यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।
Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

Thursday, January 29, 2026

मैले कोरियामा भोगेको कुरा (संजय गुरुङ )

 मानिसको जीवनमा यस्ता पीडाहरु हुन्छन्, जसलाई शब्दले कहिल्यै पूरा व्यक्त गर्न सक्दैन।
जीवनयात्रामा दुःख–कष्ट, अभाव, ऋण, रोग, धन–जनको हानि, चोरी–डकैती, प्राकृतिक विपत्तिजस्ता असंख्य परिस्थितिहरु अचानक आइपर्छन्। यस्ता क्षणहरुमा मनभित्र थुप्रिएका पीडामध्ये धेरै कुरा बाहिर पोख्न सकिँदैन, र मानिस मौन भएर आफ्नै पीडासँग बाँच्न बाध्य हुन्छ।

कहिलेकाहीँ समस्या व्यक्त गर्ने सामर्थ्य हुँदैन, त कहिले आर्थिक अभावकै कारण समस्या हुँदा साथी–संगी र परिवारका सदस्यहरु समेत टाढा जान्छन्। सम्बन्धहरु कमजोर बन्छन्, सम्पर्क टुट्छ, र विश्वास हराउँदै जान्छ। वरिपरि यस्ता मानिसहरु पनि हुन्छन्, जसमा न अरुलाई भरोसा गर्न सकिन्छ, न त आफैँलाई नै पूर्ण रुपमा विश्वास गर्न सकिन्छ। अझ दुःखद कुरा त के छ भने, कहिलेकाहीँ परिवारभित्रै—पति–पत्नी, छोरा–छोरी, बुवा–आमा, इष्टमित्रहरुबीच—समेत विश्वास कमजोर हुन्छ, सम्बन्ध चिसिन्छ, र दूरी बढ्दै जान्छ। यस्ता अवस्थाहरुले मानिसलाई गहिरो एक्लोपन र असहायपनको अँध्यारो खाडलमा धकेलिदिन्छ।

यस्तै एक घटनाले केही समयअघि मलाई अत्यन्तै स्तब्ध बनायो। नेपालबाट आएको एउटा खबरले मन भारी बनायो। करिब १८ वर्षदेखि नै परिवारसँग सम्पर्कविहीन रहनुभएका एक जना नेपालीको अवस्था अत्यन्तै दयनीय रहेको थाहा भयो। परिवारका कुनै सदस्यले कोरिया तथा नेपाल बाहिरको देशबाट फेसबुकमार्फत ती भाइ कोरियाको एक अस्पतालमा भर्ना भएको र खुट्टा काट्नुपर्ने गम्भीर अवस्थामा पुगिसकेको जानकारी पाउनुभएछ।

नेपालबाट एक जना दाजु मसँग सम्पर्कमा आउनुभयो र भारी मनले भन्नुभयो,
“कृपया कोरियाको अस्पतालमा बुझिदिनुस्।”

म काममा अलि व्यस्त भएकाले एक दिनपछि मात्र अस्पतालमा सम्पर्क गर्न सकेँ। तर ती भाइसँग कुनै प्रत्यक्ष सम्पर्क माध्यम थिएन—न फेसबुक, न फोन नम्बर। अस्पतालमा बुझ्न जन्ममिति वा कोरियन नाम चाहिन्थ्यो, तर अस्पतालको नामबाहेक अरु कुनै विवरण थिएन। सुरुमा अस्पतालले जानकारी दिन असमर्थता जनायो। ती भाइ नेपाली नागरिक भएको, भिसा पनि नहुन सक्ने अवस्था भएको, र पछि अस्पताल खर्चसम्बन्धी समस्या आउन सक्ने सम्भावना हुन सक्ने बताए पछि मात्र थप समन्वय गर्दै सम्बन्धित निकायमा सम्पर्क गर्न सकियो।

पछि ती भाइलाई हेरचाह गर्ने नर्ससँग सम्पर्क भयो र बेलुका काम सकेपछि भेट्न सकिने व्यवस्था मिलाइयो। म बेलुका करिब ८ बजे अस्पताल पुगेँ। त्यहाँ पुगेपछि देखेको दृश्यले मन चिरियो। ती भाइको अवस्था अत्यन्तै नाजुक थियो। उहाँ सन् २००८ मा E-9 भिसामा कोरिया आउनुभएको रहेछ। त्यसपछि भिसासम्बन्धी समस्या आएपछि, विभिन्न कारणले परिवारसँग सम्पर्क टुटेको जस्तो मेरो बुझाइ भयो। उहाँले सबै कुरा खुलाउनु भएन, तर उहाँको मौनताले नै धेरै पीडाका कथा बोलिरहेको थियो।

