Thursday, May 12

२१ औँ पटक सगरमाथा आरोहण>>>>>>


 काठमाडौँ, वैशाख २८- आपा शेर्पाले २१ औँ पटक सगरमाथा आरोहण गरी आफैले राखेको विश्व कीर्तिमान तोडेका छन्। उनी आज बिहान सवा ९ बजे सगरमाथाको शिखरमा पुगेको एसियन ट्रेकिङ कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले बताए। सगरमाथा आधार शिविरमा पर्यटन मन्त्रालयका सञ्चार अधिकारीका रुपमा रहेका तिलक पान्डेले यसको पुष्टि गरेका छन्। 


नाम्चे गाविसस्थित थामे निवासी ५१ वर्षीय शेर्पाले ११ औँ पटकदेखि सगरमाथा आरोहणमा आफ्नो कीर्तमान आफैले तोड्दै आएका हुन्। उनीसँगै ४ नेपाली, एक स्वीस र एक अमेरिकीले सगरमाथा आरोहण गरेका हुन्। हिजो राति १० बजेदेखि ७ हजार नौ सय मिटरको उचाइमा रहेको सगरमाथाको अन्तिम आधार शिविरबाट यात्रा थालेका उनले आज बिहान सगरमाथा शिखरमा पाइला टेकेका हुन्। 





आपाका सगरमाथा आरोहण
पहिलो १० मे, १९९०
दोस्रो ८ मे, १९९१
तेस्रो १२ मे, १९९२
चौथो ७ अक्टोबर, १९९२
पाँचौँ १० मे, १९९३
छैठौ १० अक्टोबर, १९९४
सातौँ १५ मे, १९९५
आठौँ २६ अक्टोबर, १९९९
नवौँ २० मे, १९९८
दसौँ २६ मे, १९९९ विश्व कीर्तिमान
एघारौँ २४ मे, २००० विश्व कीर्तिमान
बाह्रौँ १६ मे, २००२ विश्व कीर्तिमान
तेह्रौँ २६ मे, २००३ विश्व कीर्तिमान
चौधौँ  १७ मे, २००४ विश्व कीर्तिमान
पन्ध्रौँ ३१ मे, २००५ विश्व कीर्तिमान
सोह्रौँ १९ मे, २००६ विश्व कीर्तिमान
सत्रौँ १६ मे, २००७ विश्व कीर्तिमान
अठारौँ २२ मे, २००८ विश्व कीर्तिमान
उन्नाइसौँ २१ मे, २००९ विश्व कीर्तिमान
बीसौँ २१ मे, २०१० विश्व कीर्तिमान
एक्काइसौँ  ११ मे, २०१० विश्व कीर्तिमान

Tuesday, May 10

दुर्घटना तीन जनाको मृत्यु

रुकुमको खलङ्गाबाट दाङको तुलसीपुरतर्फ गइरहेको एउटा यात्रुवाहक बस आज बिहान रुकुमको मुरु गाविसस्थित डाँगिमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ, वैशाख २७- रुकुमको खलङ्गाबाट दाङको तुलसीपुरतर्फ गइरहेको एउटा यात्रुवाहक बस आज बिहान रुकुमको मुरु गाविसस्थित डाँगिमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा  ६१ जना घाइते भएका छन्। घाइते मध्ये १७ जना सिकिस्त छन्।   सुरुमा पाँच जनाको मृत्यु भएको खबर आए पनि पछि घटनास्थलमा पुगेको प्रहरीले तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। रुकुम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर श्रेष्ठका अनुसार घाइते १७ जनालाई सदरमुकाम सल्लेमा रहेको जिल्ला अस्पताल लगिएको छ।  मृतकहरुको सनाखत हुन सकेको छैन।
रा १ ख ३६५ नम्बरको बस गाडी मोड्ने क्रममा ब्याक गर्न खोज्दा अनियन्त्रित भई ५ मिटर तल सिम्रुतु खोलामा खसेको थियो। प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए।
बसका चालक र कर्मचारी दुर्घटनापछि फरार भएका छन्। nagriknews

go up