네팔어:-दक्षिण कोरिया आजको दिनमा नेपालीहरुका लागि "KOREAN DREAM" को प्रतीक बनेको छ। रोजगारी, अध्ययन, व्यवसाय र उज्ज्वल भविष्यको खोजीमा हरेक वर्ष हजारौं नेपालीहरु कोरिया भित्रिरहेका छन्। आज कोरियाको जुनसुकै शहर, उद्योग, विश्वविद्यालय वा कार्यस्थलमा पुगे पनि नेपालीहरु भेट्न सकिन्छ।
म स्वयं करिब १० वर्षअघि कोरिया आउँदा काम गरेको कम्पनीमा १७ जना नेपाली थिए भने आज त्यही कम्पनीमा ५० भन्दा बढी नेपाली कार्यरत रहेको सुन्दा पनि कोरियामा नेपाली समुदाय कति तीव्र गतिमा बढिरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।यो बढ्दो समुदायसँगै धेरै सकारात्मक परिवर्तनहरु पनि भएका छन्। धेरै नेपालीहरुले आफ्नो भविष्य निर्माण गरेका छन्, परिवार ल्याएका छन्, व्यवसाय सञ्चालन गरेका छन्, कम्पनीका मालिक बनेका छन् र कोरियालाई दोस्रो घरको रुपमा स्वीकार गर्दै स्थायी जीवन बिताइरहेका छन्। यी सफलताका कथाहरु हामी सबैका लागि गर्वका विषय हुन्।
तर, यस सुन्दर पक्षसँगै अर्को एउटा गम्भीर वास्तविकता पनि छ, जसलाई हामीले बेवास्ता गर्न सक्दैनौं।
बढ्दो आत्महत्या र मानसिक तनावको समस्या
पछिल्ला केही वर्षमा कोरियामा नेपाली समुदायभित्र आत्महत्याका घटनाहरु बढ्दै गएको देखिन्छ। नेपालमा पनि यस्ता घटना हुने गर्छन्, तर आफ्नै गाउँघर र समाजभित्र हुने भएकाले धेरै घटनाहरु सार्वजनिक हुँदैनन्। तर विदेशमा हुने यस्ता घटनाले सम्पूर्ण नेपाली समुदायलाई नै स्तब्ध बनाउने गर्छ।
प्रश्न उठ्छ—किन कोरियामा यस्तो समस्या बढी देखिन थालेको छ?
यसका पछाडि धेरै कारणहरु हुन सक्छन्:
**परिवारबाट टाढा रहनु, अत्यधिक कामको दबाब, आर्थिक समस्या, भाषा र सांस्कृतिक कठिनाइ, एक्लोपन र सामाजिक दूरी, वैवाहिक तथा पारिवारिक तनाव, भविष्यप्रतिको अनिश्चितता, मानसिक स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव, सामाजिक सञ्जाल र डिजिटल प्रविधिको नकारात्मक प्रभाव
विशेष गरी EPS प्रणालीमार्फत आउने धेरै नेपाली युवाहरु उमेरमा निकै कलिला छन्। जीवनका कठिन परिस्थिति, तनाव व्यवस्थापन, भावनात्मक नियन्त्रण र मानसिक स्वास्थ्यबारे पर्याप्त ज्ञान नहुँदा उनीहरु सानो समस्यामा पनि ठूलो मानसिक दबाबमा पर्न सक्छन्।
मानसिक स्वास्थ्य पनि स्वास्थ्य नै हो
हामी प्रायः शारीरिक रोगलाई मात्र रोग ठान्छौं, तर मानसिक पीडा पनि त्यत्तिकै गम्भीर विषय हो। निरन्तर तनाव, निद्रा नलाग्ने, निराशा, एक्लोपन, कसैसँग कुरा गर्न मन नलाग्ने, "अब बाँच्न मन छैन" भन्ने सोच आउनु—यी सबै चेतावनीका संकेत हुन्।