सुगर रोग र कठ्यांग्रिने जाडोको असरले उनको शरीरका २० औँलामध्ये ७ वटा औँला काट्नुपर्ने अवस्थासम्म पुगेको रहेछ। २०२६ जनवरी २९ तारिख बिहान ९ बजे शल्यक्रिया तय गरिएको छ। उनीसँग न भिसा छ, न पासपोर्ट, न बस्ने निश्चित ठाउँ, न त चिनजानका नेपाली साथीहरु नै। जीवनले उनलाई सडकसम्म ल्याइपुर्‍याएको रहेछ।

सुगर भएको कुरा आफैँलाई पनि थाहा नभएकै कारण औँलामा समस्या बढ्दै गएको रहेछ। पीडा हुँदाहुँदै पनि उपचार गराउने पैसा नै थिएन। काम थिएन, बोलाउने र बोल्ने कोही थिएन, र आर्थिक अभावले गर्दा खाना खाने पैसा समेत नहुँदा सडकमै बस्नुपर्ने बाध्यता आइपरेको रहेछ। कोरियामा सडकमा बस्ने व्यक्तिहरुका लागि वितरण गरिने खाना उनले कोरियनकै रुपमा वर्षौं गुजारा गर्नुभएको जस्तो लाग्यो। कठ्यांग्रिने जाडोले हात–खुट्टाका औँला जमेको थाहा नै नपाई अवस्था झन् बिग्रँदै गयो। चिसोले औंला कालो भएर अन्ततः काट्नुपर्ने अवस्थामा पुगेको कुरा डाक्टरले बताउनुभयो।
डाक्टरको एउटा वाक्यले झन् मन पोल्यो—
“एक दिन मात्र अगाडि आउनुभएको भए, औँलाहरु बचाउन सकिन्थ्यो।”

पछि थाहा भयो कि अस्पताल खर्च कोरियाका विभिन्न कोरियन संस्थाहरु र अस्पतालकै सहयोगबाट मिलाउन सक्ने सम्भावना भएको छ, यद्यपि अझ विस्तृत जानकारी अझै बुझ्न बाँकी नै छ।

यस्तो कठिन अवस्थामा ती कोरियन व्यक्तिहरु, जसले उनलाई त्यो हिड्नै नसक्ने अवस्थामा पनि अस्पताल पुर्‍याए, र ती नेपाली दाजु, जसले मलाई सम्पर्क गर्नुभयो—यी सबै मानिसहरु हाम्रो जीवनमा कहिलेकाहीँ स्वर्गदूतझैँ आएर हात थामिदिने सहारा हुन् जस्तो लाग्यो। जब हामी पूर्ण रुपमा भत्किन्छौँ, तब परमेश्वरले यिनै मानिसहरु पठाएर हामीलाई उठ्न, बाँच्न र फेरि आशा गर्न सक्ने शक्ति दिनुहुन्छ।

ती भाइ किन परिवारसँग सम्पर्कविहीन हुनुभयो भन्ने कुरा अझै पूर्ण रुपमा खुल्न सकेको छैन। तर यो पीडा केवल उनको मात्र होइन, सायद उनको परिवारको जीवनमा पनि गहिरा घाउ र नबोलेका कथाहरु लुकेका छन्। हरेक टुटेको सम्बन्धको पछाडि नदेखिने पीडा हुन्छ—जसलाई बुझ्न धैर्य, करुणा र निस्वार्थ प्रेम अत्यावश्यक हुन्छ।


