आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Thursday, January 29, 2026

मैले कोरियामा भोगेको कुरा (संजय गुरुङ )

 मानिसको जीवनमा यस्ता पीडाहरु हुन्छन्, जसलाई शब्दले कहिल्यै पूरा व्यक्त गर्न सक्दैन।
जीवनयात्रामा दुःख–कष्ट, अभाव, ऋण, रोग, धन–जनको हानि, चोरी–डकैती, प्राकृतिक विपत्तिजस्ता असंख्य परिस्थितिहरु अचानक आइपर्छन्। यस्ता क्षणहरुमा मनभित्र थुप्रिएका पीडामध्ये धेरै कुरा बाहिर पोख्न सकिँदैन, र मानिस मौन भएर आफ्नै पीडासँग बाँच्न बाध्य हुन्छ।

कहिलेकाहीँ समस्या व्यक्त गर्ने सामर्थ्य हुँदैन, त कहिले आर्थिक अभावकै कारण समस्या हुँदा साथी–संगी र परिवारका सदस्यहरु समेत टाढा जान्छन्। सम्बन्धहरु कमजोर बन्छन्, सम्पर्क टुट्छ, र विश्वास हराउँदै जान्छ। वरिपरि यस्ता मानिसहरु पनि हुन्छन्, जसमा न अरुलाई भरोसा गर्न सकिन्छ, न त आफैँलाई नै पूर्ण रुपमा विश्वास गर्न सकिन्छ। अझ दुःखद कुरा त के छ भने, कहिलेकाहीँ परिवारभित्रै—पति–पत्नी, छोरा–छोरी, बुवा–आमा, इष्टमित्रहरुबीच—समेत विश्वास कमजोर हुन्छ, सम्बन्ध चिसिन्छ, र दूरी बढ्दै जान्छ। यस्ता अवस्थाहरुले मानिसलाई गहिरो एक्लोपन र असहायपनको अँध्यारो खाडलमा धकेलिदिन्छ।

यस्तै एक घटनाले केही समयअघि मलाई अत्यन्तै स्तब्ध बनायो। नेपालबाट आएको एउटा खबरले मन भारी बनायो। करिब १८ वर्षदेखि नै परिवारसँग सम्पर्कविहीन रहनुभएका एक जना नेपालीको अवस्था अत्यन्तै दयनीय रहेको थाहा भयो। परिवारका कुनै सदस्यले कोरिया तथा नेपाल बाहिरको देशबाट फेसबुकमार्फत ती भाइ कोरियाको एक अस्पतालमा भर्ना भएको र खुट्टा काट्नुपर्ने गम्भीर अवस्थामा पुगिसकेको जानकारी पाउनुभएछ।

नेपालबाट एक जना दाजु मसँग सम्पर्कमा आउनुभयो र भारी मनले भन्नुभयो,
“कृपया कोरियाको अस्पतालमा बुझिदिनुस्।”

म काममा अलि व्यस्त भएकाले एक दिनपछि मात्र अस्पतालमा सम्पर्क गर्न सकेँ। तर ती भाइसँग कुनै प्रत्यक्ष सम्पर्क माध्यम थिएन—न फेसबुक, न फोन नम्बर। अस्पतालमा बुझ्न जन्ममिति वा कोरियन नाम चाहिन्थ्यो, तर अस्पतालको नामबाहेक अरु कुनै विवरण थिएन। सुरुमा अस्पतालले जानकारी दिन असमर्थता जनायो। ती भाइ नेपाली नागरिक भएको, भिसा पनि नहुन सक्ने अवस्था भएको, र पछि अस्पताल खर्चसम्बन्धी समस्या आउन सक्ने सम्भावना हुन सक्ने बताए पछि मात्र थप समन्वय गर्दै सम्बन्धित निकायमा सम्पर्क गर्न सकियो।

पछि ती भाइलाई हेरचाह गर्ने नर्ससँग सम्पर्क भयो र बेलुका काम सकेपछि भेट्न सकिने व्यवस्था मिलाइयो। म बेलुका करिब ८ बजे अस्पताल पुगेँ। त्यहाँ पुगेपछि देखेको दृश्यले मन चिरियो। ती भाइको अवस्था अत्यन्तै नाजुक थियो। उहाँ सन् २००८ मा E-9 भिसामा कोरिया आउनुभएको रहेछ। त्यसपछि भिसासम्बन्धी समस्या आएपछि, विभिन्न कारणले परिवारसँग सम्पर्क टुटेको जस्तो मेरो बुझाइ भयो। उहाँले सबै कुरा खुलाउनु भएन, तर उहाँको मौनताले नै धेरै पीडाका कथा बोलिरहेको थियो।

