिलाउन सक्नु भयो भने सफलतापूर्वक शरीरको वजन घटाउन सक्नु हुन्छ । साथै रिसर्चटोलीका अनुसार समय मिलाएर सधै व्यायाम गर्नाले शरीरमा बढी भएका बोसो मोटापा निष्कासन गर्न सकिन्छ ।

Tuesday, November 29

१८ बर्षसम्म नङ नकाँटी बिश्व रेकर्ड...

अमेरिकाको एकजना महिला गायक जसले १८ बर्षसम्म नङ नकाट्नुले एउटा अचम्मको बिषय बन्न पूगेको छ । २९ तातिख इङ्ल्याण्डको दैनिकपत्रिका डेली मेइल अमेरिकाको नेबादा र क्यालिफोर्निया शहरबाट दचिस भन्ने नाउँले गायन क्षेत्रमा रहेकी क्रिस वल्थन बर्ष ४५ कि १८ बर्ष सम्म लगातर नङ पालेको बताएकि छिन । उनको त्यो नङ ६ मिटर संसारकै लामो नङ आउने २०१२ मा गिनिजबूक मा नाउँ लेखाउने बिचार समाचारमा जनाएकि छिन । वल्थन १८ बर्ष अगाडि नङ काट्ने काम बन्द गरिन तर उनका पाँच छोरा छोरीहरु लाई खाना बनाउने , लुगा धुने , कम्प्युटर चलाउने , पियानो प्रयाक्टिस् सम्म गर्नलाई कुनै अफ्ठ्यारो नभएको बताउछिन । त्यस नङले आफ्नो जिबनशैलीमा कुनै समस्या नभएको बताउने उनि १४ बर्षको उमेर बाट गायन क्षेत्रमा लागेकि उनले नयाँ एल्बमको निकाल्ने तर्खरमा छिन ।

गजल....

बाच्नकै लागी कोही लेख्छन गजल यहा
नाच्नकै लागी कोही लेख्छन गजल यहा

सीर्जना शक्ति के मेरो कम छ र ?
जाच्नकै लागी कोही लेख्छन गजल यहा
...
सोख धेरैको बिधा पिच्छे आफ्नो-आफ्नै अभिलेख
रच्नको लागी कोही लेख्छन गजल यहा

शोसक,सामन्तीको झाँगीएको जन्जीर
भाच्नको लागी कोही लेख्छन गजल यहा

Tuesday, November 22

गजल.....

सांझ बढ्यो मात चढ्यो, आवारा भए गल्लीहरु
न्यानो काख खोज्नेलाई, सर्बहारा भए गल्लीहरु।।


छुक छुक प्रभात सगै, राता, सेता,हरिया,पहेंला
दुई छाक टार्नेलाई ,सहारा भए गल्लीहरु।।

संसार मोहमा लिप्त भई, परिक्षा ठुलै दिनुपर्दा
दिनदहाडै भिड माझ, ज्यानमारा भए गल्लीहरु।।

शिर धेरै  बटुलिई,मेरै ठुला, बात मार्ने
आफ्नो जस्तै लाग्ने ,ढुङ्गेधारा भए गल्लीहरु।।
                                               
                              जितु बि.क द.कोरिया
 (  दोङदेमुन स्टेसन देखी AAMI   चर्च सम्मको
                गल्लीमा हुने घटना करम लाई बिषय मनेर)

Wednesday, September 14

जनजाति अगुवाहरुको प्रोफाइल

रुपन्देहीमा क्रियाशिल जनजाति अगुवाहरुको प्रोफाइल तयार गरिने भएको छ । बिभिन्न क्षेत्रमा क्रियाशिल जनजातिहरुको  सामाजिक योगदानलाई कदर गर्दै प्रतिबिम्ब नामक प्रोफाइल तयार गर्न लागिएको हाम्रो अभियानका संयोजक यम रानाले जानकरी गराउनु भयो । प्रोफाइलमा जिल्ला देखि गाउँ तहसम्म क्रियाशिल सामाजिक कार्यकर्ताहरुलाई सहभगी गराइने बताईएको छ । उक्त अभियानलाई सहयोग गर्न सम्पूर्णमा आग्रह गरिएको छ । साथै प्रोफाइल प्रकाशन सकिएपछि छात्रवृति संचालन गरिने संयोजक रानाले बताउनुभयो ।