Thursday, May 26, 2022

मैले टेकेका ती पाईला (ג'יימס בן חכמה) मैले टेकेका ती पाईलाहरु धेरै पैले


मैले टेकेका ती पाईलाहरु धेरै पैले

काँडेतारका बाटाहरुमा,
किताबमा,किताबमा,फेरि पनि किताबमा
चश्मा धेरी किन्ने पैसा नहुँदा
एक्लो अवस्थामा वैँश रुँदा,
आँखा पुछ्दै आँखा गाड्दै
अमूल्य अक्षरका गाडधनहरुमा
घण्टौँ घोरिएर सिकेका अल्प ज्ञानहरुको
लौरो टेकेर ,होमर झैँ छामछुम गर्दै
एक्लै,बिल्कुल एक्लै, विरानो संसारमा
विचरण गर्दै छु!
न मेरा बाजेले,न त मेरा बराजुले
कहिल्यै टेक्न नपाएका भूभागहरुमा
तिनै गाडधनहरु खर्चँदै
आकाशमा उड्ने पँक्षी झैँ
बेला बेला यो गोलार्धदेखि
त्यो गोलार्धसम्म उडिरहेको छु
बराजुले बोकेका ढाकर र तोक्माहरुलाई
विधिपूर्वक अगेनामा जलाई
एक्लै, अँ ,एक्लै, ढल्दै उठ्दै अघि बढिरहेको छु।
हो, चश्मा बिना अब म अक्षरका मोतीहरु
ज्ञानमालामा उन्न नसक्ने भएको छु
तै पनि सिक्ने र सिकाउने जीजिविशाको आलोकमा
भर्भराउँदो भर्खरको तन्नेरी भएको छु!

 

Wednesday, November 11, 2020

XR र म

तिमीसँग भेट भएको दूई बर्ष भएछ तिमीले मेरो साथ छोडेको छैनउ मैले तिमीलाई अरुले भन्दा जोगाएर राखेको छु । तिमी कहिलेकाही यस कुमारको गित झै र मौसम झै बद्लिन्छौ पनि र मैले केहि भइन । मैले तिमीलाई पाउन चालिस चालिस बर्ष कुरी रहे ।
दूई बर्ष अगाडी मात्र तिमी किन ? मैले बिर्सिएन भने मलाई थाहा छ २००९तिर पोड भएर आएउ । कहिले 3 कहिले 4,5,6 रे कहिले पलस पनि भएउ 8 भएउ पलस पनि भएउ हुदाँ हुदाँ XR हुदाँ को भेटमा अति रमाइला पलहरु पनि बिते तर तिम्रो मेमोरी 128 कम भो मलाई मैले तिमीलाई नै भरोसा गरेर अझ साथ दिन्छौ होला तिमीलाई तिम्रो मेमोरी 50 थप्दा नि परिवर्तन तिमीमा देखिएन झै लाग्छ तिमी हेर्दा सब ठिक ठाक छ तिमीलाई कसैले वा वा पनि भन्छन कसैले त राम्रै हो कतिले हातमा पर्दा जोगाउन सक्दैनन् पनि तर म चै समालि तिमीलाई साथैमा राखेको छु ।
अरुले तिम्रो मेमोरी कम भो भनेर तिमीलाई रोज्दैन तर म त तिमीलाई नै बढाउन उठाउन चाहे पानी हिउ जाडो गर्मीमा पनि साथमा राखी न्यानोपन दिए । तिमीले कतिको बिश्वास गर्छौ र साथ दिन्छौ थाहा छैन साथ दियौ भने म पनि तिम्रो मेमोरी बढाएर भएनि चलाउछु। समालेर राख्छु तिम्रा पोजीटिप कुरा सम्झन्छु । तिम्रा सन्तानले कतिलाई जोडेको छ कतिलाई त बिछोड पारेको छ । नानीहरुको भविष्य बिगारेउ रे पनि भन्छन् । अब तिम्रै दिन आइ रहेको छ तिम्रै साथ दिदाँ सबैको भलाई हुन्न र भन्या अहिले ठिक भए पछि पनि ठिक हुन् र ? जमाना अनुसार आफुलाई अपडेट हुन तिमीले सिकाएउ यार तिमीलाई धन्यबाद छ । यार तिमीलाई किन अरुले दोष दिन छोड्दैन ह भन्या ? सबैकुरा अपडेट भयो तर म भन्ने चै अपडेट भएन । कुनै बेलाको स्टाटसको उत्तर पनि यसैमा दिए । अन्तमा तिमी ढुक्क होउ तिम्रो फिटिक्कै छैन तिमी लागि रह मेरो साथ सदा रहनेछ । टेन्सन तिमीमा होइन तिमीलाई कसरी चलाउछन् त्यसैमा रहे ~~~