आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Saturday, July 02, 2011

चार आत्मिक नियमबारे सुन्नुभएको छ कि -

सारा जगत् प्राकृतिक नियमभित्र रहेजस्तै तपाईं र परमेश्वरको सम्बन्ध पनि आत्मिक नियमभित्र रहेको हुन्छ ।

परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ, यसैले उहासग तपाईंको जीवनको निम्ति उदेकको सुन्दर योजना छ ।

1.परमेश्वरको प्रेम
"परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहांले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहांमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्" -यूहन्ना ३:१६ ।

परमेश्वरको योजना
येशू ख्रीष्ट भन्नुहुन्छ - "म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आए" -युहून्ना १०:१० ।

तर मानिसहरूमा किन यस्तो प्रशस्तको जीवन छैन - किनभने...

 मानिस पापी छ, यसैले ऊ परमेश्वरदेखि अलग भएको छ । पापैको कारण उसले परमेश्वरको प्रेम र योजना चाल पाउन सक्तैन ।


2.मानिस पापी छ
"सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन्" -रोमी ३:२३ ।

मानिस परमेश्वर संगै रहन भनी सिर्जिएको हो, तर मानिसले आफ्नै एकोहोरो इच्छामा मनपरि गरिहिड्यो । परमेश्वरको होइन, तर आफ्नै स्वार्थपूर्ण गर्ने बाटो चुन्यो । यसैले ऊ परमेश्वरको संगतिदेखि अलग हुनुपर्‍यो । आफ्नै स्वार्थ र अहंपनाले नै मानिसलाई साँचो परमेश्वरप्रति बिद्रोही र लापरवाही बनाउँ छ । यसैलाई बाइबलले पाप भन्दछ ।

मानिस परमेश्वरदेखि अलग भएको छ
"पापको ज्याला मृत्यु हो ।" -मृत्यु भनेको परमेश्वरदेखि अलग हुनु हो । रोमी ६:२३ ।

परमेश्वर पवित्र हुनुहुन्छ अनि मानिस पापी छ । दुवैलाई पापको गहिरो खाडलले अलग गराएको छ । आफ्नै बल, दर्शन, असल जीवन र नीतिले परमेश्वरसम्म पुग्ने प्रशस्तको जीवन पाउने प्रयास मानिसले गरिरहेको छ, तर अझ पनि पाउन सकेको छैन ।

तर कसरी पाउने यसको हल हामीलाई तेस्रो नियमले दिदछ । 

3. मानिसको पाप छुटकारा येशू ख्रीष्टमा मात्र छ । त्यसबाहेक परमेश्वरले अरू कुनै उपाय दिनुभएको छैन । उहांमा भएर मात्र परमेश्वरको प्रेम र योजना तपाईं थाहा गर्न सक्नुहुन्छ ।

येशू ख्रीष्ट पुनरुत्थान हुनुभयो
"धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो औ धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहां पुनरुत्थान हुनुभयो औ केफासकउहां, अनि बाह्रैजनाकउहां देखा पर्नुभयो, त्यसपछि उहां एकैपल्ट पाच सयभन्दा बढ्ता मानिसकउहां देखा पर्नुभयो" -१ कोरिन्थी १५:३-६ ।

येशू ख्रीष्ट मात्र एउटा बाटो
येशूले तिनलाई भन्नुभयो, "बाटो र सत्य र जीवन म नै हु, मबाहेक अरू कोहीद्वारा पिताकउहां जान सक्तैन" -यूहन्ना १४:६ ।

परमेश्वर र हाम्रो बीच भएको पापको ठूलो खाडलले हामीलाई परमेश्वरबाट अलग गरेको थियो, तर अब उहांले येशू ख्रीष्टलाई पठाउनुभएर त्यस खाडलमाथि साँधु थाप्नुभएको छ । कारण येशू ख्रीष्ट हामी पापीहरूको साटो क्रूसमा मर्नुभयो ।

यी तीन नियम जानेर मात्र पुगेन...

 4.हामी प्रत्येकले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु भनी ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र हामी हाम्रो जीवनको निम्ति परमेश्वरको प्रेम र योजना थाहा पाउँछौ ।

हामीले येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा ग्रहण गर्नु आवश्यक छ ।
"जत्तिले उहांलाई ग्रहण गरे, उहांले तिनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो" -यूहन्ना १:१२ ।

विश्वासद्धारा हामी येशू ख्रीष्टलाई ग्रहण गर्र्छौ ।
"तिमीहरूले विश्वासद्वारा अनुग्रहबाट उद्धार पाएका छौ र यो त तिमीहरू आँफैबाट होइन, यो परमेश्वरको वरदान हो । कामबाट होइन, नत्रत कसैले घमण्ड गर्नेछ" -एफिसी २:८,९ ।

सबैले येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा ग्रहण गर्नुपर्छ ।
येशू ख्रीष्ट भन्नुहुन्छ, "हेर म ढोकामा उभिएर घच्घच्याउँछु, कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकउहां भित्र आउनेछु" -प्रकाश ३:२० ।

