Tuesday, May 10

दुर्घटना तीन जनाको मृत्यु

रुकुमको खलङ्गाबाट दाङको तुलसीपुरतर्फ गइरहेको एउटा यात्रुवाहक बस आज बिहान रुकुमको मुरु गाविसस्थित डाँगिमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ, वैशाख २७- रुकुमको खलङ्गाबाट दाङको तुलसीपुरतर्फ गइरहेको एउटा यात्रुवाहक बस आज बिहान रुकुमको मुरु गाविसस्थित डाँगिमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा  ६१ जना घाइते भएका छन्। घाइते मध्ये १७ जना सिकिस्त छन्।   सुरुमा पाँच जनाको मृत्यु भएको खबर आए पनि पछि घटनास्थलमा पुगेको प्रहरीले तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। रुकुम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर श्रेष्ठका अनुसार घाइते १७ जनालाई सदरमुकाम सल्लेमा रहेको जिल्ला अस्पताल लगिएको छ।  मृतकहरुको सनाखत हुन सकेको छैन।
रा १ ख ३६५ नम्बरको बस गाडी मोड्ने क्रममा ब्याक गर्न खोज्दा अनियन्त्रित भई ५ मिटर तल सिम्रुतु खोलामा खसेको थियो। प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए।
बसका चालक र कर्मचारी दुर्घटनापछि फरार भएका छन्। nagriknews

No comments:

go up