Wednesday, September 14

जनजाति अगुवाहरुको प्रोफाइल

रुपन्देहीमा क्रियाशिल जनजाति अगुवाहरुको प्रोफाइल तयार गरिने भएको छ । बिभिन्न क्षेत्रमा क्रियाशिल जनजातिहरुको  सामाजिक योगदानलाई कदर गर्दै प्रतिबिम्ब नामक प्रोफाइल तयार गर्न लागिएको हाम्रो अभियानका संयोजक यम रानाले जानकरी गराउनु भयो । प्रोफाइलमा जिल्ला देखि गाउँ तहसम्म क्रियाशिल सामाजिक कार्यकर्ताहरुलाई सहभगी गराइने बताईएको छ । उक्त अभियानलाई सहयोग गर्न सम्पूर्णमा आग्रह गरिएको छ । साथै प्रोफाइल प्रकाशन सकिएपछि छात्रवृति संचालन गरिने संयोजक रानाले बताउनुभयो ।

नवलपरासीको ज्यामिरेमा मृत्यु

भदौ २७ नवलपरासीको सुनवल ७ ज्यामिरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह ४ निवासी २५ बर्षीय जीवन अर्याल रहेको प्रहरीले जनाएको छ । नवलपरासीको सुनवलबाट लु ४ प १८१७ नम्बरको मोट्रसाईकलमा खैरेनी तर्फ आउँदै गर्दा उक्त दुर्घटना भएको नवलपरासी प्रहरीले जनाएको छ । दुर्घटना आफैंले गराएको वा कुनै गाडीले ठक्कर दिएको भन्ने खुल्न नसकेको सुनवल ट्राफिक प्रहरीले जनाएको छ । अर्यालको उपचारको क्रममा भरतपूर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ ।

करेन्ट लागेर मृत्यु

भिम गुरुङ (रेडियो देवदह):  रुपन्देहीको केरवानी ७ देवीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केरेवानी ७ देवीनगर निवासी ३५ बर्षीय श्याम प्रसाद मुसहर रहेको देवदह प्रहरीले जनाएको छ । देवदह र केरवानीको बिचमा पर्ने बंगाली खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मुसहरको मृत्यु भएको हो । माछा मार्न सिधैं मेनलाईनबाट हुक गरेर लगेको करेन्टबाट माछा मार्ने क्रममा करेन्ट लागेर   खोलामा नै उनको मृत्यु भएको स्थानियबासीले जनाएक छन ।

go up