नवलपरासीको ज्यामिरेमा मृत्यु

भदौ २७ नवलपरासीको सुनवल ७ ज्यामिरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह ४ निवासी २५ बर्षीय जीवन अर्याल रहेको प्रहरीले जनाएको छ । नवलपरासीको सुनवलबाट लु ४ प १८१७ नम्बरको मोट्रसाईकलमा खैरेनी तर्फ आउँदै गर्दा उक्त दुर्घटना भएको नवलपरासी प्रहरीले जनाएको छ । दुर्घटना आफैंले गराएको वा कुनै गाडीले ठक्कर दिएको भन्ने खुल्न नसकेको सुनवल ट्राफिक प्रहरीले जनाएको छ । अर्यालको उपचारको क्रममा भरतपूर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ ।

करेन्ट लागेर मृत्यु

भिम गुरुङ (रेडियो देवदह):  रुपन्देहीको केरवानी ७ देवीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केरेवानी ७ देवीनगर निवासी ३५ बर्षीय श्याम प्रसाद मुसहर रहेको देवदह प्रहरीले जनाएको छ । देवदह र केरवानीको बिचमा पर्ने बंगाली खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मुसहरको मृत्यु भएको हो । माछा मार्न सिधैं मेनलाईनबाट हुक गरेर लगेको करेन्टबाट माछा मार्ने क्रममा करेन्ट लागेर   खोलामा नै उनको मृत्यु भएको स्थानियबासीले जनाएक छन ।

Wednesday, September 7

छैन यो कोरियामा

नेपालमा सोचेजस्तो छैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
 ज्यान फालेर कामगर्नु त्यो पनि १२ घन्टा
 कस्ले भन्छ छ भनेर चैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन कोरियामा  ।।
कुराको मात्र पौरखीलाई हैन रैछ यो देश त
 बग्छ पसिना पग्ले सरि मैन यो कोरियामा
 पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
कहिलेकाँहि लाग्छ मेरो देश नि यस्तै होस्
 बराबर छ सबैलाई ऐन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
                         - जितु
                    दक्षिण कोरिया (देवदह)

Monday, August 22

एकान्त प्रेमी एक्लै रुन्छ

कविता
रुन्छ उ एकान्तमा
 वेदना आँसू सँगै पिई दिन्छ
 हाँसो छैन उसको जिन्दगीमा
उदास भै एक्लै हिडिदिन्छ ,
कुन्नि कहाँ बिरायो उसले
आज पराजित भै आफैँसगँ
रुने भैगो एकान्त प्रेमी
कहिलेकाँही भन्भुनाउँछ आफैसँग
 भावनामा बग्छ ऊ
कल्पनामा रमाउँछ
 सपनीमा हाँस्छ ऊ
बिपनीमा रुन्छ,
 एकान्त प्रेमी एक्लै रुन्छ
जीवन भोगाईका गोरेटाहरु सम्झन्छ
अनि
 एकान्त प्रेमी एक्लै रुन्छ                                    
       The Help                         - गणेश (बिवश) कालिकोटे
                                                  दक्षिण कोरिया

Saturday, August 20

कोरियाको समुद्र अनि नेपाली कामदार >>>>

पहाडी मुलुक नेपालले समुद्रलाई छोएको छैन । समुद्रको बसाइसम्बन्धी ज्ञान नभएका नेपालीलाई एक्कासि समुद्रमा लगेर काम गराउँदा पहिले सामुदि्रक हावाको चाप नेपालीको शरीरले थेग्न सक्दैन, परिणामस्वरूप रिँगटा लाग्ने, वाकवाकी आउनेजस्ता समस्या देखिन्छन् । जसरी बढी उचाइमा पुग्दा लेक लाग्छ, त्यसैगरी समुद्रमा काम गर्दा समुद्र लाग्छ । अर्को कुरा नेपालबाट कोरिया आएका अधिकांश नेपाली भर्खरै विश्वविद्यालयको पढाइ सकेका वा पढ्दै गरेका विद्यार्थी छन् । तीमध्ये अधिकांश लाउन-खान पुग्ने परिवारकै सदस्य छन्, जसलाई कडाभन्दा कडा मिहिनेत गर्ने बानी परेको हुँदैन ।

