Thursday, September 1

Migrant workers in south Korea

ई सेवन(E7) भिषा चेण्ज पहिला भन्दा सजिलो भएको छ । एउटा कुरा ट कोरियामा बैदेशिक नियम कानुनहरु परिवर्तन भैरहन्छन । २०१६ को जुलाई महिनाबाट परिवर्तनमा आएको ई सेवन (E7) भिषा अलि सजिलो भएको छ । मैले पहिला गरेको ई सेवनको पोष्ट र यो पोष्टमा केही फरक पाउनु हुनेछ ।
तपाईहरुलाई पुरि सानप र अरु सानप के रहेछ भन्ने कौतुहलता आज यो पोष्टबाट केही स्पष्ट हुनुहुनेछ ।

①१० बर्षभित्र म्यानुफेक्चरिङ(MANUFACTURING), निर्माण(CONTRUCTION) , कृषि AGRICULTURE), मत्स्यपालन (FISHING) सबैमा लागु हुने ४ बर्ष भन्दा अधिक भैसक्नु भएकोले ई सेवनमा परिवर्तन गर्न सक्नुहुनेछ ।

② पुरिसानपमा काम गर्दै आएको वा पुरिसानपमा १ बर्षभन्दा बढी काम गरेको अनुभव हुनुपर्ने ।
③ ३५ बर्षभन्दा कम उमेर हुनुपर्ने र ब्याच्लर(Bachelor) पास हुने पर्ने। तर पुरीसानप हुनेहरुको हकमा उमेर ४० बर्षभन्दा कम र प्लस २ पास गरेको भए हुनेभएको छ ।
④ आफ्नो काममा सक्षम कामदारको प्रमाणपत्र पाएको वा अन्तिम एक बर्षभित्र औषत कामदारको भन्दा अधिक तलब पाएको हुनुपर्ने ।
⑤ बर्षको तलब कम्तिमा २,४८० मान वन भन्दा अधिक हुनुपर्ने ।
पुरीसानपको हकमा लागु नहुने ।
⑥ टोपिक ३ लेवल र साहे थोङहाप ३ लेवल भन्दा माथि हुने पर्ने,
पुरीसानप हुनेहरुको २ लेवल टोपिक अथवा साहेथोङहाप २ लेवल माथि पास हुनुपर्ने ।
यसमा नबुझेको खण्डमा वा अझै बुझ्न चहानुहुनेहरुले माईग्रेण्ड सउलमा सम्पर्क गर्नु होला ।।। धन्यबाद

Wednesday, March 30

दक्षिण कोरियामा E ~7 (전문비자) भिसा प्राप्त गर्न पूरा गर्नु पर्ने नियमहरू :~
कोरिया अध्यागमन विभागले २०१४ बाट लागु गरेको E~9 भिसामा आउनु भएकाहरुका लागि पूरा गर्नु पर्ने सजिलो नियम यस प्रकार छन्।
(१) पूरी सानप (뿌리산업)बर्गको कम्पनीमा काम गर्नु हुने मजदुरको हकमा पुरी सानप भन्नाले फलाम संमन्धी काम पर्छन जस्तै पाईन हाल्ने काम, वेल्डीङ गर्ने काम , ग्रेन्डिङको काम , धातु पगाल्ने काम , गाडीको पार्ट पूर्जाको काम
(क) कोरियन भाषा परिक्षा टोपिक २ लेभल(토픽 2급이상) पास गरेको हुनु पर्ने
(ख) उमेर ३९ बर्ष ननाघेको हुनु पर्ने
(ग)कम्पनीमा ३ बर्ष काम गरेको हुनु पर्ने
(२ पुरी सानप बर्गको कम्पनी नहुनेहरूको हकमा
(क) Bachelor गरेको हुनु पर्ने
(ख) कोरियन भाषा परिक्षा टोपिक ३ लेभल पास गरेको हुनु पर्ने
(ग) उमेर ३५ बर्ष ननाघेको हुनु पर्ने
(घ) कम्पनीमा ४ बर्ष काम गरेको हुनु पर्ने
यी बुदाहरू बाहेक E ~7 भिसा प्राप्त गर्न सरदर मासिक तलब २० लाख वन हुनु पर्नेछ । आफूले काम गरेको कम्पनीको साहुले अनिबार्य रुपमा सहमति जनाउनु पर्नेछ । कम्पनीमा ५० जना कामदार भए १ जनाले मात्र E ~7 भिसा प्राप्त गर्न सक्नेछन । ( सय जना कामदार भए २ जनाले र ५० जना कम कामदार भए पनि १ जनाले E ~7 भिसा प्राप्त गर्न सक्नेछन )
पुन: कोरियन भाषा परिक्षा टोपिक पास् नगर्नु हुने कामदारको हकमा कोरियन सरकारले संचालन गर्ने '사회통합 프로그램' कक्षामा सहभागी भएर पढाई अबधि पूरा गरेको हुनु पर्नेछ ।
अन्य जानकारीका लागि सम्पर्क गर्नु होला।
संजय गुरुङ

go up