ख्रीष्ट येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दा येशूले गर्नुभएको दाबीहरूलाई ज्ञान र भावनाले स्वीकार गरेर मात्र पुग्दैन । येशूलाई ग्रहण गर्नुभनेको आफूलाई पापी मानिलिएर 'म' भन्ने अहंपनादेखि परमेश्वरतिर एकदमै र्फकनु हो । येशू ख्रीष्ट व्यक्तिगत जीवनमा प्रवेश गर्नुहुन्छ, सबै पाप र अधर्म क्षमा गर्नुहुन्छ अनि हामीलाई उहांको योजनाअनुसार बनाउनु हुन्छ भनी विश्वास गर्नु हो ।

यहां दिइएका दुई वटा चित्रले दुई थरीका मानिसको जीवनको प्रतिनिधित्व गर्छन् । आफ्नै अधीनको जीवन 


                                  म- आफु , आँफैले राज गरेको जीवन
                                       +- ख्रीष्ट, ख्रीष्ट येशू जीवनदेखि बाहिर

                                                  *- आफ्नो अधीनमा सिजिएको अनियोजित इच्छा र अभिलाषाहरू


ख्रीष्टको अधीनको जीवन

…- ख्रीष्ट, ख्रीष्टले राज गरेको जीवन
+- आफू, ख्रीष्टमा समर्पित
*- ख्रीष्टको अधीनमा सुनियोजित इच्छा र अभिलाषाहरू

तपाईंको अहिलेको जीवन कुन चित्रसं ग मेल खान्छ - तपाईंको जीवन कुन चित्रसं ग मिलेको तपार्इं चाहनुहुन्छ -
येशू ख्रीष्टलाई कसरी ग्रहण गर्ने यउहां बताइएको छ

विश्वाससाथ पर््रार्थना गरेर तपाईंले अहिले नै येशू ख्रीष्टलाई ग्रहण गर्नु सक्नुहुन्छ । (पर््रार्थना भनेको परमेश्वरसं ग बात गर्नु हो ।)
परमेश्वरले तपार्इंको हृदयको विचार जान्नुहुन्छ । उहांले व्यक्तिको बोलीमा होइन, तर हृदयको अवस्थामा रुचि राख्नुहुन्छ । तपार्इंले विश्वाससाथ यसरी पर््रार्थना गर्नुभए पनि हुन्छ :

"प्रभू येशू, मलाई तपाईंको खा“चो छ । म मेरो जीवनको ढोका खोल्दछु अनि तपाईलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्र्रहण गर्दछु । मेरो पाप क्षमा गर्नुभएका लागि धन्यवाद † अब मेरो जीवनलाई तपाईंले नै अधीन गर्नुहोस् र मलाई तपाईंले चाहे जस्तै तपाईंकै मनपर्दो बनाउनुहोस् । आमेन" ।

के तपार्इं पनि यसरी प्रार्थना गरेर ख्रीष्ट येशूलाई ग्रहण गर्न चाहनुहुन्छ -
चाहनुहुन्छ भने यो प्रार्थना दोहोर्‍याउनुहोस् । ख्रीष्ट येशू आफ्नो प्रतिज्ञाअनुसार तपाईंको जीवनमा आउनुहुन्छ ।

तपाईंको जीवनमा येशू ख्रीष्ट हुनुहुन्छ भनी कसरी थाहा गर्ने -
तपाईंले आफ्नो जीवनको ढोका खोलेर येशू ख्रीष्टलाई ग्रहण गर्नुभयो त - प्रकाश ३:२० - को प्रतिज्ञाअनुसार येशू ख्रीष्ट अहिले तपाईंको जीवनमा कउहां हुनुहुन्छ - येशूले भन्नुभएको छ - "म तिम्रो जीवनमा आउँ छु ।" यसरी प्रतिज्ञा गरेर उहांले हामीलाई धोका दिनुहुन्छ त - तब कसरी भन्न सक्नुहुन्छ, परमेश्वरले तपाईंको प्रार्थना सुन्नुभयो भनेर - -परमेश्वर र उहांका वचनमा विश्वास भएकोले ।

येशू ख्रीष्ट हूनेसग अनन्त जीवन छ
"परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, औ यो जीवन उहांको पुत्रमा छ, जससंग पुत्र हुनुहुन्छ त्यससंग जीवन छ, जससंग पुत्र हुनुहुन्न त्यससंग जीवन हुदैन । यी कुरा मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रमा विश्वास गर्नेहरूलाई लेखेको छु, कि तिमीहरुलाई अनन्त जीवन छ भन्ने तिमीहरूले जान" -१ यूहन्ना ५:११-१३ । परमेश्वरलाई धन्यवाद छ † ख्रीष्ट येशू तपाईंको जीवनमा हुनुहुन्छ, अनि उहांले तपार्इंलाई कहिल्यै छोड्नुहुन्न -हिब्रु १३:५ । उहां आफ्नो प्रतिज्ञाअनुसार तपाईंको जीवनमा हुनुहुन्छ अनि तपाईंसं ग अनन्त जीवन छ ।

भावनाचाहि ...