Thursday, August 4

कोरीया अझै लगातर बर्षा,,,,

सऊल
मानिसको जीवनमा नभै नहुने एक महत्वपूर्ण चिजको रुपमा हामी पानीलाई मान्दछौं । हामीले पानीलाई बिभिन्न तरिकाले उपभोग गर्दछौं । जस्तै नुहाउने , पिउने , धुने , सफा गर्ने , सिंचाई गर्ने , बिजुली उत्पादन गर्ने ,कोठा तताउने जस्ता काममा प्रयोग गर्दछौं । त्यस्तै पानी आउने स्रोत पनि बिभिन्न छन । मूलको पानी समुन्द्रको पानी खोलाको पानी अनेक छन ।

Thursday, July 28

कोरीयामा बर्षाका कारण ४७ को मृत्यु , १७ लापत्ता

 २०११।७।२८ बिहिबार
बर्षायाममा पानी पर्नु कुनै अचम्मको कुरा त होइन , तर आकाशबाट पर्ने पानीका बिभिन्न किसिमका रुप हुन्छन कति हामीले सिमसिमे बर्षा भन्छौ ,
कहिले त्यहि बर्षालाई झरि भन्छौ भने कहिले मुसल्धारे बर्षाका नामले चिन्दछौ । चीनी धेरै खाँदा तितो हुन्छ भने झै बर्षा पनि आवश्वयकता भन्दा बढी पर्यो भने त्यसलाई महामारीकै नाम दिइ कुनै बिपत्तिनै ठान्न बाध्य हुन्छौ । यसतो बिपत्तिले गर्दा मानिस जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसैले केहि समय अगाडीदेखि मुसलधारे बर्षाका कारण कोरीयामा जनजीवन अस्तव्यस्त भएको छ । अहिले सम्मको तथ्याङ्क अनुसार  ४७ जनाले ज्यान गुमाएका छन भने १७ जना लापत्ता भएका छन । कोरीयामा रहेका घर भत्किएका छन । हाइवेनै पानी नै पानी भएको छ बाटोमा गाडीहरु ६००० को संख्यामा गुड्दा गुड्दै रोकिन बाध्य भएका छन । अहिलेसम्म बर्षा ४००mm परेको  थियो  भने अझै  २५०mm पर्ने मौसम बिभागले जानकारी दिएका छन ।

Tuesday, July 26

बर्षाको कारण ....

बर्षायाममा पानी पर्नु प्राकृतिक नियम हो । तर बर्षाको कारण संसारमा दैनिक अनेक किसिमका घटना हाम्रा कानमा सुन्नमा आउछन  । यसतै कोरियामा पनि बिभिन्न घटनाहरु मद्धे पानीको काराण बर्षेनी धेरै घटना घटिरहेका हुन्छन् । कोरीयाका कति ठाँउमा धेरै बर्ष पुरानो बिजुलिका पोल सट भै फुटपाथमा रहेको अन्डरग्राउन्डको ढल छोपिने फलामको ढक्कनमा समेत करेन्टको प्रवाह भै १९ जनाको त ज्यान गैसकेको छ ।

Friday, July 8

यो महिनाको बाइबलको पद

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो ।कि आफ्नो एक्ले पुत्रलाई दिनुभयो ।  उहाँमाथि बिश्वास गर्ने प्रत्येक नाश नहोस तर अनन्त जीवन पाओस । युहन्ना ३:१६

ओलिम्पिक २०१८ दक्षिण कोरीया.....

