📰 दक्षिण कोरियामा F-5 भिषाका जीवनसाथीलाई F-2-3 भिसामा परिवर्तन AI Photo
सउल — दक्षिण कोरियामा कानुनी रुपमा बसोबास गरिरहेका नेपालीहरु, यदि उनीहरु स्थायी बसोबास (F-5) भिसाका पति वा पत्नी हुन् भने, निश्चित सर्तहरु पूरा गरेपछि F-2-3 (जीवनसाथी) भिसा मा परिवर्तन गर्न सक्ने व्यवस्था रहेको अध्यागमन विभागले जनाएको छ।
✅ कसले आवेदन दिन सक्छन् ?
F-2-3 भिसाका लागि आवेदन दिन इच्छुक व्यक्तिहरु:
दक्षिण कोरियामा कानुनी रुपमा बसिरहेका हुनुपर्छ
F-5 भिसा भएका व्यक्तिको वैधानिक जीवनसाथी हुनुपर्छ
❌ कसले आवेदन दिन सक्दैनन् ?
निम्न समूहले सामान्यतया कोरियाभित्रै भिसा परिवर्तन गर्न पाउँदैनन् र नेपालस्थित कोरियन दूतावासबाट नयाँ भिसा लिनुपर्ने हुन्छ।
अवैध रुपमा बसोबास गरेका
प्रस्थान अवधि थप गरिएका
गम्भीर अपराधिक अभियोग लागेका (साधारण जरिवाना बाहेक)
भिसा परिवर्तनमा प्रतिबन्ध भएका भिसा (जस्तै G-1)
छोटो अवधिको भिसा (B-1, B-2) भएका
तर गर्भावस्था, बच्चाको पालनपोषण जस्ता मानवीय कारण भएमा प्रमाणसहित अध्यागमन कार्यालयमा परामर्श लिएर अपवादस्वरुप परिवर्तन सम्भव हुन सक्छ। (बच्चा चै हुनु पर्यो।)
🔎 मूल्याङ्कनका प्रमुख आधार
आवेदकहरुले निम्न सबै मापदण्ड पूरा गर्नुपर्नेछ:
वैध विवाहको प्रमाण
F-5 वालाको औपचारिक निमन्त्रणा
सम्बन्ध वास्तविक भएको पुष्टि
पर्याप्त आम्दानी र उपयुक्त आवास
स्वास्थ्य परीक्षण तथा अपराधिक अभिलेख जाँच
पछिल्लो ५ वर्षमा अर्को जीवनसाथी निम्त्याएको/ननिम्त्याएको विवरण
स्थायी बसोबास प्राप्त गरेको कम्तीमा ३ वर्ष पूरा भएको
💰 आम्दानी सर्त
आवेदन अघि पछिल्लो एक वर्षको कुल आम्दानी दक्षिण कोरियाको प्रति व्यक्ति राष्ट्रिय कुल आम्दानी (GNI) बराबर वा सोभन्दा बढी हुनुपर्छ।
परिवार सदस्य ३ जना वा कम भएमा GNI को 70% भए पनि स्वीकार गरिन्छ।
👉 तलका अवस्थामा आम्दानी सर्त छुट हुन सक्छ:
दम्पतीबीच सन्तान भएको वा गर्भवती भएको
जीवनसाथी पहिले नै कोरियामा निरन्तर बसोबास गरिरहेको
📄 आवश्यक कागजात
पासपोर्ट, आवेदन फाराम, विदेशी दर्ता कार्ड
बसोबास प्रमाण (घरभाडा सम्झौता आदि)
विवाह प्रमाणपत्र (कोरियन अनुवाद सहित)
निमन्त्रणा र ग्यारेन्टी पत्र
आम्दानी प्रमाण तथा क्रेडिट रिपोर्ट
दुवै पक्षको आपराधिक रेकर्ड प्रमाणपत्र
स्वास्थ्य परीक्षण रिपोर्ट (आवश्यक परे TB परीक्षण सहित)
अघिल्लो विवाह भए सम्बन्ध विच्छेद प्रमाण
👉 अधिकांश कागजात ३ महिनाभित्र जारी भएको हुनुपर्छ।
⚠️ ध्यान दिनुपर्ने कुरा
समीक्षा प्रक्रियामा थप कागजात मागिन सक्छ।
हालको भिसा अवधि ६ महिनाभन्दा कम भए पहिले अवधि थप्नुपर्नेछ।
अध्यागमन कार्यालय जानु अघि HiKorea मार्फत अनलाइन अपोइन्टमेन्ट लिनु उपयुक्त हुन्छ।
☎️ थप जानकारीका लागि विदेशी सहायता केन्द्र (☎ 1345) मा सम्पर्क गर्न सकिन्छ।
👉 अध्यागमन विज्ञहरुका अनुसार, “F-2-3 भिसा परिवारसँग स्थिर जीवनयापन गर्न चाहने नेपाली दम्पतीका लागि महत्वपूर्ण र उपयोगी विकल्प हो।”