Thursday, July 28

कोरीयामा बर्षाका कारण ४७ को मृत्यु , १७ लापत्ता

 २०११।७।२८ बिहिबार
बर्षायाममा पानी पर्नु कुनै अचम्मको कुरा त होइन , तर आकाशबाट पर्ने पानीका बिभिन्न किसिमका रुप हुन्छन कति हामीले सिमसिमे बर्षा भन्छौ ,
कहिले त्यहि बर्षालाई झरि भन्छौ भने कहिले मुसल्धारे बर्षाका नामले चिन्दछौ । चीनी धेरै खाँदा तितो हुन्छ भने झै बर्षा पनि आवश्वयकता भन्दा बढी पर्यो भने त्यसलाई महामारीकै नाम दिइ कुनै बिपत्तिनै ठान्न बाध्य हुन्छौ । यसतो बिपत्तिले गर्दा मानिस जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसैले केहि समय अगाडीदेखि मुसलधारे बर्षाका कारण कोरीयामा जनजीवन अस्तव्यस्त भएको छ । अहिले सम्मको तथ्याङ्क अनुसार  ४७ जनाले ज्यान गुमाएका छन भने १७ जना लापत्ता भएका छन । कोरीयामा रहेका घर भत्किएका छन । हाइवेनै पानी नै पानी भएको छ बाटोमा गाडीहरु ६००० को संख्यामा गुड्दा गुड्दै रोकिन बाध्य भएका छन । अहिलेसम्म बर्षा ४००mm परेको  थियो  भने अझै  २५०mm पर्ने मौसम बिभागले जानकारी दिएका छन ।

Tuesday, July 26

बर्षाको कारण ....

बर्षायाममा पानी पर्नु प्राकृतिक नियम हो । तर बर्षाको कारण संसारमा दैनिक अनेक किसिमका घटना हाम्रा कानमा सुन्नमा आउछन  । यसतै कोरियामा पनि बिभिन्न घटनाहरु मद्धे पानीको काराण बर्षेनी धेरै घटना घटिरहेका हुन्छन् । कोरीयाका कति ठाँउमा धेरै बर्ष पुरानो बिजुलिका पोल सट भै फुटपाथमा रहेको अन्डरग्राउन्डको ढल छोपिने फलामको ढक्कनमा समेत करेन्टको प्रवाह भै १९ जनाको त ज्यान गैसकेको छ ।

go up