यदि तपाईं वा तपाईंको साथीमा यस्ता लक्षण देखिन्छन् भने:
अब पहल गर्ने समय आएको छ
आत्महत्याको घटना भएपछि सामाजिक सञ्जालमा दुःख व्यक्त गर्नु मात्र पर्याप्त हुँदैन। यस्ता घटनाहरु हुन नदिन पहिल्यै रोकथामका कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ।
कोरियामा नियमित रुपमा:
***मानसिक स्वास्थ्य सम्बन्धी तालिम,प्रेरणादायी (Motivational) कार्यक्रम,तनाव व्यवस्थापन शिक्षा,परामर्श सेवा,युवा नेतृत्व विकास कार्यक्रम,बहुभाषिक पुस्तक, भिडियो तथा शैक्षिक सामग्री
उपलब्ध गराउन आवश्यक देखिन्छ।
यसका लागि नेपाली संघ–संस्था, नेपाली दूतावास, प्रवासी सहायता केन्द्र, रोजगारदाता कम्पनी तथा कोरियाली सरकारी निकायहरुबीच सहकार्य अत्यन्त आवश्यक छ।
यो समस्या नेपाली समुदायमा मात्र सीमित छैन। अन्य देशका आप्रवासी कामदारहरु पनि यस्तै समस्याबाट गुज्रिरहेका हुन सक्छन्। त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी शिक्षा र सहायता कार्यक्रम हरेक विदेशी कामदारको पहुँचमा पुग्नुपर्छ।
अन्त्यमा
हामी कोरियामा पैसा कमाउन, सपना पूरा गर्न र राम्रो भविष्य बनाउन आएका हौं। तर जीवनभन्दा ठूलो कुनै सपना हुँदैन।
कसैको अनुहारमा मुस्कान देखिए पनि उसको मनभित्र ठूलो पीडा लुकेको हुन सक्छ। त्यसैले एकअर्कालाई सोधौं—
"तिमी साँचिकै ठीक छौ?"
सायद हाम्रो एउटा फोन, एउटा सन्देश, एउटा भेटघाट वा केही मिनेटको कुराकानीले कसैको जीवन बचाउन सक्छ।
आउनुहोस्, सफलताको मात्र होइन, एकअर्काको दुःख र पीडाको पनि साझेदार बनौं।
कोरियामा बस्ने हरेक नेपालीको मानसिक स्वास्थ्य, सुरक्षा र जीवनप्रति संवेदनशील बनौं।
दक्षिण कोरियामा रहेका नेपाली समुदायको हित र सचेतनाका लागि समर्पित
한국어 :- 한국 내 네팔인 공동체의 성장과 그에 따른 정신 건강 문제 심화
한국은 최근 네팔인들에게 '한국의 꿈'을 실현하는 상징이 되었습니다. 매년 수천 명의 네팔인들이 취업, 유학, 사업, 그리고 밝은 미래를 찾아 한국으로 오고 있습니다. 오늘날 한국의 어느 도시, 어느 산업, 어느 대학, 어느 직장에서든 네팔인들을 쉽게 찾아볼 수 있습니다.
제가 약 10년 전 한국에 처음 왔을 때는 제가 다니던 회사에 네팔인 직원이 17명 정도였는데, 지금은 50명이 넘습니다. 이처럼 한국 내 네팔인 공동체가 얼마나 빠르게 성장하고 있는지 쉽게 짐작할 수 있습니다.
이처럼 공동체가 성장하면서 긍정적인 변화도 많이 나타나고 있습니다. 많은 네팔인들이 한국에서 미래를 개척하고, 가정을 꾸리고, 사업을 운영하고, 회사를 설립하고, 한국을 제2의 고향으로 여기며 정착하고 있습니다. 이러한 성공 사례는 우리 모두에게 자랑스러운 일입니다.
하지만 이러한 아름다운 모습 뒤에는 간과할 수 없는 심각한 현실이 존재합니다.