सुगर रोग र कठ्यांग्रिने जाडोको असरले उनको शरीरका २० औँलामध्ये ७ वटा औँला काट्नुपर्ने अवस्थासम्म पुगेको रहेछ। २०२६ जनवरी २९ तारिख बिहान ९ बजे शल्यक्रिया तय गरिएको छ। उनीसँग न भिसा छ, न पासपोर्ट, न बस्ने निश्चित ठाउँ, न त चिनजानका नेपाली साथीहरु नै। जीवनले उनलाई सडकसम्म ल्याइपुर्‍याएको रहेछ।

सुगर भएको कुरा आफैँलाई पनि थाहा नभएकै कारण औँलामा समस्या बढ्दै गएको रहेछ। पीडा हुँदाहुँदै पनि उपचार गराउने पैसा नै थिएन। काम थिएन, बोलाउने र बोल्ने कोही थिएन, र आर्थिक अभावले गर्दा खाना खाने पैसा समेत नहुँदा सडकमै बस्नुपर्ने बाध्यता आइपरेको रहेछ। कोरियामा सडकमा बस्ने व्यक्तिहरुका लागि वितरण गरिने खाना उनले कोरियनकै रुपमा वर्षौं गुजारा गर्नुभएको जस्तो लाग्यो। कठ्यांग्रिने जाडोले हात–खुट्टाका औँला जमेको थाहा नै नपाई अवस्था झन् बिग्रँदै गयो। चिसोले औंला कालो भएर अन्ततः काट्नुपर्ने अवस्थामा पुगेको कुरा डाक्टरले बताउनुभयो।
डाक्टरको एउटा वाक्यले झन् मन पोल्यो—
“एक दिन मात्र अगाडि आउनुभएको भए, औँलाहरु बचाउन सकिन्थ्यो।”

पछि थाहा भयो कि अस्पताल खर्च कोरियाका विभिन्न कोरियन संस्थाहरु र अस्पतालकै सहयोगबाट मिलाउन सक्ने सम्भावना भएको छ, यद्यपि अझ विस्तृत जानकारी अझै बुझ्न बाँकी नै छ।

यस्तो कठिन अवस्थामा ती कोरियन व्यक्तिहरु, जसले उनलाई त्यो हिड्नै नसक्ने अवस्थामा पनि अस्पताल पुर्‍याए, र ती नेपाली दाजु, जसले मलाई सम्पर्क गर्नुभयो—यी सबै मानिसहरु हाम्रो जीवनमा कहिलेकाहीँ स्वर्गदूतझैँ आएर हात थामिदिने सहारा हुन् जस्तो लाग्यो। जब हामी पूर्ण रुपमा भत्किन्छौँ, तब परमेश्वरले यिनै मानिसहरु पठाएर हामीलाई उठ्न, बाँच्न र फेरि आशा गर्न सक्ने शक्ति दिनुहुन्छ।

ती भाइ किन परिवारसँग सम्पर्कविहीन हुनुभयो भन्ने कुरा अझै पूर्ण रुपमा खुल्न सकेको छैन। तर यो पीडा केवल उनको मात्र होइन, सायद उनको परिवारको जीवनमा पनि गहिरा घाउ र नबोलेका कथाहरु लुकेका छन्। हरेक टुटेको सम्बन्धको पछाडि नदेखिने पीडा हुन्छ—जसलाई बुझ्न धैर्य, करुणा र निस्वार्थ प्रेम अत्यावश्यक हुन्छ।


Friday, January 23, 2026

🇰🇷 द. कोरियामा औद्योगिक दुर्घटना भएमा (산재처리 방법) के गर्ने ? (SANJAY GURUNG)

द. कोरियामा काम गर्ने क्रममा हुने चोटपटक, रोग वा मृत्युको अवस्थामा औद्योगिक दुर्घटना बीमा (산재) लागू हुन्छ। यो प्रक्रिया 근로복지공단 (कोरिया श्रम कल्याण संस्था) मार्फत गरिन्छ, जहाँ कामसँग सम्बन्धितता (업무 관련성) को औपचारिक जाँच हुन्छ।

🔹 दुर्घटना बीमा (산재) प्रक्रिया के हो?

