आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Thursday, July 28, 2011

कोरीयामा बर्षाका कारण ४७ को मृत्यु , १७ लापत्ता

 २०११।७।२८ बिहिबार
बर्षायाममा पानी पर्नु कुनै अचम्मको कुरा त होइन , तर आकाशबाट पर्ने पानीका बिभिन्न किसिमका रुप हुन्छन कति हामीले सिमसिमे बर्षा भन्छौ ,
कहिले त्यहि बर्षालाई झरि भन्छौ भने कहिले मुसल्धारे बर्षाका नामले चिन्दछौ । चीनी धेरै खाँदा तितो हुन्छ भने झै बर्षा पनि आवश्वयकता भन्दा बढी पर्यो भने त्यसलाई महामारीकै नाम दिइ कुनै बिपत्तिनै ठान्न बाध्य हुन्छौ । यसतो बिपत्तिले गर्दा मानिस जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसैले केहि समय अगाडीदेखि मुसलधारे बर्षाका कारण कोरीयामा जनजीवन अस्तव्यस्त भएको छ । अहिले सम्मको तथ्याङ्क अनुसार  ४७ जनाले ज्यान गुमाएका छन भने १७ जना लापत्ता भएका छन । कोरीयामा रहेका घर भत्किएका छन । हाइवेनै पानी नै पानी भएको छ बाटोमा गाडीहरु ६००० को संख्यामा गुड्दा गुड्दै रोकिन बाध्य भएका छन । अहिलेसम्म बर्षा ४००mm परेको  थियो  भने अझै  २५०mm पर्ने मौसम बिभागले जानकारी दिएका छन ।

No comments:

Featured Post

नेपाल

  नेपाल, एक दक्षिण एसियाली देश हो, जसले भूतपूर्वीमा चीन, पश्चिममा भारत, दक्षिणमा भारत र पश्चिममा भूटानसँग साटो गरेको छ। यो एक संविधानिक संरच...

धेरै हेरिएको