자살 및 정신적 스트레스 문제 증가
최근 몇 년 동안 한국에 거주하는 네팔인 공동체에서 자살 사례가 증가하는 추세입니다. 네팔에서도 자살 사건은 발생하지만, 대부분 같은 마을이나 공동체 내에서 발생하기 때문에 외부에 알려지지 않는 경우가 많습니다. 그러나 해외에서 발생하는 자살 사건은 네팔 공동체 전체에 큰 충격을 줍니다.
그렇다면 왜 한국에서 이러한 문제가 더 흔해지고 있는 것일까요?
이에는 여러 가지 이유가 있을 수 있습니다.
**가족과 떨어져 사는 것, 과도한 업무 스트레스, 경제적 어려움, 언어 및 문화적 차이, 외로움과 사회적 거리감, 부부 및 가정 문제, 미래에 대한 불확실성, 정신 건강에 대한 지식 부족, 그리고 소셜 미디어와 디지털 기술의 부정적인 영향 등이 있습니다.
특히 EPS(네팔 청년 지원 프로그램)를 통해 한국에 오는 많은 네팔 청년들은 나이가 어립니다. 어려운 환경과 스트레스 관리, 감정 조절, 정신 건강에 대한 지식 부족으로 인해 사소한 문제에도 큰 정신적 스트레스를 받을 수 있습니다.
정신 건강 또한 건강의 일부입니다.
우리는 흔히 신체적 질병만을 질병으로 생각하지만, 정신적인 고통 또한 그에 못지않게 심각한 문제입니다. 지속적인 스트레스, 불면증, 우울증, 외로움, 누구와도 이야기하고 싶지 않은 마음, 그리고 "더 이상 살고 싶지 않아"라는 생각—이 모든 것은 경고 신호입니다.
본인이나 친구가 이러한 증상을 보인다면:
지금이 바로 행동에 나서야 할 때입니다.
자살 후 단순히 소셜 미디어에 슬픔을 표현하는 것만으로는 충분하지 않습니다. 이러한 일이 다시 발생하지 않도록 사전에 예방 프로그램을 시행해야 합니다.
한국에서는 다음과 같은 활동을 정기적으로 실시하는 것이 필요해 보입니다.
***정신 건강 교육, 동기 부여 프로그램, 스트레스 관리 교육, 상담 서비스, 청소년 리더십 개발 프로그램, 다국어 서적, 영상 및 교육 자료 제공
이를 위해서는 네팔 단체, 네팔 대사관, 이주 노동자 지원 센터, 고용주, 그리고 한국 정부 기관 간의 협력이 매우 중요합니다.
이 문제는 네팔 공동체에만 국한된 것이 아닙니다. 다른 나라 출신의 이주 노동자들도 비슷한 어려움을 겪고 있을 수 있습니다. 따라서 모든 외국인 노동자가 정신 건강 교육 및 지원 프로그램에 접근할 수 있어야 합니다.
마지막으로,
우리는 돈을 벌고, 꿈을 이루고, 더 나은 미래를 만들기 위해 한국에 왔습니다. 하지만 삶보다 큰 꿈은 없습니다.
겉으로는 웃고 있는 사람일지라도 마음속 깊은 곳에는 큰 고통이 숨겨져 있을 수 있습니다. 그러니 서로에게 물어봅시다.
"정말 괜찮으세요?"
우리의 전화 한 통, 문자 메시지 하나, 만남 하나, 혹은 짧은 대화 하나가 누군가의 생명을 구할 수도 있습니다.
우리는 성공을 함께 나누는 동반자가 될 뿐만 아니라, 서로의 슬픔과 고통을 함께 나누는 동반자가 되어야 합니다.
한국에 사는 모든 네팔인의 정신 건강, 안전, 그리고 삶에 관심을 가져야 합니다.
한국에 거주하는 네팔인 공동체의 복지와 인식 개선을 위해 헌신합니다.