कामको क्रममा भएको दुर्घटना वा रोगका लागि 요양급여 신청서, डाक्टरको 소견서 लगायतका कागजात पेश गरी कामसँग प्रत्यक्ष सम्बन्ध छ कि छैन भन्ने कुरा 공단ले समीक्षा गर्ने प्रक्रिया नै 산재 हो।

दुर्घटना (사고): प्रक्रिया तुलनात्मक रूपमा छिटो (करिब 2 हप्ता–2 महिना)

रोग (질병): औसत 6–8 महिना, कहिलेकाहीँ 1–3 वर्षसम्म पनि लाग्न सक्छ

📌 산재 처리 절차 (प्रक्रिया)

1️⃣ आवेदन (접수)

근로복지공단मा आवेदन पत्र, चिकित्सकको 소견서, अस्पताल रेकर्ड बुझाउने

साहुको हस्ताक्षर वाअनुमति नभए पनि तपाईले आवेदन दिन सक्नु हुन्छ ।

2️⃣ 담당자 배정 तथा 조사

공단 담당자 तोकिएपछि कामसँगको सम्बन्धबारे तथ्य अनुसन्धान रोगको हकमा 특별 진찰 हुन सक्छ ।

3️⃣ 심의 (निर्णय)

업무상 질병 판정위원회 ले अन्तिम निर्णय गर्छ ।

암(क्यान्सर) को केस भने 서울 남부 통합 심사 मार्फत हुन्छ ।

4️⃣ 결과 통보 निर्णय सुचना

승인 वा 불승인 नतिजा SMS र हुलाक मार्फत जानकारी गराउँछ ।

승인 भएमा विभिन्न भत्ता आवेदन गर्न सकिनै हुन्छ ।

5️⃣ 급여 신청 भत्ता आवेदन

승인 पछि

요양급여 (उपचार खर्च)

휴업급여 (काम गर्न नसकेको अवधिको भत्ता)

장애급여 (अपाङ्गता भत्ता)

사망급여 (मृत्यु भएमा)

आवेदन गरी भुक्तानी प्राप्त

⏳ औसत 처리 기간 (समय)

업무상 사고: करिब 2 हप्ता ~ २ महिना

업무상 질병: औसत ८ महिना

न्यूनतम ६ महिना

जटिल केसमा २–३ वर्षसम्म

⏰ 신청 기한 (आवेदन)

사고 / 질병: 발생 वा 발병 भएको मितिबाट ३ वर्षभित्र

장해 / 사망: 발생 भएको मितिबाट ५ वर्षभित्र

📂 मुख्य आवश्यक कागजात

요양급여 신청서 (의사 소견서 सहित)

अस्पतालको 의무기록 प्रतिलिपि

사고 विवरण, कामसँगको सम्बन्ध प्रमाण (사고 경위서 आदि)

ℹ️ 참고사항 (महत्वपूर्ण जानकारी)

산재 प्रक्रिया ढिलो हुनुको मुख्य कारण

→ 의학적 조사, विशेष 진찰, 판정위원회 심의 ले समय लिनु हो

साहुले 산재 गर्दे पनि

→ कामदारले स्वतन्त्र रूपमा आवेदन गर्न सक्छ ।

साहुसँग सम्बन्धित अनुसन्धान र 의견 संकलन

→ 근로복지공단 ले आफैं गर्ने भएर तपाईले के होला भनेर चिन्ता लिनु पर्दैन । E-9 को हकमा कम्पनिले पेपर नदेला भनेर पनि नसोच्नु होला स्वत आफै साहुको अनुमति बिना नै काम छोड्न सकिन्छ । भिषा पनि आफु ठिक भए पछि आवेदन दिदाँ हुन्छ ।

🔎 अन्तमा,

कामको क्रममा भएको चोट, रोग वा दुर्घटनालाई लुकाउनु होइन, 법적으로 보장된 अधिकार प्रयोग गरेर समयमै 산재 आवेदन गर्नु नै सबैभन्दा सुरक्षित उपाय हो।

Featured Post

मैले कोरियामा भोगेको कुरा (संजय गुरुङ )

  मानिसको जीवनमा यस्ता पीडाहरु हुन्छन्, जसलाई शब्दले कहिल्यै पूरा व्यक्त गर्न सक्दैन। जीवनयात्रामा दुःख–कष्ट, अभाव, ऋण, रोग, धन–जनको हानि, च...

धेरै हेरिएको