मैले टेकेका ती पाईलाहरु धेरै पैलेकाँडेतारका बाटाहरुमा,किताबमा,किताबमा,फेरि पनि किताबमाचश्मा धेरी किन्ने पैसा नहुँदाएक्लो अवस्थामा वैँश रुँदा,आँखा पुछ्दै आँखा गाड्दैअमूल्य अक्षरका गाडधनहरुमाघण्टौँ घोरिएर सिकेका अल्प ज्ञानहरुकोलौरो टेकेर ,होमर झैँ छामछुम गर्दैएक्लै,बिल्कुल एक्लै, विरानो संसारमाविचरण गर्दै छु!न मेरा बाजेले,न त मेरा बराजुलेकहिल्यै टेक्न नपाएका भूभागहरुमातिनै गाडधनहरु खर्चँदैआकाशमा उड्ने पँक्षी झैँबेला बेला यो गोलार्धदेखित्यो गोलार्धसम्म उडिरहेको छुबराजुले बोकेका ढाकर र तोक्माहरुलाईविधिपूर्वक अगेनामा जलाईएक्लै, अँ ,एक्लै, ढल्दै उठ्दै अघि बढिरहेको छु।हो, चश्मा बिना अब म अक्षरका मोतीहरुज्ञानमालामा उन्न नसक्ने भएको छुतै पनि सिक्ने र सिकाउने जीजिविशाको आलोकमाभर्भराउँदो भर्खरको तन्नेरी भएको छु!
No comments:
Post a Comment