हरेक मानिसलाई शारिरीक व्यायामको आवश्यक पर्दछ स्वस्थ हुनको लागि । यसैले होला , मानिसहरु हरेक किसिमका खेल खेल्ने गर्दछन । संसारमा हेर्ने हो भने सबैको मनमा रहेको बिश्व प्रशिद्ध खेल ओलम्पिक २०१८ मा दक्षिण कोरीयाले गर्ने भएको छ सौभाग्यनै भन्नु पर्छ । बिकाशक्रममा चरमचुलीमा पूग्दै गरेको दक्षिण कोरीया सन २०१८ को फेब्रुवरी महिनाको ९ तारिख देखि १७ दिन २५ तारिखसम्म हुनेभएको छ । दक्षिण कोरीयाको पर्यटकिय स्थान पुसानमा हुनेभएको छ ।

Wednesday, July 6

चिनमै फेरी आइ फोन ४ का लागि आफ्नै शरीर .....


चिनमै फेरी आइ फोन ४  का लागि आफ्नै शरीर दिन लाई पनि तयार ....आफ्नो तस्वीरको साथमा प्रोफाइल पनि राखेकी जलिंगझाउले टि्वटरमा लेखेकी छिन्- आइफोन-४ को लागी म आफ्नो भर्जिनिटी बेच्न तयार छु । उनको यस्तो पोस्टमा धेरैले गाली गरेका छन् । यद्पी उनीलाई यसबारे कुनै गुनासो छैन । जलिंगझाउ नामकी एक चीनिया युवतीले केवल आइफोन-४ को लागि आफ्नो शरिरको अफर गरेर इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । आइफोन किनिदिन गरेको अनुरोधलाई बुबाले अस्विकार गरेपछि यी युवतीले चीनिया  वबसाइटमा आफ्नो शरिरको अफर गरेकी हुन् ।

Saturday, July 2

चार आत्मिक नियमबारे सुन्नुभएको छ कि -

सारा जगत् प्राकृतिक नियमभित्र रहेजस्तै तपाईं र परमेश्वरको सम्बन्ध पनि आत्मिक नियमभित्र रहेको हुन्छ ।

परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ, यसैले उहासग तपाईंको जीवनको निम्ति उदेकको सुन्दर योजना छ ।

1.परमेश्वरको प्रेम
"परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहांले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहांमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्" -यूहन्ना ३:१६ ।

परमेश्वरको योजना
येशू ख्रीष्ट भन्नुहुन्छ - "म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आए" -युहून्ना १०:१० ।

तर मानिसहरूमा किन यस्तो प्रशस्तको जीवन छैन - किनभने...

 मानिस पापी छ, यसैले ऊ परमेश्वरदेखि अलग भएको छ । पापैको कारण उसले परमेश्वरको प्रेम र योजना चाल पाउन सक्तैन ।

Thursday, May 12

२१ औँ पटक सगरमाथा आरोहण>>>>>>


 काठमाडौँ, वैशाख २८- आपा शेर्पाले २१ औँ पटक सगरमाथा आरोहण गरी आफैले राखेको विश्व कीर्तिमान तोडेका छन्। उनी आज बिहान सवा ९ बजे सगरमाथाको शिखरमा पुगेको एसियन ट्रेकिङ कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले बताए। सगरमाथा आधार शिविरमा पर्यटन मन्त्रालयका सञ्चार अधिकारीका रुपमा रहेका तिलक पान्डेले यसको पुष्टि गरेका छन्। 


नाम्चे गाविसस्थित थामे निवासी ५१ वर्षीय शेर्पाले ११ औँ पटकदेखि सगरमाथा आरोहणमा आफ्नो कीर्तमान आफैले तोड्दै आएका हुन्। उनीसँगै ४ नेपाली, एक स्वीस र एक अमेरिकीले सगरमाथा आरोहण गरेका हुन्। हिजो राति १० बजेदेखि ७ हजार नौ सय मिटरको उचाइमा रहेको सगरमाथाको अन्तिम आधार शिविरबाट यात्रा थालेका उनले आज बिहान सगरमाथा शिखरमा पाइला टेकेका हुन्। 