भावना र अनुभवमा भर नपर्नुहोस् ।
हाम्रो अधिकार त परमेश्वरको प्रतिज्ञाको वचन हो, भावना र अनुभव होइन । येशू ख्रीष्टका विश्वासीहरू परमेश्वर र उहांको वचनमा भरोसा राख्दछन् । यो रेलको चित्रमा सत्य -परमेश्वर र उहांको वचन, विश्वास -हाम्रो परमेश्वर र उहांको वचनमा भरोसा र भावना -हाम्रो अनुभव र प्रतिक्रिया को सम्बन्ध देखाइएको छ ।  

रेलको इञ्जिन यात्रीको डिब्बा लिएर अथवा नलिएर पनि हिड्न सक्छ । इञ्जिनले डिब्बातान्छ, डिब्बाले इञ्जिन तान्दैन । हामीले पनि भावना र अनुभवमा होइन, तर परमेश्वरको सत्यतामा विश्वास राख्नुपर्छ । भावना र अनुभव त विश्वासपछि आउने कुराहरू हुन् ।

तपाईंले येशू ख्रीष्टलाई ग्रहण गर्दा के के भयो ?
धेरै कुरा भएका छन्, तीमध्ये मुख्य चार कुरामा हामी विचार गरौ ।
क. येशू ख्रीष्ट तपाईंको जीवनमा आउनुभयो -प्रकाश ३:२०, कलस्सी १:२७ ।
ख. तपाईंको पाप क्षमा भयो -कलस्सी १:१४, २:१३ ।
ग. तपाईं परमेश्वरको सन्तान हुनुभयो -यूहन्ना १:१२, गलाती ३:२६ ।
घ. जुन ठूलो योजना र इच्छा राखेर परमेश्वरले तपाईंलाई सिर्जनुभयो, तपाईं त्यस योजनाअनुसार बढ्न लाग्नुभयो -यूहन्ना १०:१०, २ कोरिन्थी ५:१७ र १ थिस्सलोनिकी ५:१८।

परमेश्वरलाई ग्रहण गर्नुजस्ता ठूलो र उदेकको अरू कुरा हुनसक्छ र - तपाईंको निम्ति परमेश्वरले यस ठूलो कुरा गर्नुभएको लागि धन्यवाद दिन चाहनुहुन्छ त - परमेश्वरलाई धन्यवाद दिने काम नै हाम्रो उहांप्रतिको विश्वासको चिन्ह हो ।

येशू ख्रीष्टको विश्वासमा कसरी अघि बढ्ने -
ख्रीष्ट येशूमा विश्वास गरेर नै आत्मिक जीवनमा बढ्दै जान सकिन्छ । "धर्मात्मा त विश्वासबाटै जिउनेछ" - -गलाती ३:११ । विश्वास गरिएको जीवनले नै दिन-प्रतिदिन परमेश्वरमा भरोसा र आस्था राख्न सिकाउँ दछ । यसैले यी तलका कुराहरू अभ्यास गर्नुहोस् -

क. सधैं परमेश्वरसं ग प्रार्थना गर्नुहोस् -यूहन्ना १५:७ ।
ख. सधैं परमेश्वरको वचन पढ्नुहोस् -प्रेरित १७:११ ।
ग. सधैं परमेश्वरको आज्ञा पालन गर्नुहोस् -यूहन्ना १४:२१।
घ. ख्रीष्टको बारेमा आफ्नो जीवन र वचनले गवाही दिनुहोस् । -यूहन्ना १५:८ ।
ङ. जीवनको हरेक अवस्थामा परमेश्वरमा नै भरोसा राख्नुहोस् -१ पत्रुस ५:७ ।
च. पवित्र आत्माको नियन्त्रणमा आँफैलाई छाड्नुहोस् -गलाती ५:१६-१७, प्रेरित १:८ ।

विश्वासीहरूसितको संगतिको महत्त्व
हिब्रु १०:२५ मा हामीलाई परमेश्वरको वचनले यसरी भन्छ - "........हामी एक ठाउँ मा भेला हुनलाई नछाडौं ।" धेरै दाउराले आगो दन्केर बल्छ, तर बल्दै गरेको एउटा दाउरालाई थुतेर अलग राखे त्यो निभ्छ । ख्रीष्ट येशूका अरू विश्वासीहरूसितको तपाईंको सम्बन्ध पनि यस्तै हुन्छ । तपाईं विश्वासीहरूको संगतिमा हुनुहुन्न भने, संगति अथवा मण्डलीमा सम्भागी हुनलाई नढिलाउनुहोस् । येशू ख्रीष्टको ठीक सम्मान हुने र परमेश्वरको वचन प्रचार गर्ने नजीकैको विश्वासीहरूको संगतिमा आजदेखि जानुहोस् । त्यसै संगतिको अगुवासित सर्म्पर्क राखेर संगतिमा सधै गइरहने चाजो मिलाउनुहोस् ।



No comments:

Featured Post

नेपाल

  नेपाल, एक दक्षिण एसियाली देश हो, जसले भूतपूर्वीमा चीन, पश्चिममा भारत, दक्षिणमा भारत र पश्चिममा भूटानसँग साटो गरेको छ। यो एक संविधानिक संरच...

धेरै हेरिएको