आपाका सगरमाथा आरोहण
पहिलो १० मे, १९९०
दोस्रो ८ मे, १९९१
तेस्रो १२ मे, १९९२
चौथो ७ अक्टोबर, १९९२
पाँचौँ १० मे, १९९३
छैठौ १० अक्टोबर, १९९४
सातौँ १५ मे, १९९५
आठौँ २६ अक्टोबर, १९९९
नवौँ २० मे, १९९८
दसौँ २६ मे, १९९९ विश्व कीर्तिमान
एघारौँ २४ मे, २००० विश्व कीर्तिमान
बाह्रौँ १६ मे, २००२ विश्व कीर्तिमान
तेह्रौँ २६ मे, २००३ विश्व कीर्तिमान
चौधौँ  १७ मे, २००४ विश्व कीर्तिमान
पन्ध्रौँ ३१ मे, २००५ विश्व कीर्तिमान
सोह्रौँ १९ मे, २००६ विश्व कीर्तिमान
सत्रौँ १६ मे, २००७ विश्व कीर्तिमान
अठारौँ २२ मे, २००८ विश्व कीर्तिमान
उन्नाइसौँ २१ मे, २००९ विश्व कीर्तिमान
बीसौँ २१ मे, २०१० विश्व कीर्तिमान
एक्काइसौँ  ११ मे, २०१० विश्व कीर्तिमान

Tuesday, May 10

दुर्घटना तीन जनाको मृत्यु

रुकुमको खलङ्गाबाट दाङको तुलसीपुरतर्फ गइरहेको एउटा यात्रुवाहक बस आज बिहान रुकुमको मुरु गाविसस्थित डाँगिमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ, वैशाख २७- रुकुमको खलङ्गाबाट दाङको तुलसीपुरतर्फ गइरहेको एउटा यात्रुवाहक बस आज बिहान रुकुमको मुरु गाविसस्थित डाँगिमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा  ६१ जना घाइते भएका छन्। घाइते मध्ये १७ जना सिकिस्त छन्।   सुरुमा पाँच जनाको मृत्यु भएको खबर आए पनि पछि घटनास्थलमा पुगेको प्रहरीले तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। रुकुम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर श्रेष्ठका अनुसार घाइते १७ जनालाई सदरमुकाम सल्लेमा रहेको जिल्ला अस्पताल लगिएको छ।  मृतकहरुको सनाखत हुन सकेको छैन।
रा १ ख ३६५ नम्बरको बस गाडी मोड्ने क्रममा ब्याक गर्न खोज्दा अनियन्त्रित भई ५ मिटर तल सिम्रुतु खोलामा खसेको थियो। प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए।
बसका चालक र कर्मचारी दुर्घटनापछि फरार भएका छन्। nagriknews

Saturday, April 2

११५०० डलरको प्लाष्टिक सर्जरी

अ मेरिकामा आँखाको सर्जरी गर्दा सर्जरी त भयो तर आँखानै बन्द नहुने भएको छ । अ मेरिकाकि  यि महिला आँखाको सर्जरी गर्दा ११५००० डलर सम्म दिएको बताउछिन् । अ मेरिकाकि मारिलिन रेयेस नाम गरेकि यि महिला आफुले खेल्ने गरेको टेनिस , पौडी , घोडचडी , साइकिलिङ ,स्केटिङ, गर्न नसक्ने उनले बताएकि छिन । संजय कोरीया

Friday, February 25

न्यूजिल्याण्डमा भुकम्प........

एक्लो साथीको साथी कोरीयामा.......

मानिस एक यस्तो प्राणी हो जो एकलो रहन सक्दैन त्यसैले होला मानिसलाई सामाजिक प्राणी भनिएको ..... त्यस्तै आज मानिस एक्लो रहन बाध्य भैरहेको छ.......... यसैलाई मध्यनजर् गर्दै कोरीयाको एक सिरानी उधोगले बजारमा ल्याएको एक सिरानी ..............

go up